सोमबार, ०७ जेठ २०८१

खप्तड छेडेदहको घटालमाडौं आविका १२० जना विपन्न विद्यार्थीलाई न्यानो लुगा

विद्यालयमा भुकम्प प्रतिरोधी भवन निर्माणको आश्वासन

बाजुरा : खप्तड छेडेदह गाउँपालिका ५ स्थित घटालमाडौं आधारभूत विद्यालयका १ सय २० जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ । विद्यालयमा अध्ययरत विपन्न परिवारका विद्यार्थीलाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको हो ।

गगनवाणी अनलाइनका सञ्चालक गगन अयडीको समन्वय, गाउँपालिकासँगको सहकार्य र भोलेन्टीयर क्रप नेपाल (volunteer corps nepal) को सहयोगमा न्यानो लुगा वितरण गरिएको हो । सहयोगी संस्थाकी उपाध्यक्ष राधा मताङ्गी स्वयम आएर न्यानो लुगा वितरण गरेकी हुन् ।

अति गरिब र दलित समुदायका विपन्न परिवारको बाहुल्यता रहेको बस्तीको विद्यालयलाई रोजेर सहयोग गरिएको उपाध्यक्ष मताङ्गीले बताएकी छन् । गगन अयडीले समन्वय गर्नु भयो, गाउँपालिकाको अध्यक्ष दीलबहादुर रावत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालगिरी रावतले पनि समन्वय गरिराख्नु भयो, सानै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको मताङ्गीले भन्नु भयो । 

न्यानो लुगा गाउँपालिका अध्यक्ष दीलबहादुर रावतले हस्तान्त्रण गरेका हुन् । विव्यस अध्यक्ष लालगिरी रावतको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । भने गाउँपालिका अध्यक्ष दीलबहादुर रावत प्रमुख अतिथी रहेका थिए । विपन्न समुदायको विद्यालय रोजेर सहयोग गर्न इच्छा राख्ने र सहयोगको वातावरण मिलाउने सबैलाई पालिका अध्यक्ष रावतले धन्यवाद दिएका छन् ।

May be an image of 8 people and textभुकम्पले पनि विद्यालयको भवन भत्किएको छ । धेरै लामो प्रयास पछि प्रतिनिधी सभा सदस्य लालबहादुर थापा हुँदा भवनका लागि रकम आएपनि त्यो नै प्रर्याप्त नभएकोले थप आवश्यक रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालगिरी रावतले बताएका छन् । वडा अध्यक्ष जीतबहादुर रावतले पनि विद्यालयलाई थप सहयोग आवश्यक रहेको बताएका छन् ।

भोलेन्टीयर क्रप नेपालले विद्यालयमा भवन निर्माणको काम अघि बढाउने योजना समेत बनाएको बताइएको छ । विद्यालयमा पढ्ने सबै विद्यार्थीले एकै नासको न्यानो लुगा पाएपछि खुसी देखिएका थिए । वितरण कार्यक्रममा गाउँपालिकाका कर्मचारी रमेश बहादुर ओली, नेकपा एकीकृत समाजादीका नेता खगेन्द्र नाथ सहीत सहभागि थिए । 

No photo description available.

प्रतिक्रिया दिनुहोस