सोमबार, ०७ जेठ २०८१

बुढीगंगामा आइडीएसले गर्यो विद्यालय पोषण कार्यक्रमको समीक्षा

बाजुरा : विश्व खाद्य कार्यक्रम अन्र्तगत सञ्चालित विद्यालय स्वास्थ्य पोषण कार्यक्रमको बुढीगंगा नगरपालिका स्तरीय समीक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पालिका स्तरीय सरोकारवाला सहभागि कार्यक्रमका बीच समीक्षा गरिएको हो ।

नगर उपप्रमुख माया कँुवरको अध्यक्षतामा आयोजित कार्यक्रममा पालिका भित्रका सबै शाखाका प्रमुख, अन्य कर्मचारी र सरोकारवाला प्रतिनिधी सहभागि थिए । एकीकृत विकास समाज आइडिएस नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख माया कुँवरले विद्यालय खाजा कार्यक्रमलाई नगरपालिकाले नेपाल सरकार संघिय कार्यक्रम अन्र्तगत मात्रै नहेरि स्थानीय पालिका अर्थात बुढीगंगा नगरपालिकाले आफ्नै कार्यक्रमका रुपमा संस्थागत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

२ वर्षदेखि सञ्चालित कार्यक्रम अन्र्तगत बाल बालिकालाई जुकाको औषधी खुवाउने महिनावारी स्वच्छता, बालबालिकालाई नियमित स्वास्थ्य परिक्षण, किशोरीलाई आइरन बालमैत्री धारा निर्माण, फोहर खाडल निर्माणका क्षेत्रमा काम भइरहेको छ । 

पालिका भित्रका २९ वटा विद्यालयमा पालिका सँगको सहकार्यमा सञ्चालित गतिविधी बजेट थोरै भएपनि प्रभावकारी भइरहेको सहभागिले सुझाव दिएका छन् । कार्यक्रमको सहजिकरण आइडिएस नेपालका जिल्ला संयोजक प्रेम खनालले गरेका हुन् । भने कार्यक्रममा संस्थाका रुपा खड्का र माया विष्ट पनि सहभागि थिए । 
 

प्रतिक्रिया दिनुहोस