शुक्रबार, २८ बैशाख २०८१

एसईई आईडलको सेमिफाइनल सकियो

धनगढी : प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरिरहेको प्रदेश युवा परिषद् एसईई आइडलको तेस्रो संस्करणको सेमिफाईनलको आज धनगढीमा भव्य रुपले सम्पन्न भएको छ ।

धनगढीको ओम प्यालेसमा मिडियाका अध्यक्ष प्रकाश बहादुर छेडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी प्रमुख अतिथी रहनुभएको थियो । जोरायल गा.पा. का अध्यक्ष दुर्गादत्त ओझा र चुरे गा.पा. का अध्यक्ष चक्र बोगटी विशिष्ट अतिथि रहनुभएको थियो ।     

May be an image of 3 people and text that says 'ರಾస్రటీ आयोजक ด एणड इमें्ट पा लि. GÜRU HOTEL BOSTON BOST 광 i ACABENY ๒ุย พพิมงกาด 前前 เลก HIMALAYAC Powered By: हामी सबेको सनमा बाइ बाइ L3 थन प्रतियोगिता 時かれ M Foc' GooowPalkation Goodwil Mikcation PPO e DEVOTEE TФ ana! GOLDEN GG 09 गते शनिबार onD on D INESS त्रिनगर मा.ति, धबमटी स्थान: बिहान SAMAIJI म्म (ओ. ਲੇ गडी)'सेमिफाईनलमा नृत्य तर्फका ३७ र गायन तर्फका ३० जना प्रतिस्पर्धी विद्यार्थीले प्रवेश पाएका हुन् । सेमीफाइनलमा वि.स. २०८० मा एसईईको परीक्षा दिएका र अब कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले निःशुल्क प्रवेश र निःशुल्क भोट पनि गर्ने अवसर पाएका थिए । 

२०८० सालमा एसईई दिएका विद्यार्थीहरु मात्र सहभागी भएको यस प्रतियोगिताका अडिसनहरु वि.सं. २०८० असोजबाट सुरु भएका हुन् । अब सेमिफाइनलबाट नृत्यका उत्कृष्ट १५ र गायनका उत्कृष्ट १५ जना विद्यार्थीहरुले फाइनलमा प्रवेश पाउनेछन् । 

सेमिफाईनलको नतिजा यहि बैशाख २३ गते सार्वजनिक हुने कुरा कार्यक्रम संयोजक गुणाकर पनेरुले बताएका छन् । आज सेमिफाइनलमा निःशुल्क भोटिङ र निर्णायकले अंक दिने कार्य समाप्त भएपनि अनलाइन भोटिङ बैशाख २२ गते सम्म जारी रहने भएकाले सेमिफाइनलको अन्तिम नतिजा बैशाख २३ गते सार्वजनिक हुनेछ । फाईनल वि.सं. २०८१ असार १ गते शनिबारका दिन ओम प्यालेस धनगढीमा आयोजना हुनेछ ।  

फाइनलमा नृत्यको विजेता र उप–विजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्तीका साथै थुप्रै गिफ्ट ह्याम्पर हात पार्नेछन् भने गायन तर्फका विजेता र उप–विजेताले क्रमशः रु ५० हजार र रु २५ हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्तीका साथै थुप्रै गिफ्ट ह्याम्पर हात पार्नेछन् । 

May be an image of 6 people, flute and daisयसका साथै विजेता, उप–विजेता, अन्य प्रतिस्पर्धीहरुले पनि हात पार्नेछन् । यसका साथै कार्यक्रम हेर्न आउने वि.स. २०८० मा एसईईको परीक्षा दिएका र कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले निःशुुल्क चिठ्ठाबाट विभिन्न उपहार पनि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस