आइतबार, ३० बैशाख २०८१

बाजुरामा सद्भावका लागि तिहार बिशेष महिला फुटबल प्रतियोगिता सञ्चालन

बाजुरा : बाजुरामा सद्भावका लागि तिहार बिशेष महिला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । महिला खेलाडीको  खेल तर्फको आकर्षण बढाउन र तिहार बिशेष आपसी मित्रता र सद्भाव कायम गराउने उदेश्य सहीत प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता केपी बा स्पोर्टस् क्लबले आयोजना गरेको अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् । प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले उद्घाटन गरेका हुन् ।

No description available.४ टिम सहभागि खेलको उद्घाटन खेल आयोजक केपी बा ए र बी बीच खेलाइएको छ । उद्घाटन खेल पहिला सि डिभिजन लिग खेलेको रानीवन र केपी बा पुरुष टिम बीच मैलीपूर्ण खेल आयोजना गरिएको थियो । 

कोल्टीमा आयोजना गरेको साइनिग स्टार कपको उपविजेता रानीवनलाई मैलीपूर्ण खेलमा केपी बा ले १–० को गोल अन्तरले पराजित गरेको छ । खेल क्रियटर जोन ऐकेडेमीको खेल मैदानमा ७ ए साइड खेलाइएको छ । 

पुरुष तर्फका खेलहरु मात्रै आयोजना गरिने र महिलाहरुले स्थान नपाउने अवस्थालाई मध्येनजर गरेर महिला फुटबल प्रतियोगिता आयोजना गरेको केपी बा स्पोर्टस् क्लबका संरक्षक कृष्ण ओलीले बताएका छन् । पछिल्लो समय बाजुरामा खेलकुदका गतिविधी व्यापक रुपमा सञ्चालन हुने गरेका छन् ।

महिला खेलाडीहरु स्वयमले नै प्रतियोगिताको आयोजनाका लागि दबाब दिने गरेका छन् । महिला फुटबलको पहिलो खेलमा केपी बा ए ले बिलाई ८–१ गोलको फराकिलो अन्तरले हराएको छ । 

जितका लागि केपी बा ए टिमका कप्तान सरिता नाथले ५ गोल एक्लैले गरेकी छन् । भने करुणा थापाले २ र सपना थापाले १ गोल गरेकी छन् । जवाफमा केपी बा बि टिमका निर्मिता रोकायाले सान्त्वना गोल फर्काएकी थिइन् । 

महिला फुटबल प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिकाका नगर प्रमुख अमर खड्का, एमाले नेता काशी विक, बडीमालिका ७ र ८ का वडा अध्यक्ष धर्मराज पाध्याय र चन्द्रबहादुर थापा सहीत सहभागि थिए ।  

No description available.भोलि विहान बडीमालिका ८ र क्रियटर जोन ऐकेडेमी बीच विहान ९ बजे पहिलो खेल हुनेछ । खेलको विजेता उपविजेताले नगर पुरस्कार सहीत मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यतिबेला मार्तडीमै क्रिक्रेट प्रतियोगिता पनि सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस