आइतबार, १६ बैशाख २०८१

सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र

सम्झौता अनुसार ३० महिनामा निर्माण कार्य सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ ।

शुक्रबार ०५, साउन २०८० ०६:०८

ललिता निवास प्रकरणः थप ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालतका वैतनिक वकिल शङ्कर पौडेलले शुक्रवार यस प्रकरणमा पक्राउ परेका १७ जना आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिए ।

शुक्रबार ०५, साउन २०८० ०६:११

दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व असुली

गत आवमा र ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व सङ्कलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए।

शुक्रबार ०५, साउन २०८० ०६:२०

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन पत्रकार महासंघको माग

सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको उल्लेख गरेका छन् ।

शुक्रबार ०५, साउन २०८० ०६:२४

बाजुरा डोगडीका बेपत्ता दाजुभाइ मध्ये भाइ भेटिए, दाइ अझै सम्पर्क विहिन

अर्जुनका दुई दाजुभाई जस्तै कयौँ बाजुरावासी भारतमा गएर रोजिरोटी चलाइरहेका छन् । अधिकांश फर्किन्छन् तर कोही फर्किदैनन् । कोही बेपत्ता भएर परिवारको सम्पर्कमा आउदैनन् ।

बुधबार १०, साउन २०८० ०३:०३

बाजुरामा ट्याक्टरसँगै बगेर बेपत्ता भएका चालक अझै भेटिएनन्, खोजी कार्य जारी

यतिवेला उक्त घटनाको बिषयलाई लिएर बिभिन्न टिकाटिप्पपणी समेत भइरहेका छन् । बाजुराबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुको सर्वसाधरणले सामाजिक सञ्जाल मार्फत चर्को आलोचना समेत गरिहेका छन् । के बाजुराका बिभिन्न खोलाहरुमा पुल बनेको भए यि घटनाहरु घट्थे होलान् त ? भन्दै निर्वाचित साँसदहरुलाई प्रश्न गरिहेका छन् ।

बुधबार १०, साउन २०८० ०७:४३

बुढीगंगा नगरपालिकाले जोड्यो वालिङ नगरपालिका स्याङ्जासँग भगीनी सम्बन्ध

एक आपसमा सहयोग, सहकार्य गरी आगामि दिनमा भाईचाराको सम्बन्ध कायम गरि अगाडि बढ्ने समझदारि समेत भएको नगर प्रमुख बाँनियाको भनाई छ। एक नगरपालिकाले अर्को नगरपालिकाले गरेका कार्यहरुको सिकाई आदान प्रदान गरी बिकास निर्माणका कामहरु अगाडी बढाउन सकेमा बिकास निर्माणमा समेत टेवा पुग्ने बिश्वास नगर प्रमुख बाँनियाको छ ।

बिहिबार ११, साउन २०८० १२:५०

अछाममा भीरबाट लडेर महिलाको ज्यान गयो

बिहिबार ११, साउन २०८० ०१:३३

विद्युत अबरुद्ध हुँदा खप्तड छेडेदह १ का ८२ घरपरिवार अध्यारोमा बस्न बाध्य

जनप्रतिनिधिले तत्काल समस्या समाधान गरी अध्यारोमा बस्नुपर्ने बाध्यता हटाउने भनेपनी अहिले सम्म गाउँमा बत्ती नबलेको स्थानीयले बताएका छन् । स्थानीयहरु अध्यारोमै बस्न बाध्य भएको भएपनि समाधानका लागि कोही जिम्मेवार नदेखिएको स्थानीयको दुखेसो छ । विद्युत सेवा अवरुद्ध भएको बिषयमा स्थानीय सरकारका जनप्रतिनिधिलाई जानकारी हुँदाहुँदै समाधान गर्नुको सट्टा उल्टै बेखबर बनेको स्थानीयको आक्रोश छ ।

बिहिबार ११, साउन २०८० ०५:४८

यौन दुर्व्यवहार खेपेकी युवतीले पाइनन् न्याय, आरोपित इन्जिनियर सम्पर्कविहीन

आफू न्याय माग्न गृह मन्त्रालयसमेत पुगेको उनको भनाइ छ । तर, जाहेरी फिर्ता लिन चौतर्फी दबाब आइरहेको उनले बताइन् । ‘मैले न्यायका लागि प्रहरी प्रशासन धाउन थालेको असार १७ गतेदेखि हो, पक्राउ पुर्जी जारी गरेर पनि किन पक्राउ गर्न नखोजेको हो, भगाउन खोजेको हो कि,’ उनले भनिन्, ‘मलाई पिछा गर्न, धम्क्याउन छाडेका छैनन्, मेरा सबुद प्रमाण मेटाउने प्रयास भइरहेको छ ।

शुक्रबार १२, साउन २०८० ०९:३५

नवजीवन सहकारी सस्थाका अध्यक्ष शाहीलाई कारवाहीको माग गर्दै दिएको निवेदनको सुनुवाई भएन

शेयर सदस्यहरुले  निवेदन दर्ता गरेका एक महिना बित्नै लागेको छ तर उक्त  निवेदनको सुनुवाई भने भएको छैन ।मल्त्रालयमा  निवेदन दिएको एक महिना बित्नै लाग्दा पनि सुनुवाई नभएको सस्थाका एक शेयर सदस्यले बताएका छन् । सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण पटकपटक गराँउदै आएको भएपनि कसैले चासो नदेखाएको सदस्यहरुको भनाई छ । सस्थाको हित बिपरित कार्य गर्ने अध्यक्ष शाहीलाई कारबाही हुनुपर्ने माग आफुहरुको रहेको पनि सदस्यहरुले बताएका छन् ।

शुक्रबार १२, साउन २०८० ०४:३७

गौमुल ३ मा पहिरो, बेहरी र धल्काँडाका १२ परिवार विस्थापित

पहिरो सिंगो बस्तीलाई नै विस्थापित गर्ने गरि खसेको छ । दिउँसोको समयमा पहिरो खसेकोले मानवीय क्षति नभएपनि भौतिक नोक्सानी बेहोर्नु परेको स्थानीय बताएका छन् । १२ परिवारका ६० जना बढीलाई घर छोडेर बाहिर सारिएको छ । धल्काँडा ७ परिवारलाई स्थानीय थुमथला आधारभुत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

शुक्रबार १२, साउन २०८० ०६:१६

बलात्कार आरोपमा एक इन्जिनियर पक्राउ

शुक्रबार १२, साउन २०८० ०६:४१

मेरुदण्डको हड्डी फुटेका बाजुराका प्रकाशको वीरमा सफल उपचार

मेरुदण्डको साना–साना नसाहरु च्यापिएको र च्यापिएको भाग घाँटीको भित्री भागतिर रहेकोले शल्यक्रिया जटिल प्रकारकोे रहेको विभागका न्युरोेसर्जन डा. राजिव झाले बताए । डा. झाका अनुसार नसा घाँटीको भित्री भागमा फुटेको हड्डी जोड्न र च्यापिएको नशा निकाल्को लागि नाकवाट ल्यापरस्कोपीक  मेशिन नाकको भित्री भागवाट पठाउनु परेको थियो ।

शुक्रबार १२, साउन २०८० ०६:४४

कस्तो रहला आज दिनभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार १३, साउन २०८० ०७:४९

५ लाख ऋणको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा, आरोपित पक्राउ

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार सुर्जमानबाट पहिलो चरणमा सुजाको घर फिर्ता गराइदिने प्रयास हुनेछ । ‘मिटरब्याज सहजीकरण समितिमार्फत किर्ते कागज बनाएर घर लिलाम गराउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘त्यस्तै ऊमाथि बलात्कारको मुद्दा पनि लाग्छ, प्रारम्भिक अनुसन्धानअनुसार ऊ जेल जाने देखिन्छ ।’

शनिबार १३, साउन २०८० ०८:१०

प्रधानमन्त्री र गृहमन्त्री इतिहासकै असफल ; एमाले नेता बस्नेत

सुनतस्करी र भ्रष्टाचारका अनेक काण्डहरु खोल्ने व्यापक हल्ला गरिए पनि ती सबैका अनुसन्धानका प्रक्रियाहरु हेर्नेहो भने ठुलो आग्रहपूर्वाग्रह र मूख्य दोषीहरुलाई बचाएर सामान्य देखिएकालाई फसाउने, ढाकछोप गरेर टुङग्याउने गम्भिर षड्यन्त्र भइरहेको नेता बस्नेतको भनाइ रहेको छ ।
यस्तै नेता बस्नेतले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको इतिहासकै सबैभन्दा असफल मन्त्रीका रुपमा पहिचान बनेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

शनिबार १३, साउन २०८० ०९:१६

बाजुरामा पहिरोले घर बगाएपछी १३ परिवारका बिचल्ली, छिमेकीको घरमा बस्न बाध्य

पहिरोले घर संगै लत्तताकपडा अन्न  सवै बगाएपछी बिस्तापित परिवारको बिचल्लि भएको छ । अहिले उनिहरुसंग न खानलाई आहारा छ नत बस्ने ठाँउ नै छ । सम्भव भए छिमेकीको घर भएन भने सुरक्षित ठाँउमा पाल टागेर बस्नेको अर्को बिकल्प छैन । उसो त गौमुल र हिमालिका नागरिकले मात्र यि दुखहरु झेल्दैनन् हरेक वर्षादमा जिल्लाभरका अधिकाँस बस्तिका नागरिकले यि पिडाहरु झेल्दै आएका छन् । हरेक वर्षको वर्षादको समयमा त्रासमै बाच्नुपर्ने बाध्यता छ ।

शनिबार १३, साउन २०८० ०४:०३