सोमबार, ३१ बैशाख २०८१

नेपाल खेलकुद महासंघ बाजुरामा नयाँ नेतृत्व, अध्यक्षमा लक्ष्मण रोकाया चयन

बाजुरा : नेपाल खेलकुद महासंघ बाजुरामा नयाँ नेतृत्व चयन भएको छ । महासंघको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनले लक्ष्मण रोकाया अध्यक्ष रहने गरि ३३ सदस्यीय जिल्ला समिति गठन गरिएको निर्वाचन अध्यक्ष मण्डलका संयोजक कोपीला सिंहले जानकारी दिएकी छन् ।

अधिवेशन आयोजनक समितिको नेतृत्वमा चलिरहेको महासंघ बाजुराले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्दै जिल्ला समिति गठन गरेको हो । जसमा सञ्जय विक उपाध्यक्ष, विष्णु थापा सचिव, सत्य थापा, धनराज बुढा सहसचिव र रमिता मल्ल कोषाध्यक्षमा चयन भएका छन् । 

अधिवेशनले भरत रोकाया, निर्मला रोकाया, प्रशान्त रोकाया, मिलन विक, राजु विक, दिपक नेपाली, जनक चदारा, भरत बोहरा, उमेर रोकाया, सुरेन्द्र बुढा, तुलसी साउँद, पविन्द्र बोहरा, जनक सार्की, कमल विष्ट, योगेन्द्र शाही, सुमन खत्री, पारस बोहरा, हिमाल नेपाली, महेश खत्री, सपना रोकाया, सन्तोष ओली, सुलोचला ओली, निरला शाही, रोहीत विक, बम बोहरा, पवन रोकाया, मदन विक सदस्य चयन भएका छन् । 

नवनिर्वाचित जिल्ला कमिटीलाई नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । रावल अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि पनि हुन् । रावलले खेलकुलका माध्यमबाट व्यक्ति स्वस्थ हुने, देशको पहिचान र शान बढ्ने, पार्टी कमिटीको संगठन बलियो हुने गरि महासंघका गतिविधी अघि बढ्नु पर्ने बताएका छन् ।

उद्घाटन समारोह लगत्तै बन्द सत्र चलाएर सर्वसम्मत कमिटी गठन गरिएको खेलकुद महासंघ प्रदेश कमिटी सदस्य धनबहादुर रोकायाले बताएका छन् । अध्यक्ष मण्डलमा कोपीला सिंह, धनबहादुर रोकाया र पदम बहादुर सिंह बसेका थिए । 

उद्घाटन समारोहमा प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल सहीत खेलकुद महासंघका प्रदेश कमिटी उपाध्यक्ष कोपीला सिंह, एमाले जिल्ला कमिटी सदस्य कृष्ण थापा, धनगढी उपमहानगरपालिका नगर कमिटी अध्यक्ष रामचन्द्र जैशी, बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली सहीत सहभागि थिए । 

कमिटीको पहिलो बैठक पनि आजै बसेको छ । बैठकले मार्तडीको कर्वडहल मर्मतका लागि पहल गर्ने र सबै पालिकामा खेलकुल प्रशिक्षक राख्न दबाब मुलक सुधार दिने निर्णय गरेको अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । अधिवेशनमा ७० बढी विद्यालय, क्याम्पस र खेलकुद क्षेत्रमा सहभागि पालिका स्तरबाट आएका प्रतिनिधी सहभागि थिए । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटीको कार्यालयमा आयोजना गरिएको हो । 
 
 

प्रतिक्रिया दिनुहोस