आइतबार, ३० बैशाख २०८१

भुटानमा हुने साफ यु–१६ च्याम्पियनसिप खेल्न कैलालीमा खेलाडी छनोट सुरु

धनगढी। कैलालीमा यु–१६ च्याम्पियनसिप २०२३ फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ ।

भुटानमा हुने साफ यु–१६ च्याम्पियनसिप २०२३ फुटबल प्रतियोगिताका लागि जिल्ला फुटबल सङ्घ कैलालीको आयोजना, घोडाघोडी नगर फुटबल विकास समिति र घोडाघोडी क्लबको समन्वयमा जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडको खेल मैदानमा खेलाडी छनोट खेल सुरु भएको हो ।

घोडाघोडी नगरपालिका नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले एक कार्यक्रमका बिच छनौट खेलको उद्घाटन गरेका थिए । छनोट खेलमा जिल्ला भरीका यु–१६ मुनिका खेलाडीहरूको उपस्थिति रहेको छ । 

विभिन्न टिम विभाजन गरेर उत्कृष्ट खेल्ने खेलाडीलाई छनोट गरिने छ । 

प्रतिक्रिया दिनुहोस