सोमबार, ३१ बैशाख २०८१

इलाममा डम्बर र बझाङमा दमनको सुरुवाती अग्रता

बाजुरा : इलाम क्षेत्र नम्बर २ र बझाङमा मतगणना भइरहेको छ । दुबै क्षेत्रमा एमाले र काँग्रेसको अग्रता देखिएको छ । बझाङमा एमालेका दमन भण्डारीले सुरुवादी अग्रता लिएका छन् । भने इलाममा नेपाली काँग्रेसका डम्बर बहादुर खड्काले अग्रता लिएका छन् । 
प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन् । उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन् ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो ।

यता बझाङमा पनि मतगणना जारी छ । अहिलेसम्मको नतिजामा एमाले अगाडि छ । एमालेका उम्मेदवार दमन भण्डारीले ७५७, काँग्रेसका अविशेक सिंहले ३८० र माओवादीका जनक बुढाले २२६ मत ल्याएका छन् । 

दिल बहादुर सिंह (समाजवादी) ११५ मत प्राप्त गरेका छन् । सुरुवादीमै दमनले अग्रता लिएका छन् । बझाङमा ११ जना बीच प्रतिस्पर्धा भएको छ । 
 

प्रतिक्रिया दिनुहोस