मङ्गलबार, ०१ जेठ २०८१

मन्त्री नरेश शाहीले आटीचौरसँग लभ पर्यो भनेपछि...

बाजुरा : प्रदेश सरकारको मन्त्री बनेपछि आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही आटीचौर स्थित दरशथ मावि खेल मैदानमा २ पटक पुगिसकेका छन् । पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड उद्घाटन गर्न र दोस्रो पटक पाँचौ छेडेदह कपको समापन गर्न मन्त्री शाही आटीचौर पुगेका हुन् ।

दुबै कार्यक्रममा शाहीलाई आयोजकले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो । खप्तड छेडेदह गाउँपालिकाको विकासका लागि शाहीले सुरु देखि नै केही गर्ने सोच राखेको बताउँदै आएका थिए । केही गरौं भन्ने भावना र विकास प्रतिको स्थानीयको लगाबले प्रभावित भएको शाहीको तर्क थियो । 

जनस्तरबाट विकासको भावना नजागेसम्म र विकास प्रतिको स्थानीयको अपनत्व नभएसम्म लगानीले मात्रै केही नहुने शाहीको विचारसँग खप्तड छेडेदहका स्थानीय जोडिएका देखिन्छन् । मन्तव्यमा नै शाहीले केही गरौं भन्ने हुटहुटी मेरो जस्तै यहाँका स्थानीयसँग पनि देखेकोले लगानीको वातावरण निर्माणका भूमिका खेल्ने वचन यस अघि नै दिइसकेका थिए ।

केही गरौं, गरेको काम पनि फरक गरौं र त्यही कामबाट साझा हित र सामुहीक लाभ होस् भन्ने चाहना र इच्छाशक्ति भएका युवा नेता हुन्, नरेश शाही । तत्कालिन प्रदेश सभाको निर्वाचनमा गठबन्धनबाट सर्वसम्मत टिकट नपाएपनि उम्मेदवारी दिएका थिए । 

May be an image of 10 peopleपछि माओवादीबाट उठेका कर्णबहादुर विक केशवलाई एक्लो पारेर नेपाली काँग्रेसले समेत नेकपा एकीकृत समाजवादीले उम्मेदवार बनाएका शाहीलाई समर्थन गर्दै सहकार्य गरेको थियो । त्यही सहकार्यबाट आफूले पनि जिते र काँग्रेसका बद्री प्रसाद पाण्डेलाई संघीय सभा सदस्यमा जिताउने मावल बन्यो ।

चुनाव जिते लगत्तै एमाले माओवादी सत्ता सहकार्यमा पार्टीको प्रमुख सचेतक बन्ने अवसर पाएका शाहीले एमाले माओवादी सत्ता सहकार्य तोडिएलगत्तै अर्को अवसर प्राप्त गरे । काँग्रेस सँगको सत्ता सहकार्यमा शाही प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बन्ने अवसर पाए । 

मन्त्री बनेपछि केही फरक र नयाँ गर्ने आश जगाएका शाहीले बजेट सार्वजनिक पछि भने केही आलोचना र चुनौति सामान गर्नु पर्यो । रपनि उनले आफूले अघि सारेका योजना र बजेट जनताको पक्षमा हुने दाबी गर्दै आएका छन् । तीनै मन्त्री शाही कात्र्तिक १७ गते पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथि थिए ।

त्रिवेणी नगरपालिकाले उपाधी जितेको थियो । सुन्दर नगरिका रुपमा परिचित आटीचौरमा हरेक वर्ष खेल पर्व आयोजना हुदैं आएको छ । दशरथ मावि खेल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने, विद्यालयमा कृषि प्राविधिक शिक्षालाई थप प्रभावकारी बनाउने र आवासीय विद्यालयका रुपमा विकास गर्ने उदेश्य सहीत स्थानीय सक्रिय छन् ।

प्याराफिट सहीतको भव्य खेल मैदान भएको क्षेत्र सुदूरका पहाडको पहिलो हो, दशरथ मावि । ठाउँ पनि मिलेको, घुम्न र रम्नका लागि पनि उपयुक्त क्षेत्र रैछ, खप्तड र छेडेदह ताल, बडालेक र डाँडासैन, कुटीकोट र बथानलेक जस्ता गन्तव्य भएको सानो उपत्यका जस्तै देखिने आटीचौरलाई खेल नगरिको रुपमा विकास गर्न सके थप समृद्धिका संभावना थपिने सुझाव पत्रकार भानुभक्त आचार्यको छ ।

नेपाल प्रेसमा कार्यरत आचार्य स्वयम मन्त्री शाहीसँग बाजुरा पुगेका हुन् । प्रदेश सभा सदस्य जुना दानीले उद्घाटन गरेको कार्यक्रमको समापन मन्त्री शाहीले गरेका हुन् । पाँच वर्षयता लगातार फुटबल आयोजना हुदै आएको छ । राष्ट्रिय टिममा परेका, १९ वर्ष मुनिको टिमको कप्तान बनेका र ए, बि डिभिजन खेल खेलेका खेलाडीहरुले दशरथ माविको मैदानमा खेल खेलिसकेका छन् ।

दुबै पटक खेलकुदकै सन्दर्भ जुराएर पुगेका मन्त्री शाहीले संभावना र अवसरको रुपमा रहेको आटीचौरसँग लभ परेको समेत भन्न भ्याए । सुन्दर ठाउँसँग मात्रै होइन्, यहाँको संभावनासँग पनि लभ परिसकेको छ, मैले अव लभ परेको ठाउँ बिर्सने कुरै भएन्, मन्त्री शाहीले समापन समारोहमा भन्नु भयो ।

आटीचौरसँग लभ पर्यो भनेपछि स्थानीय र खेल हेर्न आएका दर्शकहरु खुसी भएका छन् । यही वर्ष भित्र विद्यालयको ८ कोठे भवन र खेल मैदानको क्षेत्रफल बढाउने गरि बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता मन्त्री शाहीले गरेका छन् । अरु भन्दा विकास गर्न सहज र संभावना भएको क्षेत्र नै खप्तड छेडेदह र त्यसैमा आटीचौर हो, त्यसमा मेरो सहकार्य रहन्छ, मन्त्रीले शाहीले भन्दै आएका छन् । 

दशरथ मावि खेल मैदानलाई पालिकाकै सम्पत्ती र आम्दानीको श्रोतका रुपमा विकास गर्ने गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । करिब ५ हजार देखि ८ हजार मान्छे अट्ने प्याराफिट र ६८ मिटर चौडाइ र ११० मिटर लम्बाइको फुटबल मैदान, अन्य एन र आउट डोरमा हुने खेलका लागि समेत सँगै संरचना बनाउने लक्ष्य सहीत विद्यालयको योजनामा पालिका समेत तयार देखिएको छ ।

May be an image of 8 people and textसोही मैदानमा आगामी वर्ष प्रथम पुरस्कार ३ लाख र द्धितीय पुरस्कार २ लाख बढीरहने गरि पालिका अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष विशुदेवी नाथ  र सम्बन्धीत ७ नम्बर वडाका अध्यक्ष खगेन्द्र रावतले छेडेदह गोल्डकप आयोजना गर्ने घोषणा गरेका छन् । नेकपा एमाले नेता एवं सामाजिक अभियान्ता लालबहादुर ओलीले पनि आटीचौरलाई खेल नगरिको रुपमा विकास गर्ने योजना सहीत सबै लागि परेको बताएका छन् । 

यता मन्त्रीले नै आटीचौरसँग लभ पर्यो भनेपछि स्थानीय खुसी छन् । बजेट आउने र योजनामा आटीचौर प्राथमिकतामा पर्नेमा स्थानीय ढुक्क देखिन्छन् । खेल मैदान निर्माणका लागि मात्रै १७ करोड बढीको डिपिआर निर्माण गरिएको छ ।

May be an image of 14 people and text 

प्रतिक्रिया दिनुहोस