बिहिबार, २७ बैशाख २०८१

बाजुरामा जिल्ला सदस्य सहीत १५ जनाले छोडे काँग्रेस, एमाले प्रदेश उपाध्यक्ष शाहीले गरे स्वागत

बाजुरा : नेकपा एमाले जगन्नाथ गाउँ कमिटीले प्रदेश कमिटीको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित कालीबहादुर शाहीलाई बधाई दिएको छ । दशैं विशेष शुभकामना आदान प्रदान सहीत पालिकाले प्रदेशको उपाध्यक्ष जस्तो गरिमामय पद पाएकोमा बधाई ज्ञापन गरेको हो ।

गाउँ कमिटीले औपचारिक कार्यक्रम मार्फत बधाई सहीत सफल कार्यकालको शुभकामना दिएको अध्यक्ष गणेशराज गिरीले बताएका छन् । बधाई कार्यक्रममा उपाध्यक्ष शाहीले नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य धनबहादुर विष्ट सहीत १५ जनालाई एमालेमा स्वागत गरेका छन् ।

विष्ट बीचमा नेपाली काँग्रेस प्रवेश गरेका थिए । भविष्य बोकेको पार्टी छोडेर जानु पर्दा दुख लागेको बताउँदै विष्टले पुरानो आफ्नो घर र जनताको भरोसा बोकेको पार्टीमा फर्किएको बताएका छन् ।

शाहीले उपाध्यक्ष पद प्राप्त गरेको हप्तादिन नबित्दै १५ जना काँग्रेस कार्यकर्तालाई घरलेमा प्रवेश गराएका छन् । २०७४ सालका नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य विर्ख डँडाल, काँग्रेस कार्यकर्ता जग भण्डारी, महेन्द्र बोगटी, किस्मत भण्डारी, ताराचन्द्र जोशी सहीतले एमाले प्रवेश गरेका हुन् ।

बधाई तथा पार्टी प्रवेश कार्यक्रममा एमाले सुदूरपश्चित प्रदेश कमिटी सदस्य मनबहादुर विष्ट, एमाले जिल्ला कमिटी सचिवालय सदस्य जनक विष्ट सहीत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश उपाध्यक्ष कालीबहादुर शाहीले सुदूरपश्चिममै एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने योजना सहीत अघि बढीरहेको बताउँदै त्यसको सुरुवाद जगन्नाथबाट गर्ने बताएका छन् । २ कार्यकाल गाउँ पालिका अध्यक्षमा निर्वाचित शाहीले जनतालाई सेवा मार्फत प्रभावित पारेर जगन्नाथमा एमालेलाई सधैंको पहिलो पार्टीका रुपमा स्थापित गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस