शनिबार, २९ बैशाख २०८१

कन्सन बाजुरा बन्यो डोटी गोल्ड कप २०८० को विजेता

बाजुरा : कन्सन बाजुराले प्रथम डोटी गोल्ड कप २०८० को उपाधी हात पारेको छ । आयोजक शिलास्थान युवा क्लब डोटीलाई पेनाल्टी (टाईब्रेकर) मा हराउँदै कन्सन विजेता बनेको हो । प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो । 

पेनाल्टी (टाईब्रेकर) मा बाजुराले ५–४ गोल अन्तरले जित निकालेको हो । आयोजकका खेलाडीको पेनाल्टी कन्सनका गोल किपर दिनेश थापाले रोकिदिएका थिए । पेनाल्टीमा गोल रोकिएसँगै उपाधीको दाबेदार आयोजक शिलास्थान उपविजेतामा सीमित बन्यो । 

डोटीको सदरमुकाम सिलगढी स्थित टुँडिखेलमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको विजेता कन्सनले बाजुरा जिल्लाका तर्फबाट प्रतिनिधित्व गरेको थियो । उपाधी सँगै विजेता कन्सन बाजुराले नगद १ लाख १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता सिलास्थान युवा क्लब डोटीले ५७ हजार पाँच सय प्राप्त गरेको छ । 

गोल्ड कपको उत्कृष्ट गोल किपरको उपाधी पनि कन्सनकै किपर दिनेश थापाले हात पारेका छन् । कन्सनले जिल्ला भित्र र बाहिरका सबैजसो खेलमा भाग लिने गरेको छ । अनाथ बालबालिकाको सेवाका लागि स्थापित कन्सन बाजुराले खेल क्षेत्रमा पनि आफ्नो प्रतिनिधत्व गर्दै आएको छ । टिम कन्सनको कप्तानी दिनेश रेग्मीले गरेका थिए । भने प्रशिक्षक गणेश थापा थिए । 

सर्वाधिक धनराशीको छेडेदह कपका चार वटै संस्करणको उपाधी पनि कन्सन बाजुराले नै हात पार्दै आएको छ । कात्र्तिक ११ देखि सुरु हुने पाँचौ संस्करणको उपाधीका लागि पनि कन्सनलाई नै प्रमुख दाबेदारका रुपमा हेरिएको छ । बाल आश्रमसँगै खेल क्षेत्रको विकास र प्रवद्र्धनमा पनि कन्सनलाई स्थापित गर्न खोजिएको संस्थापक गणेश थापाले बताएका छन् । 

रानीवन स्पोटर्स क्लबले बाजुराको फुटबल इतिहासलाई संस्थागत गर्दै राष्ट्रिय छवी बनाएको छ । सि डिभिजन लिग खेलेको रानीवनले पनि जिल्ला बाहिर धेरै प्रतियोगितामा जित हात पार्दै आएकोमा कन्सनले पनि जिल्ला बाहिरको पहिलो सहभागितामा नै उपाधी बोकेर फर्किएको छ । 

May be an image of 3 people, people playing American football, people playing football, grass and text

प्रतिक्रिया दिनुहोस