सोमबार, ३१ बैशाख २०८१

साईनिङ्ग स्टार कपको उपाधीका लागि रानीवन र सूर्यतारा भिड्ने

बाजुरा : बाजुराको कोल्टीमा जारी साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगिताको उपाधीका लागि रानीवन र सूर्यतारा भिड्न भएका हुन् । सेमिफाइनलमा सूर्यतारा फाउण्डेशनले बाँधु फुटबल क्लब र रानीवनले आयोजक साईनिङ्ग स्टारलाई पराजितगरे सँगै उपाधीका लागि रानीवन र सूर्यतारा बीच भिडन्त हुने निश्चित भएको हो ।

सूर्य ताराले बाँधु फुटबल क्लब हिमालीलाई २-० गोल अन्तरले हराएको छ । सूर्यतारा नामी खेलाडी उत्पादन गर्ने जिल्लाको प्रतिष्ठीत क्लब हो । यता रानीवन स्पोर्टस क्लबले आयोजक साईनिङ्ग स्टारलाई पेनाल्टी सुटआउटमा हराएको हो । खेल अवधी बाहेक थपिएको १५ मिनेटमा पनि दुबैतिरबाट १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी गएको थियो ।

पेनाल्टीमा आयोजक साईनिङ्ग स्टारका एक जना खेलाडीले पोलमा बल ठोक्काए भने अर्का खेलाडीको रानीवनको किपरले रोक्न सफल भएपछि रानीवन ४-२ को अन्तरले खेल रानीवनको पक्षमा गएको गएको हो । आयोजक र बाँधु सेमिफाइनलकै यात्राबाट घर फर्किएका छन् ।

फाइनल पुगेका दुबै टिममा सि र बि डिभिजनका खेल खेलिसकेका खेलाडी सहभागि छन् । रानीवन सुदूर र कर्णाली प्रदेशकै सि डिभिजन खेलेको एक्लो क्लब हो । फाइनल खेलमा रोचक भिडन्त हुने खेलप्रेमीले विश्वास गरेका छन् ।

फाइनल खेल कात्र्तिक २४ गते विहान जनप्रकाश माविको खेल मैदानमा हुनेछ । खेल नाइन ए साइड अन्र्तगत खेलाईएको छ । खेलको बिजेताले १ लाख ५५ हजार पाँच सय ५५ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छ । भने उप विजेता हुने टिमले १ लाख १ हजार १ सय ५५ नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस