सोमबार, ०७ जेठ २०८१

बडीमालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारीता बारे अनुगमन

बाजुरा : विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन भएका विद्यालयको अनुगमन गरिएको छ । विश्व खाद्य कार्यक्रम आइडिएस नेपालको सहकार्यमा स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन भएका बडीमालिका ८ स्थित मालिका मावि र ९ को मष्टेश्वरी आधारभुत विद्यालयको अनुगमन गरिएको हो ।

कार्यक्रमको प्रभावकारीता, कार्यक्रम सञ्चालन पछिको उपलब्धी बारे सरोकारवाला निकायका प्रतिनिधीसम्मेलित टोलीबाट अनुगमन गराएको आइडीएस नेपालकी सहजकर्ता सर्मीला रावलले जानकारी दिएकी छन् । नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा सहीतको टोलीले अनुगमन गरेको हो ।

नगरपालिकाका प्रमुख उपप्रमुख सहीत सम्बन्धीत वडाका अध्यक्ष, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय, शिक्षा तथा समन्वय इकाइ, युवा तथा खेलकुद शाखा, पत्रकार महासंघ, गैसस, बहुक्षेत्रीय पोषण कार्यक्रम सहीतको सहभागिता अनुमनमा सहभागि थिए । 

अनुगमनका सहभागिले विद्यार्थीले खाएको खाजाको अभिलेख चुस्त रुपमा राखेको हुनुपर्ने, विद्यालयको प्रारम्भिक स्वास्थ्य जाचँ अभिलेख, सम्पूर्ण विद्यार्थीलाई बर्षको दुई पटक जुकाको औषधी खुवाएको अभिलेख देखिने गरि राख्नु पर्ने सुझाव दिएका छन् ।    

सोही अवसरमा कार्यक्रमको एक वर्षे समीक्षा कार्यक्रम पनि गरिएको छ । बर्षभरि आइडिएस नेपालले गरेका कार्यक्रम र गतिबिधी बारे पनि जानकारी गराइएको थियो ।

विद्यालय पोषण कार्यक्रमले शिक्षाको गुणस्तर सुधारका लागि राम्रो प्रतिफल हासिल गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् । यसको निरन्तरता र नगर सरकारले गर्नु पर्ने सहयोगका लागि पनि आफू प्रतिवद्ध रहेको खड्काले प्रतिवद्धता व्यक्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस