सोमबार, ०७ जेठ २०८१

बुढीगंगा नगरपालिकाद्धारा क्यान्सर पीडित थापालाई एक लाख सहयोग

बाजुरा : क्यान्सरबाट पीडित बुढीगंगा नगरपालिका–२ ताप्राका स्थानीय शंकर थापालाई नगर सरकारले आर्थिक सहयोग गरेको छ ।  विगत केही महिनादेखि क्यान्सर पीडित थापालाई बुढीगंगा नगरपालिकाले १ लाख सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताए ।

ब्लड क्यान्सर पीडित थापा काठमाण्डौको वीर अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएका थापालाई उपचारमा स्थानीय सरकारका तर्फबाट सहयोग गरिएको नगर प्रमुख राम बहादुर बाँनियाले बताए ।

यसअघि बुढीगंगा नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक लाख बराबर व्यक्तिगत सहयोग समेत गरेका छन् । दुई महिनादेखि वीर अस्पतालमा उपचाररत थापाको उपचार सहयोगको लागि उनका आफन्तले फेसबुक ट्वीटर जस्ता सामाजिक संजालमार्फत हारगुहार गरिरहेका छन् ।

उपचारमा धेरै आर्थिक लाग्ने भएकाले आर्थिक अवस्था कमजोर परिवारले उपचार गर्न नसक्ने भएकाले सहयोगका लागि अपिल गरेका छन् । सहयोग गर्ने सहयोगी मनकारीहरुलाई बागबजारमा रहेको सानीमा बैंक शाखाको खाता नम्बर ०२३०११०४०००१५१९ मा सहयोग गरिदिन विनम्र अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस