आइतबार, १६ बैशाख २०८१

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन पत्रकार महासंघको माग

सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको उल्लेख गरेका छन् ।

शुक्रबार ०५, साउन २०८० ०६:२४

विकटता र विभेदले विकास नपुगेको बाजुराको विच्छ्या

जडीबुटी र भेडापालनका दृष्टीमा निकै उन्नत र समृद्ध देखिन्छ । धेरै व्यक्तिहरुलाई अवैध जडीबुटी तस्करी गरेर धनी बनाउने भूमिकामा बिच्छ्या देखिएपनि आफू र आफ्नो भूगोलमा बस्ने स्थानीयका लागि दुर्भाग्य नै बनेको छ । तस्करलाई धनी बनाउने बिच्छ्या आफू गरिब छ । गाउँमा स्वास्थ्य संस्था छन्, औषधी पाइदैन्, औषधी भए उपचार गर्ने स्वास्थ्य कर्मी भेटिदैनन्, कर्मचारी सहज बस्न मान्दैनन्, कथा र व्यथाले मात्रै बिच्छ्या चिनिएको छ ।

बुधबार १०, साउन २०८० ११:०२

जहिलेपनि कोल्टीमा काल पहिला जहाज पछि

रिफर गरिएका ६० वर्षिया कार्कीलाई आफन्तले जहाज आउने पर्खाइ गरिरहेका थिए । खत्याग गाउँपालिका १ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो । मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षादका कारण बिग्रीएर अवरुद्ध भएपछि आफन्त जहाज कुरि बसेका थिए ।

बुधबार १०, साउन २०८० ०१:५५

बाजुरा डोगडीका बेपत्ता दाजुभाइ मध्ये भाइ भेटिए, दाइ अझै सम्पर्क विहिन

अर्जुनका दुई दाजुभाई जस्तै कयौँ बाजुरावासी भारतमा गएर रोजिरोटी चलाइरहेका छन् । अधिकांश फर्किन्छन् तर कोही फर्किदैनन् । कोही बेपत्ता भएर परिवारको सम्पर्कमा आउदैनन् ।

बुधबार १०, साउन २०८० ०३:०३

बाजुरामा ट्याक्टरसँगै बगेर बेपत्ता भएका चालक अझै भेटिएनन्, खोजी कार्य जारी

यतिवेला उक्त घटनाको बिषयलाई लिएर बिभिन्न टिकाटिप्पपणी समेत भइरहेका छन् । बाजुराबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुको सर्वसाधरणले सामाजिक सञ्जाल मार्फत चर्को आलोचना समेत गरिहेका छन् । के बाजुराका बिभिन्न खोलाहरुमा पुल बनेको भए यि घटनाहरु घट्थे होलान् त ? भन्दै निर्वाचित साँसदहरुलाई प्रश्न गरिहेका छन् ।

बुधबार १०, साउन २०८० ०७:४३

बुढीगंगा नगरपालिकाले जोड्यो वालिङ नगरपालिका स्याङ्जासँग भगीनी सम्बन्ध

एक आपसमा सहयोग, सहकार्य गरी आगामि दिनमा भाईचाराको सम्बन्ध कायम गरि अगाडि बढ्ने समझदारि समेत भएको नगर प्रमुख बाँनियाको भनाई छ। एक नगरपालिकाले अर्को नगरपालिकाले गरेका कार्यहरुको सिकाई आदान प्रदान गरी बिकास निर्माणका कामहरु अगाडी बढाउन सकेमा बिकास निर्माणमा समेत टेवा पुग्ने बिश्वास नगर प्रमुख बाँनियाको छ ।

बिहिबार ११, साउन २०८० १२:५०

विद्युत अबरुद्ध हुँदा खप्तड छेडेदह १ का ८२ घरपरिवार अध्यारोमा बस्न बाध्य

जनप्रतिनिधिले तत्काल समस्या समाधान गरी अध्यारोमा बस्नुपर्ने बाध्यता हटाउने भनेपनी अहिले सम्म गाउँमा बत्ती नबलेको स्थानीयले बताएका छन् । स्थानीयहरु अध्यारोमै बस्न बाध्य भएको भएपनि समाधानका लागि कोही जिम्मेवार नदेखिएको स्थानीयको दुखेसो छ । विद्युत सेवा अवरुद्ध भएको बिषयमा स्थानीय सरकारका जनप्रतिनिधिलाई जानकारी हुँदाहुँदै समाधान गर्नुको सट्टा उल्टै बेखबर बनेको स्थानीयको आक्रोश छ ।

बिहिबार ११, साउन २०८० ०५:४८

गेटामा विश्वविद्यालय सञ्चालन गर्न संघ र प्रदेशस सरकारबीच सहकार्यको प्रस्ताव

चौतर्फी विरोध र आलोचना भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले गेटामा निर्मित मेडिकल पूर्वाधारको निरीक्षणको क्रममा प्रदेश सरकार पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न साझेदारीका लागि तयार रहेको धारणा राखेका हुन् ।
गेटामा साउनभित्रै न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन गर्ने तयारी थालिएको छ । सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको र जनशक्ति पुग्ने बित्तिकै ओपिडी सेवा चलाउने तयारी थालिएको छ ।

बिहिबार ११, साउन २०८० १०:३२

नवजीवन सहकारी सस्थाका अध्यक्ष शाहीलाई कारवाहीको माग गर्दै दिएको निवेदनको सुनुवाई भएन

शेयर सदस्यहरुले  निवेदन दर्ता गरेका एक महिना बित्नै लागेको छ तर उक्त  निवेदनको सुनुवाई भने भएको छैन ।मल्त्रालयमा  निवेदन दिएको एक महिना बित्नै लाग्दा पनि सुनुवाई नभएको सस्थाका एक शेयर सदस्यले बताएका छन् । सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण पटकपटक गराँउदै आएको भएपनि कसैले चासो नदेखाएको सदस्यहरुको भनाई छ । सस्थाको हित बिपरित कार्य गर्ने अध्यक्ष शाहीलाई कारबाही हुनुपर्ने माग आफुहरुको रहेको पनि सदस्यहरुले बताएका छन् ।

शुक्रबार १२, साउन २०८० ०४:३७

मेरुदण्डको हड्डी फुटेका बाजुराका प्रकाशको वीरमा सफल उपचार

मेरुदण्डको साना–साना नसाहरु च्यापिएको र च्यापिएको भाग घाँटीको भित्री भागतिर रहेकोले शल्यक्रिया जटिल प्रकारकोे रहेको विभागका न्युरोेसर्जन डा. राजिव झाले बताए । डा. झाका अनुसार नसा घाँटीको भित्री भागमा फुटेको हड्डी जोड्न र च्यापिएको नशा निकाल्को लागि नाकवाट ल्यापरस्कोपीक  मेशिन नाकको भित्री भागवाट पठाउनु परेको थियो ।

शुक्रबार १२, साउन २०८० ०६:४४

हिमालीको युनामा पहिरो, घर बगायो लाखौंको क्षति

गाउँपालिका–३ युनाका दिपलाल बुढाको घर  पहिरोले बगाएर लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्रसिं कठायतले जानकारी दिएका छन् ।

शुक्रबार १२, साउन २०८० ०७:१३

५ लाख ऋणको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा, आरोपित पक्राउ

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार सुर्जमानबाट पहिलो चरणमा सुजाको घर फिर्ता गराइदिने प्रयास हुनेछ । ‘मिटरब्याज सहजीकरण समितिमार्फत किर्ते कागज बनाएर घर लिलाम गराउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘त्यस्तै ऊमाथि बलात्कारको मुद्दा पनि लाग्छ, प्रारम्भिक अनुसन्धानअनुसार ऊ जेल जाने देखिन्छ ।’

शनिबार १३, साउन २०८० ०८:१०

कृषि एम्बुलेन्स सञ्चालनपछि पनि बडीमालिकाका किसान पीठ्यूँमा तरकारी बोक्न बाध्य

पालिकाले एक वडाका कम्तीमा ५० जना किसानलाई उत्पादनमा जोड्ने र दैनिक १० क्वीन्टल माथिको उत्पादन गाउँबाट बजारमा ल्याउने अवस्थाको ग्यारेन्टी गर्ने लक्ष्य लिएको थियो । बर्षादको समय देखाउँदै हाल उत्पादन गरिरहेका किसानको तरकारी समेत संकलन गरि बजार ल्याउने कार्यमा पालिका असफल भएको छ । पालिकाले ३२ लाखको लागतमा कृषि एम्बुलेन्स खरिद गरेको छ ।

शनिबार १३, साउन २०८० ०९:५१

पोषण पुर्नस्थापना केन्द्र बाजुरामा बजेट घट्यो, व्यवस्थापनमा समस्या थपिदैं

पोषण पुर्नस्थापना केन्द्र बाजुराले अघिल्लो वर्षकै ६ लाख बढी रकम तिर्न बाँकी छ । बजेट घट्दै आएपछि सञ्चालनमा चुनौति थपिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले स्वीकार गरेका छन् । ‘समस्या छ, आर्थिक भार थपिर्दै गएको छ, स्थानीय पालिका र प्रदेश सरकार बजेट दिने पक्षमा छैनन्, तर पनि अस्पतालले जेनतेन व्यवस्थापन गर्न, अध्यक्ष कार्कीले भन्नु भयो ।’

शनिबार १३, साउन २०८० ११:१४

बाजुरामा पहिरोले घर बगाएपछी १३ परिवारका बिचल्ली, छिमेकीको घरमा बस्न बाध्य

पहिरोले घर संगै लत्तताकपडा अन्न  सवै बगाएपछी बिस्तापित परिवारको बिचल्लि भएको छ । अहिले उनिहरुसंग न खानलाई आहारा छ नत बस्ने ठाँउ नै छ । सम्भव भए छिमेकीको घर भएन भने सुरक्षित ठाँउमा पाल टागेर बस्नेको अर्को बिकल्प छैन । उसो त गौमुल र हिमालिका नागरिकले मात्र यि दुखहरु झेल्दैनन् हरेक वर्षादमा जिल्लाभरका अधिकाँस बस्तिका नागरिकले यि पिडाहरु झेल्दै आएका छन् । हरेक वर्षको वर्षादको समयमा त्रासमै बाच्नुपर्ने बाध्यता छ ।

शनिबार १३, साउन २०८० ०४:०३

बाजुराका सांसद बद्री पाण्डे र दयाल शाही खोज्दै स्वतन्त्र युवाहरुको माइतीघरमा प्रर्दशन

बाजुरा र बाजुरीली समाजका समस्या सुन्ने अवस्थामा वर्तमान सरकार र सांसद नदेखिएपछि खोजी गर्न देशको राजधानीमा विरोध प्रर्दशन गर्नु परेको युवाहरुको भनाई छ । २ जना सांसद भएर पनि सदनमा बाजुराका समस्या बारे उठ्दैनन्, सरकार आफ्नो तरिकाबाट बाजुराका समस्या प्रति जिम्मेवार देखिदैन्, दुबैको खबरदारीका लागि प्रर्दशन गरिएको दाबी युवाहरुको छ ।

शनिबार १३, साउन २०८० ०७:०३

सुतेकै अवस्थामा बेहोस भेटिएका बाजुराका आलोकको धनगढीमा मृत्यु

भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए।त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए । थापाले विष सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ ।

शनिबार १३, साउन २०८० ०७:२६

नवजीवनले भन्यो–ऋण नतिर्नेहरुले नै सहकारीको बद्नाम गराउन खोजे

विना प्रमाण, आवेश र रिसका आधारमा उजुरी हालिएको र सञ्चार माध्यमको प्रयोग गरेर सामाजिक सञ्जाल मार्फत संस्था र संस्थाका जिम्मेवार व्यक्तिको सार्वजनिक रुपमा बद्नाम गराउने षड्यन्त्र सहीत दिएको उजुरीको विज्ञप्ती मार्फत विरोध गरेको छ । सुदूरसंसार नामक अनलाइन मार्फत प्रकाशित समाचारले एकपक्षिय र तथ्यहिन समाचार लेखेको आरोप सहकारीले लगाएको छ ।

शनिबार १३, साउन २०८० ०७:२७

बाजुराको हिमाली ३ का ९ घर भत्किए, दुई दिनमै बाजुरामा २२ घरपरिवार विस्थापित

लगातार झरि पर्ने क्रम रोकिएको छैन हिमालि गाँउपालिकामा शुक्रवार १ र शनिवार ९ गरी १० घर परिवार पुर्ण रुपमा बिस्थापित भएका छन् भने यता गौमुल गाँउपालिकाका १२ घर परिवारहरु समेत बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा गरी दुई दिनमा मात्रै २२ परिवार बिस्थापित भएका छन् ।  यो संगै दर्जनौ घर जोखिममा परेका छन ।

शनिबार १३, साउन २०८० ०७:४९

बाजुराका सांसदलाई हेमराज थापाको प्रश्न ? तलब र भत्ता पचाएर निदाउन मिल्छ

चुनावका बेला सोझा निमुखा बाजुरेली जनताको घरघरमा पुगेर झुटा आश्वासन बाँड्ने नेताहरु आज सिटाामोल नपाएर बाजुराका जनताले मृत्यु बरण गर्दा किन मौन छन् ? थाहा छ की छैन  ? कि थाहा भएर पनि चुप लागर बसेका छन् ? जहाज पठाउनुस भनेर भन्नुपर्छ की पर्दैन ?  जनताको अभिभावक हुँ भनेर हुटुहुटी लगाउनेले जनताको पिर मर्का बुझ्नुपर्छ की पर्दैन ? साँसद भत्ता पचाउन, पद र प्रतिष्ठाका लागी मात्रै माननिय भएका हुन् त ? भन्दै उनले साँसदहरुलाई प्रश्न माथि प्रश्न गरेका छन् ।

शनिबार १३, साउन २०८० ११:२४

प्रचण्डलाई प्रदीप ज्ञवालीको प्रश्न– लडाकु शिविरको छानबिन गर्ने आँट छ ?

‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ’ उनले भने । उनले २२ पटक सम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको कमजोरी रहेको बताएका थिए ।

आइतबार १४, साउन २०८० ०१:०३

लम्पी स्किन’बाट  सुदूरपश्चिममा २५ हजार गाईवस्तु मरे,

यो रोगबाट करिब २५ हजार गाईवस्तु मरेपछि किसानलाई ठूलो नोक्सानी पुगेको छ। लाखौँको संख्यामा पशुहरु संक्रमित भएपछि दैनिक दूध उत्पादनमा कमी आएको छ। रोग नियन्त्रणको प्रयास भइरहेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले रोग नियन्त्रणका लागि पशु चौपायालाई लगाउने खोपका लागि संघीय सरकारसँग समन्वय गरेर पीडित किसानलाई राहत र सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ।

आइतबार १४, साउन २०८० ०२:३८