बिहिबार, २७ बैशाख २०८१

बाजुराका सांसदलाई मलेसियाबाट मदन जोशी ( तुफान) को पत्र

जनता चाहिँने चुनावका बेला मात्रै हुन् त ?

सम्पुर्ण जनप्रतिनिधि ज्यु नमस्कार !

म एक सामान्य पारिवारिकमा जन्मिएको मान्छे ! मलाई धेरै ठूलो सपना त छैन तर त्यो समाज ठाउँ गाउँ बनाउनु पर्छ भन्ने हुटहुटि भने धेरैछ । म धैरै केही बोल्ने पक्षमा र लेख्ने पक्षमा छैन ।माननीय ज्यु आज एउटा जिल्ला मात्रै नभई देश पनि संकट लाग्दो अबस्थामा छ  त्यो हामिले राम्ररी बुझेका छौँ, निहालेका छौँ ।

म यहाँ देश भरको समस्या दर्शाउन भने सक्ने स्थितिमा छैन । म मेरै जिल्लाका निर्बाचित जनप्रतिनिधि अथार्थ माननीय ज्युलाई केही उहाँहरुले गरेका बाचाहरु के कति स्थिति मा पूरा हुन सके भन्ने मात्रै प्रश्न गर्न चहान्छु ! माननीय ब्रदि प्रसाद पाण्डे , नरेश शाही, पदम शाही , जुना दानी ४ जना बाजुराका बलिया खम्बा जो देशभर परिचित नेता हामिले संकट पुर्ण अबस्थामा पनि निर्बाचित गरेर पठायौ ! आज बाजुराली जनताले कता कता गल्तीको भान त गर्दैछैन र कतै बाटो बिरायौ कि ? गलत गर्यौ कि मतदान गरेर भन्ने मनमा भान भैरहेको छ ।

म धेरै प्रशङ्ग जोडने पक्षमा छैन आज निर्वाचन भएको ९ महिना बितिसकेको छ । म पनि एक चुनाबी अभियान मात्रै होइन पार्टीको हरेक सागठानिक काममा जिल्लाका हरेक क्षेत्रमा खटिएकै व्यक्ति हु र तपाईंहरु माननीय लाई बिजय गराउनु प्रछ भन्ने हुटहुटि ले ज्यानको बाजि राखेर लागेको एक पात्र भित्र सच्चा इमानदार कार्यकर्ता हु । म जस्तै दुई जना बाजुराका सहयोद्धाले त तपाइँहरुलाई जिताउनकै लागि भनेर ज्यानको गुमाए ? दुई आमाको काख रित्तो भए, नाबालक टुहुरा भए, श्रीमतीको सिउदोको सिन्दुर पुछियो, परिवारको खुसी खोसियो, तर आज तपाईंहरु जितेर मानानीय बन्नु भयो हामीले के पायौं ? 

बिनासित्ती आफ्नो काख रित्तो पार्न बाध्य भएकी ती आमाले के पाइन् ? तिनका परिवारले के पाए ? हिजो तपाइँलाई जिताउनका लागि भनेर घर फर्किएका कयौं युवाहरु तपाइँलाई जिताएर संसदमा पठाए र आफु प्रदेशको बाटो लागे भन्ने कुरा त अवगत नै होला नी माननीय ज्यु ? तपाइँहरुलाई मतदान गर्नकै लागि ॠण जोहो गरेर घर फर्किएकाहरु चुनाब सकिएको केही दिनमै प्रदेश आएर पसिना संग जिन्दगी सात्दैछन् । खाडी मुलुकको चर्को घाम संग जिन्दगी बेतित गर्दैछन् । देशमै रोजगारी दिने कुरा त टाढाको कुरा हो म यता तिर जान चहान्न ।

याद छ कि छैन ? कि बिर्सीसक्नु भयो तपाइँले माननीय ज्यु ? चुनावका बेला गाउँ गाउँमा गएर वृद्ध बुवाअमालाई देखाएका सपनाहरु देखाएका आशाहरु आज निराशामा परिणत हुँदैछन् यसमा तपाईंहरुको ध्यान किन जादैन ? यसो भन्दैमा तपाइँहरुले केही गर्नुनै भएको छैन गर्न सक्नुहुन्न भन्ने पक्षमा त म छैन। भन्ने छुट पनि मलाई छैन किनकी तपाइँहरुको आआफ्नै परिस्थिति बाधा अडचनहरु पक्कै होलान् । उसो त जनताको जनप्रतिनिधिलाई यो भन्ने छुट त छैन । र चुपचाप बस्ने जनता प्रति बेखबर हुन छुट पनि छैन । चुनाबमा जे बोल्नुभयो त्यो झुट साबित हुँदैछ । म धेरै लेख्ने र बोल्ने पक्षमा छैन ।

 

 

मलाई धेरै ठुलो आशा त केही थिएन आशा थियो मात्रै २ वटा - वडा संरचना - बस्ति बिस्तार *वडा संरचना माननीय ज्यु तपाइँहरु हरेक निर्वाचन क्षेत्रमा ५ बर्षको एकचोटि पुग्नु हुन्छ, तर हामी नागरिक भने हाम्रा वडा कार्यालय र स्वास्थ्य जस्ता क्षेत्रमा दैनिक जानुपर्ने हुन्छ । तपाइँहरुलाई त चिल्ला गाडी छन् जहाजहरु छन् तर हामी गरिबलाई दुई घण्टा पैदल यात्रा गर्ने बलियो चप्पल पनि छैन ! अनि हामी दैनिक कसरी कार्यालय धाउनु माननीय ज्यु ? ; जुनबेला १० मिनेटमा कार्यालय धाउन सकिन्थ्यो आज संघीयता आएपश्चात २ घण्टा हिडेर वडा कार्यालय धाउनु पर्ने बाध्यता छ ।

यहीँ हो गाउँगाउँमा सिंहदरवार ? आज वडा संरचना पिडीत हामी बजेडी बासिमात्रै छैनौं नेपाल का ६६ वटा क्षेत्रका जनता वडा संरचना कै कारण धेरै जस्तो सेवा सुविधाबाट बन्चित हुँदैछन् । यस बिषयमा मा तपाईंको आवाज संसदमा सुनिएला भन्ने ठूलो अपेक्षा थियो तर सिनिएन । यो त मेरो समस्या भयो । मेरो जस्तै कयौं बाजुराबासिका आआफ्नै दु:ख कष्टहरु छन् । तर ती बाजुरा बासीका आवाजहरु प्राय संसदमा सुनिदैनन् । जनताका जनप्रतिनिधिहरुले जनताका मुद्धामा केन्द्रित हुनुपर्छ कि पर्दैन ? बाजुराबाट प्रतिनिधित्व गर्ने सांसदले बाजुराका बारेमा बोल्नुपर्छ कि पर्दैन ?

चुनावका बेला सिङ्गो बाजुरा बासिको आवाजलाई लिएर संसदमा जान्छु भन्ने कुरा बिर्सिसक्नु भएको हो यति छिट्टै ? कि बाजुराका जनतालाई भोट माग्दा भैहाल्छ बाजुराको विकास बाजुरेली जनताको निकास चाहिँदैन भन्ने हो ? यसो भन्न छुट तपाइँलाई छैन्न भन्नु पनि हुन्न ! भाषण मात्रै गतिला तर कार्यान्वयनमा शन्यू हुने नै हो त माननीय ज्यु अब बाजुराली जनताले भासण मात्रै रुचाउँदैनन् परिणाम खोज्नेछन् भन्ने कुरा पनि नभुल्नुहोला माननीय ज्यु ? म एक कार्यकर्ताको हैसियतले मेरो सुझाव तपाइँहरुलाई अर्को कुरा दोस्रो कुरा रह्यो बस्ति बिस्तान्तरण बाढी पहिरोबाट म र मेरो परिवार मात्रै प्रभावित छैनौं ।

सिङ्गो बाजुराका करिब ११६ गाउँ पहिरोको उच्च जोखिममा छौँ । हरेक वर्ष वर्षात सुरु भयो कि मनमा चिन्ता सुरु हुन्छ । ठुलो पानी परेको दिन रातभर निदाउन पाउदैनन् । जागराम बस्नुपर्ने बाध्यता छ । वर्षेनी कयौं परिवारहरि विस्थापित हुने गरेका छन् । विस्थापित परिवारका नागरिकहरु सम्भव भए छिमेकीको घर सम्भव नभए खुला आकाश मुनि पाल टाँगेर बस्न बाध्य छन् । न खाने आहार न बास बस्ने घर हुन्छ । हरेक वर्षका चार महिना यसरी नै बित्छन् कयौं बाजुरा बासिका । बाढी पहिरोले घर मात्रै बगाएको छैन जग्गा जमीन समेत बगाएको छ । कमाई खाने जग्गा जमिन अनि घर सबै बगाएको पहिरोले परिवारको खुसी पनि संगै बगाइदिएको छ ।

जसका कारण पेट पाल्नकै लागि प्रदेशिनु पर्ने बाध्यता छ । वर्षेनी बाढी पहिरोका कारण कयौंले ज्यान गुमाएका छन् । भौतिक रुपमा र मानवीय रुपमा ठुलो क्षती हुँदै आएको छ । पहिरोबाट पीडीत एक म पनि छु म मात्रै छैन मेरो सिङ्गो गाउँका नागरिक यसको जोखिम मोलिरहेका छौँ । माननीय ज्यु तपाईहरुको जस्तो काठमाडौंमा हामी बजेडिबासी , अम्कोट ,गुईमन ,गुम्लागाउ बासिका बंगलाहरु छैनन् । हामी त्यहीँ गाउँकै झुपडीहरुमा बसेर दिन बिताइरहेका छौँ । त्यहीँ झुपडीहरु पनि कुन दिन बगाउन्छ र आफु पनि झुपडी संगै बग्नुपर्छ भन्ने पिर हरेक वर्ष छ ।

कुनै दिन पानी पर्ने जस्तो देखियो भने राति कहाँ बस्ने ? छोराछोरी बृद्धबृद्धा कहाँ राख्ने ? भन्ने चिन्ताले सताउन थाल्छ न दिनमा भोक लाग्छ न रातमा निन्द्रा । पानी ठुलो परेपछि त रातरात सिङ्गो बस्तीका मानिसहरु रातारात नाबालकहरु काखमा च्यापेर बृद्धबृद्धा संगै लगेर भागाभाग गर्नुपर्ने हाम्रा बितडा छन् । यो त मेरो गाउँको कुरा भयो यस्तै अन्य ११६ गाउँका नागरिकको दु:ख पनि फरक छैन । माननीय ज्यु पहिरोबाट प्राभावित नागरिकको उद्धार र बस्ती स्थानान्तरणमा तपाइँहरुको ध्यान कहिले जान्छ ? कहिले बोल्नुहुन्छ यो बिषयमा ? हिजो जनताको हातमाथि तपाईका हात तल थियो तर आज ठिक बिपरित बनेको छ । त तपाई आफुलाई ठुलै महाराजा सम्झिदै हुनुहुन्छ ।

आज बाजुराका जनताले कुन नेतालाई जिताएर पठाएका थिए ? कहाँ छन् भन्ने परिस्थिति सिर्जना भएको छ । तपाइँलाई खोज्नुपर्ने स्थिति सिर्जना भएको छ । मैले धेरै भन्नू त केही छैन तर मलाई लाग्छ चुनावका बेला गरेका बाचागरु पुरा हुँदैनन् , बाजुराका आवाज संसदमा गुन्जिदैनन् भन्ने कुरामा हामी ढुक्क जस्तै भैसक्यौ । तपाइँ प्रतिको अपेक्षा पनि मृत शरीर झै लाग्न थालेको छ ।

हजारौं आशाहरु निराशामा परिणत भैसके झैँ लाग्दैछ । हुन त हामी सर्वसाधारणले तपाईंमाथी यति धेरै अपेक्षा राख्नु हुँदैन थियो । अपेक्षा राखेर गल्ती गरे जस्तो महसुस हुँदैछ । फेरीपनी सबै सकिसक्यो अब केही हुँदैन केही गर्दैनन् त भन्ने अवस्थामा छैन । अझै चार वर्ष बाकी छन् । पुरै कार्यकाल छ । समय थोरै छैन, काम गर्न सक्नुभयो भने बाकी चार वर्ष तपाइँका लागि धेरै समय हो ।

बाजुराका सवाल उठाउनुहोला बाजुराका जनताको आवाजलाई सरकार समक्ष पुर्याउनुहोला आफ्नो कार्यकाललाई उपलब्धिमुलक कार्यकाल बनाउनुहोला बिरानो मुलुक मलेसियाबाट शुभकामना पनि दिन चाहान्छु ।

धन्यवाद जय  नेपाल 

मदन जोशी तुफान

नेपाल बुढिगंगा नगरपालिका वडा न. २ बजेडि

हाल: मलेसिया

बुढिगंगा नगरपालिका वडा न . २ बजेडिका मदन जोशी तुफानले मलेशियाबाट बाजुराबाट प्रतिनिधित्व गरिरहेका सभा तथा प्रदेश सभाका सांसदलाई लेखेको खुला पत्र हो ।

बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसका बद्री प्रशाद पाण्डे, समानुपातिक सांसद नेकपा एमालेका दयाल बहादुर शाही, प्रदेश सभामा प्रदेश सभा (ख) बाट कांग्रेसका पदम पहादुर शाही, प्रदेश सभा (क) बाट नेकपा एकिकृत समाजबादीका नरेश शाही, र समानुपातिकमा सांसद जुना दानीले प्रतिनिधित्व गरिहेका छन् । 

प्रतिक्रिया दिनुहोस