आइतबार, ३० बैशाख २०८१

बुढीगंगाले कार्तिक १९ देखि खुला मेयरकप भलिबल आयोजना गर्ने

प्रथम पुरस्कार डेढ लाख

बाजुरा : बुढीगंगा नगरपालिकाले कात्र्तिक १९ गतेदेखि खुला मेयर कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेल क्षेत्रको विकासका लागि अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास शाखाले बताएको छ ।

सर्वाधिक धनराशी पुरस्कार रहेको मेयर कप आयोजना गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि भाग लिन पाउने गरि मेयर कप आयोजना गर्न लागिएको हो । दशै तिहारको बीचमा घर फर्किएका युवाहरु बीचको आपसी भेटघाट र खेलाडीबीचको सहकार्यका लागि मेयर आयोजना गर्न लागिएको पालिकाले बताएको छ ।

पालिकाले मेयरकपका लागि प्रथम पुरस्कार रु १,५१,१११ घोषणा गरेको छ । द्धितीय हुनेलाई १,०१,१११। र तृतीय पुरस्कार ५१,१११। घोषणा गरिएको शंकर शाहीले जानकारी दिएका छन् । भलिबलमा यतिठूलो राशीको खेल पहिलो पटक आयोजना गर्न लागिएको हो । 

बुढीगंगा नगरपालिका भलिबल खेलाडी उत्पादन गर्ने उर्वर पालिका हो । बाजुराबाट राष्ट्रिय र क्षेत्रीय खेलाडीको सूची हेर्दा अधिकांश बुढीगंगाबाटै समावेश हुने गरेको इतिहास छ । सोही अवसरमा कात्र्तिक ११ देखि १७ गतेसम्म पाँचौ छेडेदह कपको पनि तयारी थालिएको छ । 

छेडेदह कप हरेक वर्षको विजयदशमीको तेस्रो दिनबाट आयोजना हुदै आएको छ । छेडेदह कप सकिए लगत्तै मेयरकप आयोजना हुने भएपछि फुटबल र भलिबल दुबै खेलका दर्शक तथा पारखीहरुले खेलको आनन्द लिन पाउने छन् ।  

प्रतिक्रिया दिनुहोस