शनिबार, २९ बैशाख २०८१

सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप कार्तिक ११ देखि सुरु हुने

प्रथम पुरस्कार २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा

बाजुरा : हरेक वर्ष खेल पर्वका रुपमा आयोजना हुने सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता यो वर्ष कात्र्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ ।  

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको योे यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

 छेडेदह स्पोर्टस क्लबले पाँच वर्ष यता हरेक वर्षको दशैको टिका पछिको तेस्रो दिनबाट फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । लगातार पाँचौ वर्ष आयोजना गर्न लागेको प्रतियोगिता बारे क्लबले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । 

    सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ । यो जिल्लामा हालसम्मकै ठूलो धनराशीको प्रतियोगिता हो । 

प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुदै आएको छ । सुन्दर नगरीमा हरेक वर्ष खेल पर्व, खप्तड छेडेदहको पहिचान र गर्व भन्ने नारा दिएर प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

प्याराफिट सहीतको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाकै पर्यटन प्रवद्र्धन र विकासमा खेल प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने भएकोले प्रतियोगितालाई निरन्तरता दिदैं जाने अध्यक्ष रावतले बताएका छन् ।

खेल क्षेत्रको संभावना बोकेको आटीचौर खेल मैदान र समग्र पालिकाको पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने उपाध्यक्ष बिशुदेवी नाथले बताएकी छन् । युवाहरुको खेल प्रतिको आकर्षण बढाउन र खेल पर्यटनलाई बढावा दिन पालिकाले यस्ता कार्यक्रम नियमित गर्दै लैजाने उपाध्यक्ष नाथको भनाई छ ।

बाजुराकै सुन्दरनगरीको रुपमा परिचित आटीचौर स्थित दरशथ माविको खेल मैदानमा हुने प्रतियोगितामा सहभागि हुन टिम दर्ता भने कात्र्तिक १० गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने आयोजकले बताएको छ । टिम दर्ता लगत्तै ६ बजेभित्र टाइसेट निकाल्ने समेत आयोजकले जानकारी गराएको छ ।

सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य सहीत प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् । 

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने छ । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । 

खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको छ । खेलमा यो वर्षदेखि विदेशी खेलाडी पनि समावेश गर्न पाउने मापदण्ड बनाइएको छ । खेलमा २५ बढी टिमले भाग लिने अनुमान आयोजकको छ । १८ जना खेलाडी, म्यानेजर र प्रशिक्षण गरि २० जना टिममा रहने छन् ।

खेलकुदकाले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास वडा अध्यक्ष खगेन्द्र रावतले गरेका छन् ।

फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र अनुशासन बाहिर रहेर खेल्ने र रेफ्री र आयोजकको निर्णयलाई अवेज्ञा गर्ने टिमलाई खेलबाट नै आउट गर्ने नियम बनाएको छ । 

आयोजकले टिम दर्ता शुल्क १२ हजार र धरौटी शुल्क ३ हजार लिने छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एन्फाकै प्रतिनिधी रहने खेलमा करिब ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ । 

खेल प्रयोजन गर्न मुख्य प्रयोजकका लागि २ लाख ५० हजार तोकिएको छ । भने व्यक्तिगत व्यानर र प्रचारका लागि ३० हजार तोकिएको छ । लगानी गर्ने निकायले इच्छाएको शब्द वा लोगो पदर्शन गर्न पाउने छन् । आवश्यक व्यानर, पर्चा, पप्लेटद्धारा विज्ञापन गर्न पाउने, प्रवद्र्धनका क्रियाकलाप समेत गर्न पाउने सुविधा दिइएको छ । 

No photo description available.

प्रतिक्रिया दिनुहोस