आइतबार, १६ बैशाख २०८१

यौन दुर्व्यवहार खेपेकी युवतीले पाइनन् न्याय, आरोपित इन्जिनियर सम्पर्कविहीन

आफू न्याय माग्न गृह मन्त्रालयसमेत पुगेको उनको भनाइ छ । तर, जाहेरी फिर्ता लिन चौतर्फी दबाब आइरहेको उनले बताइन् । ‘मैले न्यायका लागि प्रहरी प्रशासन धाउन थालेको असार १७ गतेदेखि हो, पक्राउ पुर्जी जारी गरेर पनि किन पक्राउ गर्न नखोजेको हो, भगाउन खोजेको हो कि,’ उनले भनिन्, ‘मलाई पिछा गर्न, धम्क्याउन छाडेका छैनन्, मेरा सबुद प्रमाण मेटाउने प्रयास भइरहेको छ ।

शुक्रबार १२, साउन २०८० ०९:३५

बलात्कार आरोपमा एक इन्जिनियर पक्राउ

शुक्रबार १२, साउन २०८० ०६:४१

५ लाख ऋणको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा, आरोपित पक्राउ

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार सुर्जमानबाट पहिलो चरणमा सुजाको घर फिर्ता गराइदिने प्रयास हुनेछ । ‘मिटरब्याज सहजीकरण समितिमार्फत किर्ते कागज बनाएर घर लिलाम गराउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘त्यस्तै ऊमाथि बलात्कारको मुद्दा पनि लाग्छ, प्रारम्भिक अनुसन्धानअनुसार ऊ जेल जाने देखिन्छ ।’

शनिबार १३, साउन २०८० ०८:१०

सुतेकै अवस्थामा बेहोस भेटिएका बाजुराका आलोकको धनगढीमा मृत्यु

भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए।त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए । थापाले विष सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ ।

शनिबार १३, साउन २०८० ०७:२६

नवजीवनले भन्यो–ऋण नतिर्नेहरुले नै सहकारीको बद्नाम गराउन खोजे

विना प्रमाण, आवेश र रिसका आधारमा उजुरी हालिएको र सञ्चार माध्यमको प्रयोग गरेर सामाजिक सञ्जाल मार्फत संस्था र संस्थाका जिम्मेवार व्यक्तिको सार्वजनिक रुपमा बद्नाम गराउने षड्यन्त्र सहीत दिएको उजुरीको विज्ञप्ती मार्फत विरोध गरेको छ । सुदूरसंसार नामक अनलाइन मार्फत प्रकाशित समाचारले एकपक्षिय र तथ्यहिन समाचार लेखेको आरोप सहकारीले लगाएको छ ।

शनिबार १३, साउन २०८० ०७:२७

अवैध सन्तान जन्माएको आरोपमा श्रीमानले छोडेपछि विस्नाका ५ सन्तानको विचल्ली

विस्नालाई गर्भ बोकेको मात्रै आरोप र पीडा छैन् । दलित भएकै कारण सहनु परेको अपमान र अन्यायले मन जलिरहेको देखिन्छ । ‘तँ सँग जातै मिल्दैन्, कसरी विहे गर्नु, कसरी श्रीमति स्वीकार भनेर अहिले यस्तो अवस्थामा अलपत्र पारे । सुरुमा शरिरको मोज लिन म न दलित भएँ, न तल्लो जातकी भएँ, समाजपनि कत्ति अन्यायी छ । मान्छे भएर पनि मान्छेको जस्तो जीवन बाँच्न नपाउनु रुदै विस्नाले पीडा पोखिन् ।’

बिहिबार १८, साउन २०८० ०१:२७

कैलालीमा श्रीमती छोड्न चार सय पुरुषले दिए अदालतमा निवेदन

कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अधिकारीहरु बताउँछन् ।

शनिबार २०, साउन २०८० ०७:३८

बाजुरा जिल्ला अदालतमा दर्ता भएका ९६ मध्ये ३२ सम्बन्ध बिच्छेदका मात्रै

एक वर्षको अवधीमा दर्ता भएका ९६ वटा मुद्दा मध्ये ३२ वटा सम्बन्ध बिच्छेदका मात्रै रहेको जिल्ला अदालतको तथ्याकंले देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सरि आएका ४२ बाहेक यो वर्षमात्रै ९६ वटा नयाँ मुद्दा दर्ता भएका छन् । पुराना र नयाँ गरि जम्मा १३८ मुद्दा मध्ये यो वर्षको असार मसान्तसम्म ९२ वटा मुद्दा फछ्यौट गगरिएको छ । ४६ वटा मुद्दा बाँकी छन् ।

सोमबार २२, साउन २०८० ०४:३०

बाजुरामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गर्न सरोकारवाला सहमत

बजेट पालिका स्तरबाट विनियोजन गरिसकिएको र त्यसको कार्यान्वनका लागि थप प्रक्रिया अघि बढाएर सञ्चालन गरिने बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । उपप्रमुख थापाकै अध्यक्षतामा सञ्चालन भएको अन्र्तक्रियामा सहभागिले हिंसा महिला पुरुष, बालबालिका अन्य लिङ्ग भएका सबैलाई हुन सक्ने भएकोले उनीहरुको राहत तथा उद्दार र पुर्नस्थापनाका लागि कोष आवश्यक हुने बताएका छन् ।

सोमबार २२, साउन २०८० ०६:३९

युवा संघ र अनेरास्ववियुले सांसद बद्री पाण्डेको अभिव्यक्ति विरुद्ध देशव्यापी प्रतिकार गर्ने

युवा संघ र अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गरि निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्ने अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । पाण्डेले प्रेस युनियन नेपाल बाजुराले साउन २४ गते मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा चेतनदीप अयडीको मृत्युका सन्र्दभमा निर्दोष व्यक्तिलाई फसाउन खोजेको अभिव्यक्ति दिएका थिए ।

बिहिबार २५, साउन २०८० ११:१३

कालोबजारी बढेको जनगुनासो पछि बडीमालिका नगरपालिकाद्धारा बजार अनुगमन

नगरपालिका भित्रका विभिन्न खाद्यान्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, चाउमिन अजिना, सोयामिन, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यान्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको छ ।

बिहिबार २५, साउन २०८० ०८:१९

संसद अवरोध हुने कार्य जस्ले गरे पनि गलत : कांग्रेस नेता प्रदीप पौडेल

कुनै पनि भ्रष्टाचार र बेथितीविरुद्ध सत्यतथ्य छानविन हुनुपर्छ भन्ने आफूहरुको पनि दबाब भएको तर यी सबै बोल्ने थलो संसद नै अवरोध भने पार्न नहुने कुुरामा नेता पौडेलको जोड छ । बन्द र अवरोध गरेर खोजेको कुरा प्राप्त नहुने बताउँदै नेता पौडेलले कांग्रेस जस्ले जे भन्यो त्यतै जाने र लाग्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।

बुधबार ३१, साउन २०८० ०९:५६

बाजुरामा बेवारिसे झाडीमा फालिएको अवस्थामा भेटिएका तीन दिनका शिशुको मृत्यु

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिचान नै  नखुलेका उनको जन्मिएको तिन दिनमै  बुधबार मृत्यु भएको हो । उनि बालक हुन् । उनि सोमवार दिउँसो भेटिएका थिए । भरखरै जन्मिएको बच्चालाई झाडीमा फालिएको थियो । प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको थियो  । त्यहिँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बुधबार ०६, भदौ २०८० ०२:२९

मदिराले मात्तिएका खप्तड छेडेदह ३ का वडा अध्यक्षद्धारा स्थानीय माथि कुटपीट

कुटाकुट पछि विर्ख रावतको हातमा चोट लागेको छ । भने बुढाको टाउकोमा गम्भीर चोट लागेको छ । बुढाको टाउकोमा ७ वटा टाँका लागेको आफन्तले बताएका छन् । अध्यक्ष रावतले पनि आफू टाँटे स्वास्थ्य चौकीमा उपचारका लागि आएको स्वीकार गरेका छन् । पीडित पक्षले भने चुनावमा भोट नदिएको आक्रोशमा कुटपीट गरेको आरोप लगाएका छन् । रावत नेपाली काँग्रेसबाट चुनाव जितेका वडा अध्यक्ष हुन् ।

बुधबार २०, भदौ २०८० १२:०६

बडीमालिका मन्दिरमा दलित माथि विभेद गरेको आरोपमा पुजारी बिरुद्द उजुरी

बडीमालिका ८ मा बडीमालिका मन्दिर स्थापना गरिएको छ । बडीमालिका धार्मीक यात्राको प्रवेशद्धवारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ । पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन् ।

बिहिबार २१, भदौ २०८० ०२:४४

बाजुराको पाण्डुसैनमा घर भित्रै महिलाको शव भेटियो, हत्याको आशंका

घर भित्र २ वटा गीलास, सुप सहीतको चाउचाउ सँगै राखिएको छेउमै धाँटीमा डोरी बाँधेर सुताएको अवस्थामा शाही फेला परेकी हुन् । घरमै सानो पसल गरि बस्ने शाहीको हत्या गरिएको आफन्तको दाबी छ । सुताएकै अवस्थामा धाँटीमा पासो लगाएर मर्ने अवस्था नहुने र मर्नुको कुनै कारण समेत नरहेकोले हत्या गरिएको उनीहरुको दाबी छ ।

बिहिबार २१, भदौ २०८० ०३:४३

सुदूरपश्चिममा एक वर्षमा १९१ महिला जबरजस्ती करणीको सिकार

यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा घटेको देखाइपनि समाजमा अझै पनि चेलीबेटी सुरक्षित नभएको उल्लेखित तथ्यांकबाट प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७७÷७८ मा दुई सय ३१ तथा आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ३६ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

सोमबार २५, भदौ २०८० ०६:१०

डाक्टर कुट्नेलाई कारवाहीको माग गर्दै बाजुरा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्य कर्मीले हातमा कालो पट्टी बाँधेर घटनाको विरोध गरेका छन् । भोली जुनसुकै व्यक्ति र स्वास्थ्य संस्था माथि यस्ता घटना हुन सक्ने भन्दै कुटपीटमा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरिएको अस्पतालमा डाक्टर चेतबहादुर धामीले बताएका छन् ।

शुक्रबार २९, भदौ २०८० ०५:५९

तीनकुने सामूहिक हत्या : शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकी

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको बताएका थिए ।

शनिबार ३०, भदौ २०८० ०८:२१