सोमबार, ०७ जेठ २०८१

बाजुरा सदरमुकाम मार्तडीका चोक र गल्ली भित्रको फोहर उठाउँदै राष्ट्रिय युवा संघका कार्यकर्ता

बाजुरा : राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता बाजुरा सदरमुकाम मार्तडीको फोहर व्यवस्थापनमा जुटेका छन् । बजार क्षेत्र भित्रका चोक र गल्ली भित्र फोहर भरिन थालेपछि युवा संघका नेता कार्यकर्ताले फोहर संकलन गर्न सक्रियता देखाएका हुन् ।

मार्तडी बजारमा पछिल्लो समय फोहर व्यवस्थापन हुन नसकेको जनगुनासो बढेको छ । विद्यालय, होटल पसल, र चोक चौताराका गल्ली र नहर नालाहरुमा राती फालिएको फोहर अस्तव्यस्त अवस्थामा देखिने गरेको छ । सदरमुकाम नै दुर्गन्धीत बनेको जनगुनासो बढेपछि शनिबार बिशेष सरसफाइ अभियानमा जुटेको राष्ट्रिय युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलन ऐडीले जानकारी दिएका छन् ।

युवा संघका नेता कार्यकर्तादे विहान देखि नै प्रत्येक चोक, होटल आसपास क्षेत्र, सार्वजनिक स्थल, विद्यालय नजिकैका गल्ली र नालाहरुको फोहर उठाएका छन् । टिप्पर समेत फोहर व्यवस्थापनका लागि नगरपालिकाले राखेको छ । घरवेटी आफैले टिप्परमा फोहर राख्नु पर्ने भनिएको छ ।

तर बजार क्षेत्र भित्रको फोहर व्यवस्थापनको अवस्थामा सुधार नआएपछि युवा संघ आफै खटिएको राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव बिष्णु कार्कीले बताएका छन् । नेता कार्यकर्ताले विहानभरि जिल्ला खेलकुद विकास समितिको परिसर, बजार क्षेत्र, मालिका नमुना मावि पछाडिको नाला, न्यूरोड क्षेत्र सहीतका चोकहरुको फोहर उठाएको छ । 

No description available.व्यापारीले पलाष्टिक फाल्ने गरेका, घरको फोहर राती सडकमा राख्ने गरिएको, सार्वजनिक ठाउँमा फाल्ने गरेको अवस्था छ , नगरपालिकाले पनि ध्यान नदिएको प्रहरी प्रशासनबाट पनि सोचजस्तो सक्रियता नदेखिएको र सार्वजनिक संस्थाहरुले समेत फोहर व्यवस्थापनमा ध्यान नदिएको आक्रोश युवा संघका नेता कार्यकर्ताको छ ।

सामाजिक रुपान्तरण, सेवा र सार्वजनिक सरोकारका काममा सहकार्य गर्दै आएको युवा संघले फोहर व्यवस्थापन कार्यलाई निरन्तरता दिने युवा संघ नेपाल बाजुराले बताएको छ । सरसफाइ कार्यमा युवा संघमा आवद्ध २ दर्जनबढी नेता कार्यकर्ता सहभागि थिए । 

No description available.

प्रतिक्रिया दिनुहोस