शुक्रबार, २८ बैशाख २०८१

बाल विवाह र छाउ कुप्रथा हटाउन किशोरी र बालबालिका आफै सक्रिय

महिला विकास मञ्च नामक गैर सरकारी संस्थाले खप्तड छेडेदह गाउँपालिकामा मात्रै २८ वटा टोलमा किशोरी कक्षा सञ्चालन गरेको छ । छाउ कुप्रथा हटाउने, बाल विवाह रोक्ने, पढाइप्रति किशोरीको आकर्षण बढाउने र विवाह प्रति जिम्मेवार र कुमान्यता प्रति सचेत बनाउने गरि किशोरी शिक्षा सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताइन् ।

बुधबार ०४, पुष २०८० ०५:२७

काठमाडौं महानगरपालिकाले खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने

खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । गाउँपालिकाका तर्फबाट एम्बुलेन्स सहयोगका लागि यस अघि कार्यपालिकाको बैठक सहीत माग पत्र पठाइएको थियो ।

बुधबार ०४, पुष २०८० ०६:०६

बुढीगंगामा आइडीएसले गर्यो विद्यालय पोषण कार्यक्रमको समीक्षा

पालिका भित्रका २९ वटा विद्यालयमा पालिका सँगको सहकार्यमा सञ्चालित गतिविधी बजेट थोरै भएपनि प्रभावकारी भइरहेको सहभागिले सुझाव दिएका छन् । कार्यक्रमको सहजिकरण आइडिएस नेपालका जिल्ला संयोजक प्रेम खनालले गरेका हुन् । भने कार्यक्रममा संस्थाका रुपा खड्का र माया विष्ट पनि सहभागि थिए ।

बुधबार ०४, पुष २०८० ०७:४२

बाजुराको तरकारी गाउँ : जहाँका स्थानीयले बार्षिक ३ करोड बढीको उत्पादन गर्छन

सिंगो खेतमा तरकारी मौसमी र बेमौसमी तरकारी र टनेलहरु मात्रै देखिने गरेका छन् । कुनै परिवारका आँगन सुख्खा देखिदैनन् । तरकारी खेती र उत्पादन अनि आत्मनिर्भर किसानको परिचयका लागि जिल्लाको शान नै रजाली बासीले बढाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

शुक्रबार ०६, पुष २०८० ०८:२९

बडीमालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारीता बारे अनुगमन

कार्यक्रमको प्रभावकारीता, कार्यक्रम सञ्चालन पछिको उपलब्धी बारे सरोकारवाला निकायका प्रतिनिधीसम्मेलित टोलीबाट अनुगमन गराएको आइडीएस नेपालकी सहजकर्ता सर्मीला रावलले जानकारी दिएकी छन् । नगर उप्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा सहीतको टोलीले अनुगमन गरेको हो ।

आइतबार ०८, पुष २०८० ०९:५३

एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र जटिल प्रकृतिको विपन्न परिवारको विरामीलाई शल्यक्रियासम्मको उपचार सेवाका लागि समेत पालिकाको सिफारिसमा उपचार सहयोग गर्ने गरि सहमति भएको छ ।

सोमबार ०९, पुष २०८० ०७:२५

डडेल्धुरा मेडिकल कलेजमा माघदेखि अध्यापन सञ्चालनको तयारी

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी ९ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी० सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसंगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए ।

मङ्गलबार १७, पुष २०८० ०६:०१

बाजुराकै सर्वाधिक विकट हिमालीको गुम्बागाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

एकगाउँबाट अर्को गाउँ पुग्नै आधा दिन लाग्ने, भौगोलिक विकटता र सडक बाटो नै नभएकोले गाउँ पिच्छ्य नै स्वास्थ्य संस्था आवश्यक परेको पालिकाले बताएको छ । आधारभुत स्वास्थ्य सेवाका लागि पनि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउनु परेको प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

मङ्गलबार १७, पुष २०८० ०६:३४

धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।

मङ्गलबार १७, पुष २०८० ०६:४२

गौमुल गाउँपालिकाको केन्द्र घटमुनामा तरकारी संकलन केन्द्र स्थापना

कृषकहरुलाई उत्पादित तरकारी बजारसम्म पु¥याउन समस्या भएको बेला पालिका केन्द्रमा तरकारी संकलन केन्द्र स्थापना भएपछि सहज हुने उपाध्यक्ष थापाको विश्वास छ ।

बुधबार १८, पुष २०८० ०२:३२

जलवायु परिवर्तनको मुद्दामा सबैलाई चासो र सरोकार राख्न सुझाव

कार्यक्रममा रोकायाले सृष्टीको अस्तित्व बचाउन सकेमात्रै मानव अस्तित्व जोगाउन सकिने भएकोले सबै पक्ष जिम्मेवार र सचेत हुनु पर्ने सुझाव दिएका छन् । प्रकृति नै मानव जीवन र सभ्यताको प्राण भएकोले जलवायु परिवर्तनलाई सन्तुलनमा राख्न प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बिहिबार १९, पुष २०८० ११:२१

बुढीगंगामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, ८ वटा विद्यालय सहभागि

जिल्लाका अन्य आठ वटा पालिकाले भने यस अघि नै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापन गरिसकेका छन् । माघको पहिलोसाताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजनाको तयारी थालिएको छ ।

शुक्रबार २०, पुष २०८० ०६:१५

हातजोर्नी र नशा रोगको उपचार बाजुरामै हुने, जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन

११ लाख बढीको सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामाग्री खर्ने र एक जना डिप्लोमा तहको फिजियोथेरापिलिष्ट जनशक्तिको व्यवस्थापन नै मानव संसाधन केन्द्रले गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । सेवाको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

सोमबार २३, पुष २०८० ०७:०९

बुढीगंगाद्धारा ताप्रामा आधारभूत स्वास्थ्य केन्द्रको अपाङ्गमैत्री भव्य भवन निर्माण

बुढीगंगा नगरपालिकाको समन्वय तथा संघीय सरकारको आर्थिक लगानीमा भवन निर्माण गरिएको उपप्रमुख माया कुवँर बताएकी छन् । स्वास्थ्य भवन नहँदा सेवा प्रवाह गर्न  समस्या भईरहेको बेला समयमै भवन निमार्ण कार्य समय अगावै सम्पन्न गरेपछि अब सहज हुने उनले बताइन् ।

मङ्गलबार २४, पुष २०८० ०८:००

बुढीगंगा नगरपालिकाद्धारा क्यान्सर पीडित थापालाई एक लाख सहयोग

यसअघि बुढीगंगा नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक लाख बराबर व्यक्तिगत सहयोग समेत गरेका छन् । दुई महिनादेखि वीर अस्पतालमा उपचाररत थापाको उपचार सहयोगको लागि उनका आफन्तले फेसबुक ट्वीटर जस्ता सामाजिक संजालमार्फत हारगुहार गरिरहेका छन् ।

बिहिबार २६, पुष २०८० ०८:५८

बाजुरामा लोप हुन लागेका रैथाने बालीको प्रबर्द्धन गर्न सप्ताह व्यापी कृषि मेला

लोप हुन लागेका बालीकै निरन्तरता स्वरुप दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० को अवसर पारी बाजुरामा रैथाने बालीको प्रवद्र्धन गर्न सप्ताह व्यापी कृषि मेला आयोजना गरिएको छ । नौ वटै स्थानीय तहमा उत्पादन हुने पुराना रैथानी बालीको प्रवद्र्धन र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बडीमालिका कृषि शाखा प्रमुख रमेश विकले जानकारी दिएका छन् ।

बिहिबार ०४, माघ २०८० ०६:०७

बाजुराको कोल्टीबाट २ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकप्टर मार्फत शुक्रबार बिहान ११ बजे उनिहरुलाई सुर्खेत पठाईएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए । उनिहरुको अवस्था गम्भिर रहेको र अपरेशन गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा अक्सिजन नभएका कारण रेफर गरिएको उनले बताएका छन्  । अक्सीजन अभाव भएका कारण अपरेशन गर्ने बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य संयोजक शाहीले बताएका छन् ।

शुक्रबार ०५, माघ २०८० ०२:३२

बाजुरा सदरमुकाम मार्तडीका चोक र गल्ली भित्रको फोहर उठाउँदै राष्ट्रिय युवा संघका कार्यकर्ता

मार्तडी बजारमा पछिल्लो समय फोहर व्यवस्थापन हुन नसकेको जनगुनासो बढेको छ । विद्यालय, होटल पसल, र चोक चौताराका गल्ली र नहर नालाहरुमा राती फालिएको फोहर अस्तव्यस्त अवस्थामा देखिने गरेको छ । सदरमुकाम नै दुर्गन्धीत बनेको जनगुनासो बढेपछि शनिबार बिशेष सरसफाइ अभियानमा जुटेको राष्ट्रिय युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलन ऐडीले जानकारी दिएका छन् ।

शनिबार ०६, माघ २०८० ०२:३७

खप्तड छेडेदहको घटालमाडौं आविका १२० जना विपन्न विद्यार्थीलाई न्यानो लुगा

भुकम्पले पनि विद्यालयको भवन भत्किएको छ । धेरै लामो प्रयास पछि प्रतिनिधी सभा सदस्य लालबहादुर थापा हुँदा भवनका लागि रकम आएपनि त्यो नै प्रर्याप्त नभएकोले थप आवश्यक रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालगिरी रावतले बताएका छन् । वडा अध्यक्ष जीतबहादुर रावतले पनि विद्यालयलाई थप सहयोग आवश्यक रहेको बताएका छन् ।

शनिबार ०६, माघ २०८० ०९:५४

गौमुलको गाउँ सभा : विपन्नलाई निःशुल्क स्वास्थ्य उपचार सेवा, पालिकाको केन्द्र घटमुनामा आयुर्वेद सेवा सञ्चालनको निर्णय

गाउँ सभा मार्फत कुनै न कुनै नयाँ काम तथा कार्यक्रमको निर्णय गर्दै आएको गौमुल गाउँपालिकाले यो पटक विपन्न परिवारका विरामीलाई निशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । आर्थिक रुपमा अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर निर्णय गरिएको उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन् ।

आइतबार ०७, माघ २०८० ०८:०४

मन्त्री साउँदले पुरा गरे वाचा : २ दिन भित्रै खटाइए बिशेषज्ञ डाक्टर

जनगुनासो अनुरूप २ दिन भित्रै समस्या समाधान गर्ने मन्त्री साउँदले गरेको प्रतिबद्धता अनुरूप विशेषज्ञ चिकित्सक खटाइएको हो । चिकित्सकको अभावका कारण केही दिन देखि गर्भवती महिलाको शल्यक्रिया मार्फत प्रसूति सेवा र सामान्य शल्यक्रिया सेवा प्रभावित हुँदै आएका थिए ।

सोमबार ०८, माघ २०८० ०६:४६

बाजुराका युवालाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना शिक्षा

युवाहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, परिवार योजनाका साधनहरुको प्रयोग, सुरक्षित गर्भपतन लगायतका बिषयमा जिल्ला सदरमुकाममा रहेको युवाहरुलाई सचेतना दिन कार्यक्रम गरेको भिजिबल इम्प्याक्टका मानसिंह बिष्टले बताएका छन ।

सोमबार ०८, माघ २०८० ०७:००

जगन्नाथको विकास : गाउँगाउँमा गाडी गुड्ने सडक, ५ वर्षमा ६० किलोमिटर बढी सडक बाटो निर्माण

२०७४ को असारमा स्थानीय तह निर्वाचन सकिए लगत्तै सडक निर्माण गुरु योजना बनाइएको थियो । गाउँ सभाले पालिका भित्रका ६ वटै वडा केन्द्र र सबै टोल बस्तीमा सडक पुर्याउने लक्ष्य सहीतको योजना बनाएको र २०७५ असारमा हुने गाउँ सभाको बजेटमा पहिलो पटक सडक निर्माणको लागि बजेट विनियोजना गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

मङ्गलबार ०९, माघ २०८० ०२:१६