आइतबार, १६ बैशाख २०८१

भुटानमा हुने साफ यु–१६ च्याम्पियनसिप खेल्न कैलालीमा खेलाडी छनोट सुरु

घोडाघोडी नगरपालिका नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले एक कार्यक्रमका बिच छनौट खेलको उद्घाटन गरेका थिए । छनोट खेलमा जिल्ला भरीका यु–१६ मुनिका खेलाडीहरूको उपस्थिति रहेको छ ।

बुधबार ०३, साउन २०८० ०६:४१

नेपालले यूएई ए लाई ३ विकेटले हरायो

यूएईले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए ।

बुधबार ०३, साउन २०८० ०६:४५

बुढीनन्दा नगरपालिकामा युवा दिवसको अवसर पारी बक्तृत्वकला

युवा दिवसकै नारामा आधारित पालिकाको केन्द्र कोल्टीमा वक्तृत्वकला आयोजना गरिएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका भरिका माध्यमिक विद्यालय स्तरीय छात्र छात्रा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दयाराम जोशीले बताएका छन् ।

शनिबार २७, साउन २०८० ०८:५४

महिला टी–२० सिरिजको उपाधि नेपाललाई

शनिबार ०९, भदौ २०८० ०५:०१

नेपाल सेमिफाइनल नजिक

आइतबार १७, भदौ २०८० ०४:३६

एसिया कप क्रिकेट : दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै

अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो। श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ​डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ।

सोमबार १८, भदौ २०८० १०:३१

नेपाल खेलकुद महासंघ बाजुरामा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मण रोकाया चयन

नवनिर्वाचित जिल्ला कमिटीलाई नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । रावल अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि पनि हुन् । रावलले खेलकुलका माध्यमबाट व्यक्ति स्वस्थ हुने, देशको पहिचान र शान बढ्ने, पार्टी कमिटीको संगठन बलियो हुने गरि महासंघका गतिविधी अघि बढ्नु पर्ने बताएका छन् ।

शुक्रबार २२, भदौ २०८० ०४:५३

बुढीगंगाले कार्तिक १९ देखि खुला मेयरकप भलिबल आयोजना गर्ने

सर्वाधिक धनराशी पुरस्कार रहेको मेयर कप आयोजना गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि भाग लिन पाउने गरि मेयर कप आयोजना गर्न लागिएको हो । दशै तिहारको बीचमा घर फर्किएका युवाहरु बीचको आपसी भेटघाट र खेलाडीबीचको सहकार्यका लागि मेयर आयोजना गर्न लागिएको पालिकाले बताएको छ ।

बिहिबार २८, भदौ २०८० ०१:५०

चेतनदीप ऐडीको सम्झनामा काठमाडौंमा फुट्सल प्रतियोगिता

बाजुराबाट काठमाडौंमा कर्म थलो बनाएर अध्ययन गर्ने र जागिर गर्नेहरुबीचबाटै खेलाडी सहभागि भएका छन् । नौ वटै पालिकाबाट २२ वटा टिम सहभागि भएको आयोजकले बताएको छ । व्यवस्थापक, खेलाडी, प्रशिक्षक सबै गरि १० जना रहने गरि टिम तयार पारिएको छ ।

शनिबार ३०, भदौ २०८० १२:१६

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल

काठमाडौँ, । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ ।

बुधबार १०, असोज २०८० १२:४२

नेपालको सुखद सुरुवात, नेपालसँग यूएई ७ विकेटले पराजित

५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे ।

बुधबार ०१, कार्तिक २०८० ०४:५६

सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप कार्तिक ११ देखि सुरु हुने

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको योे यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

बुधबार ०१, कार्तिक २०८० ०७:५५

कन्सन बाजुरा बन्यो डोटी गोल्ड कप २०८० को विजेता

डोटीको सदरमुकाम सिलगढी स्थित टुँडिखेलमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको विजेता कन्सनले बाजुरा जिल्लाका तर्फबाट प्रतिनिधित्व गरेको थियो । उपाधी सँगै विजेता कन्सन बाजुराले नगद १ लाख १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता सिलास्थान युवा क्लब डोटीले ५७ हजार पाँच सय प्राप्त गरेको छ ।

शुक्रबार ०३, कार्तिक २०८० ०८:३४

पाँचौ छेडेदह कपको तयारी तिब्र पारिदैं, १६ बढी टिम सम्पर्कमा आइसकेको आयोजकको दाबी

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

शनिबार ०४, कार्तिक २०८० ०९:४६

बुढीगंगामा मेयरकप भलिवल जारी, विजेताले १लाख ५७ हजार पाउने

नेकपा एमाले स्थायी कमिटी सदस्य, खेलकुद विभाग प्रमुख एवं पूर्व मन्त्री कर्णबहादुर थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । खेल क्षेत्रको विकास, युवा शक्तिको खेल तर्फको आकर्षण बढाउन र अन्तर पालिकाबीचको आन्तरिक सहकार्य, समन्वय मित्रवत बनाउन मेयर कप आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

सोमबार २०, कार्तिक २०८० ०१:२६

मन्त्री नरेश शाहीले आटीचौरसँग लभ पर्यो भनेपछि...

दुबै कार्यक्रममा शाहीलाई आयोजकले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो । खप्तड छेडेदह गाउँपालिकाको विकासका लागि शाहीले सुरु देखि नै केही गर्ने सोच राखेको बताउँदै आएका थिए । केही गरौं भन्ने भावना र विकास प्रतिको स्थानीयको लगाबले प्रभावित भएको शाहीको तर्क थियो ।

सोमबार २०, कार्तिक २०८० ०२:४९

साईनिङ्ग स्टार कपको सेमिफाइनलमा पुगे यी चार टिम, रानीवनले आयोजकसँग भिड्ने

खेलको बिजेताले १ लाख ५५ हजार पाँच सय ५५ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छ भने उप बिजेता हुने टिमले १ लाख १ हजार १ सय ५५ नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

बुधबार २२, कार्तिक २०८० १०:४०

मेल्लेख अछामले जित्यो बुढीगंगा मेयरकपको उपाधी

कपको उपविजेता आदर्श गाउँपालिका डोटीले जितेको छ । डोटी पनि समूहचरणबाटै आफ्नो अपराजित यात्रा सहीत फाइनल पुगेको थियो । बुढीगंगाले सुदूरका पहाडी जिल्लामा पालिका स्तरमा आयोजना गरिएको यो सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

बिहिबार २३, कार्तिक २०८० ०१:४०

साईनिङ्ग स्टार कपको उपाधीका लागि रानीवन र सूर्यतारा भिड्ने

सूर्य ताराले बाँधु फुटबल क्लब हिमालीलाई २-० गोल अन्तरले हराएको छ । सूर्यतारा नामी खेलाडी उत्पादन गर्ने जिल्लाको प्रतिष्ठीत क्लब हो । यता रानीवन स्पोर्टस क्लबले आयोजक साईनिङ्ग स्टारलाई पेनाल्टी सुटआउटमा हराएको हो । खेल अवधी बाहेक थपिएको १५ मिनेटमा पनि दुबैतिरबाट १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी गएको थियो ।

बिहिबार २३, कार्तिक २०८० ०३:५८

बाजुरामा सद्भावका लागि तिहार बिशेष महिला फुटबल प्रतियोगिता सञ्चालन

पुरुष तर्फका खेलहरु मात्रै आयोजना गरिने र महिलाहरुले स्थान नपाउने अवस्थालाई मध्येनजर गरेर महिला फुटबल प्रतियोगिता आयोजना गरेको केपी बा स्पोर्टस् क्लबका संरक्षक कृष्ण ओलीले बताएका छन् । पछिल्लो समय बाजुरामा खेलकुदका गतिविधी व्यापक रुपमा सञ्चालन हुने गरेका छन् ।

शनिबार २५, कार्तिक २०८० ०७:५८

साईनिङ्ग स्टार कपको उपाधी सूर्यतारालाई, रानीवन सूर्यतारासँग स्तब्ध

थपिएको समयमा पनि गोल नभएपछि रेफ्रिले खेलको निर्णय पेनाल्टीबाट लिने निर्णय गरेका थिए । पेनाल्टीमा ४–२ गोलको अन्तरले सूर्यताराले उपाधी हात पारेको हो । सेमिफाइनलमा सूर्यतारा फाउण्डेशनले बाँधु फुटबल क्लब र रानीवनले आयोजक साईनिङ्ग स्टारलाई पराजित गरेर फाइनल प्रवेश गरेका थिए ।

शनिबार २५, कार्तिक २०८० ०८:०३