सोमबार, ३१ बैशाख २०८१

साईनिङ्ग स्टार कपको सेमिफाइनलमा पुगे यी चार टिम, रानीवनले आयोजकसँग भिड्ने

बाजुरा : साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगितामा आज क्वाटर फाईनलका खेल सकिएका छन् । आज क्वाटर फाईनल खेलमा बिहान सुरुमा स्वामीकार्तिक खापर गाउँपालिका र बाँधु फुटबल क्लव बीच भएको खेल बराबरीमा रोकिदा खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टिमा चार गोल गर्दै बाँधु फुटबल कल्व सेमि फाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनलका दोस्रो खेलमा रानिवन स्पोर्ट कल्व र कालिकोट फुटबल कल्व बीच भएको खेलमा रानिबनले चार खोल गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

त्यसपछि भएको खेलमा सुर्यतारा र थ्रि स्टार पिपलडालि बिच भएको खेलमा पाँच गोल गर्दै सुर्यतारा सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम खेलमा आयोजक ए र रोयल छातिकोट बिच भएको खेलमा आयोजक ए ले एक गोल गर्दै सेमिफाईनलमा गएको छ ।

सेमिफाईनल खेलहरु बिहान सात बजेदखि संचालन हुने आयोजक कल्वका अध्यक्ष संजय रोकायाले जानकारी दिनुभएको छ । भोलि बिहान हुने सेमिफाईनलको पहिलो खेल सुर्यतारा र बाँधु फुटबल कल्वबिच हुने छ भने दास्रो सेमिफाईनको खेल रानिवन स्पोर्ट कल्वबिच हुने भएको छ ।

खेल जनकप्रकाश माद्यामिक बिद्यायलयमा संचालन भईरहेको छ । खेलमा २५ टिमको सहभागिता रहेको आयोज साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाले जानकारी दिनुभएको छ ।

खेलको बिजेताले १ लाख ५५ हजार पाँच सय ५५ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छ भने उप बिजेता हुने टिमले १ लाख १ हजार १ सय ५५ नगद सहित ट्रफि मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

खेलको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले खेलका मुख्य रेफ्रि सविन ढकाललाई फुटबल हस्तान्तरण गरेरे उद्घाटन गर्नुभएको थियो । खेलमा एन्फा रेफ्रि सविन ढकाल, निश्चल गुरुङ्ग र ज्ञानेन्द्र आलेमगर छन् ।

प्रतिक्रिया दिनुहोस