सोमबार, ०७ जेठ २०८१

गौमुल गाउँपालिकाको केन्द्र घटमुनामा तरकारी संकलन केन्द्र स्थापना

बाजुरा : गौमुल गाउँपालिकामा तरकारी संकलन केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको हो । गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले एक औपचारिक कार्यक्रमका बीच तरकारी संकलन तथा विक्री केन्द्रको उद्घाटन गरेकी हुन् । 

कृषकहरुलाई उत्पादित तरकारी बजारसम्म पु¥याउन समस्या भएको बेला पालिका केन्द्रमा तरकारी संकलन केन्द्र स्थापना भएपछि सहज हुने उपाध्यक्ष थापाको विश्वास छ । 

गौमुल गाउँपालिकाको समन्वय तथा आई।एन।एफ नेपालको २ लाख र एच।आर।सी। बाजुराको ४७ हजार गरी २ लाख ४७ हजारको संयुतm लगानीमा तरकारी संकलन तथा विक्री केन्द्रको स्थापना गरिएको हो ।

सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तरकारी संकलन तथा विक्री केन्द्र निर्माण गरेर दैनिक संकलन तथा विक्री गर्ने गरी जिम्मेवारी लिएको अध्यक्ष श्याम बहादुर रोकायाले बताएका छन् । तरकारीको मुल्य निर्धारण गरेर सहकारी मार्फत नियमित बजारमा तरकारी पठाउने गरेको अध्यक्ष रोकायाको भनाई रहेको छ ।

थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकोमा संकलन केन्द्र मार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने कृषक तिलक विकले बताएका छन् । 

तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पु¥याएर बिक्री गर्न सहज हुनाका साथै सदरमुकाम मार्तडीसम्म तरकारी पु¥याउन सकिने विश्वास गरिएको छ ।

बजार सहज भएपछि हर्षित यहाँका किसान तरकारी उत्पादनमा हौसिएका छन् । पालिकाभित्र रहेका अन्य बाँझो जमिन पनि सदपयोग हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस