सोमबार, ३१ बैशाख २०८१

बुढीगंगामा मेयरकप भलिवल जारी, विजेताले १लाख ५७ हजार पाउने

बाजुरा : बुढीगंगा नगरपालिकामा सर्वाधिक धनराशीको प्रथम मेयरकप भलिबल प्रतियोगिता जारी छ । अन्तर पालिका स्तरीय खुला भलिबल कात्र्तिक १९ बाट सुरु गरिएको हो । स्थानीय तह निर्वाभन २०७९ पछि पहिलो पटक बुढीगंगा नगरपालिकाले प्रथम खुला मेयर कप खुला भलिबलको आयोजना गरेको हो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य, खेलकुद विभाग प्रमुख एवं पूर्व मन्त्री कर्णबहादुर थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । खेल क्षेत्रको विकास, युवा शक्तिको खेल तर्फको आकर्षण बढाउन र अन्तर पालिकाबीचको आन्तरिक सहकार्य, समन्वय मित्रवत बनाउन मेयर कप आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

मेयर कपमा कंचनपुर, बैतडी, अछाम, डोटी र बाजुराका गरि १६ टिम सहभागि छन् । पालिका भित्रकै खेलाडी हुनु पर्ने र पालिका कार्यालय सिफारिस अनिवार्य हुने मापदण्ड गरिएको थियो । खेल बुढीगंगा नगरपालिका स्थित बडीमालिका क्याम्पस फालासैनमा जारी छ ।

प्रतियोगितामा विजेताले १ लाख ५७ हजार ७ सय ७७, द्वितीय स्थान ल्याउनेले १ लाख ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५७ हजार ७ सय ७७ राखिएको छ । यो पहाडी जिल्लामा पालिकाले आयोजना गरेको प्रतियोगिता मध्ये सर्वाधिक धन राशी हो । 

बाजुरामा पछिल्लो समय खेलकुदको व्यापक विकास भएको देखिन्छ । सर्वाधिक धनराशीको पाँचो छेडेदक कप फुटबल प्रतियोगिता सकिएको पछिल्लो दिन साइनिग स्टार कप फुटबल कोल्टीमा जारी छ । त्यसको पछिल्लो दिन १९ गतेबाट बुढीगंगा नगरपालिकाले मेयर कप सुरु गरेको छ ।

दशैं तिहारसँगै बाजुरामा खेलकुदका गतिविधि व्यापक हुने गरेका छन् । मेयर कपको उद्घाटन खेल राजनीतिक दल र जनप्रतिनिधीबीच गरिएको थियो । एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, केन्द्रीय सदस्य सन्तोष शर्मा थापा सहीत एकतिर थिए, भने अर्को तिर साँफे बगर नगरपालिकाका नगर प्रमुख, बुढीगंगा र त्रिवेणी नगरपालिकाका नगरप्रमुख, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष सहीत सहभागि थिए । 

खेल २३ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले खेल क्षेत्रको विकास गर्न सकेमात्रै देशको शान, व्यक्तिको पहिचान हुने र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्काले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन् । कार्यक्रमको संचालन बुढीगंगा नगरपालिकाका विष्णु प्रसाद जैशीले गरेका थिए । भलिबलका राष्ट्रिय प्रशिक्षक र रेफ्रिहरुपनि प्रतियोगितामा सहभागि छन् । 
 

प्रतिक्रिया दिनुहोस