आइतबार, ३० बैशाख २०८१

चेतनदीप ऐडीको सम्झनामा काठमाडौंमा फुट्सल प्रतियोगिता

बाजुरा : विद्यार्थी नेता चेतनदीय ऐडीको सम्झनामा काठमाडौं फुट्सल प्रतियोगिता सञ्चालन गरिएको छ । राष्ट्रिय युवा संघ अन्तर जिल्ला बाजुरा कमिटीको आयोजनामा बाजुराका फुटबल खेलाडीलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको हो । काठमाडौंको ओम बाटीकामा प्रतियोगिता सञ्चालन गरिएको युवा संघका नेता करण भण्डारीले बताएका छन् ।

बाजुराबाट काठमाडौंमा कर्म थलो बनाएर अध्ययन गर्ने र जागिर गर्नेहरुबीचबाटै खेलाडी सहभागि भएका छन् । नौ वटै पालिकाबाट २२ वटा टिम सहभागि भएको आयोजकले बताएको छ । व्यवस्थापक, खेलाडी, प्रशिक्षक सबै गरि १० जना रहने गरि टिम तयार पारिएको छ । 

२ हजार टिम दर्ता र ५ सय धरौटी लिएर खेलमा सहभागि गराइएको युवा संघ अन्तर जिल्ला बाजुरा कमिटीका अध्यक्ष चक्र बहादुर सिंहले बताएका छन् । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्धितीय हुनेले १५ हजार सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट विधा तर्फपनि सम्मान र पुरस्कार राखिएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पार्टी खेलकुद विभाग प्रमुख कर्णबहादुर थापा प्रतियोगिताको प्रमुख अतिथि रहनु भएको छ । 

 युवा संघका केन्द्रीय सदस्य गणेश थापा, डेनिश शाही सहीतको उपस्थिति रहेको छ । युवा खेलाडी बीचको आपसी सहकार्य, भेटघाट र हार्दिकताका लागि खेलकुदले राम्रो भूमिका खेल्ने विश्वास गरिएको छ । खेल क्षेत्रको प्रवद्र्धन र विकास, खेलाडीको सम्मान र स्वर्गिय चेतन अयडीको सम्झनामा आयोजना गरिएको प्रतियोगिता आजै सकिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस