सोमबार, ०७ जेठ २०८१

बाजुराको कोल्टीबाट २ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा : बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।

बुढीनन्दा नगरपालिका १ जमसालका पुर्ण बहादुर खत्रीकी श्रीमती बर्ष २९ की संम्झना खत्री र सोही वडाको पिपलडाली स्थित  रमेशराज बिष्टकी श्रीमती बर्ष २५ की सरोस्वती बिष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर गरि सुर्खेत पठाएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकप्टर मार्फत शुक्रबार बिहान ११ बजे उनिहरुलाई सुर्खेत पठाईएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए । उनिहरुको अवस्था गम्भिर रहेको र अपरेशन गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा अक्सिजन नभएका कारण रेफर गरिएको उनले बताएका छन्  । अक्सीजन अभाव भएका कारण अपरेशन गर्ने बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य संयोजक शाहीले बताएका छन् । 

यता जिल्ला अस्पतालमा रहेको अक्सीजन पलान्टबाट सिलिण्डरमा भर्ने यन्त्र बिग्रेका कारण केही दिनदेखी अक्सीजन सिलिण्डर भर्न नसकिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

उनका अनुसार पलान्टमा बिग्रेको यन्त्र बनाउने मान्छे बाटोमा रहेको र शनिबार साझँसम्म बनाई सकिने बताए । जिल्ला अस्पतालमा रहेको यन्त्र शनिबार बनाएर आइतबार बिहान सम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर पठाउन सकिने सुचना अधिकारी गिरीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस