सोमबार, ०७ जेठ २०८१

बुढीगंगामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, ८ वटा विद्यालय सहभागि

बाजुरा : बुढीगंगा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । भानुदय मावि खेल मैदानमा शिल्ड सुरु गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले जानकारी दिएका छन् । ८ वटा विद्यालय सहभागि शिल्डको नेकपा एमाले सचिव भरत थापाले उद्घाटन गरेका हुन् ।

नगर प्रमुख रामबहादुर बानीयाँको अध्यक्षतामा सञ्चालन गरिएको खेख उद्घाटन समारोहमा सहभागि सबै विद्यालयका खेलाडीहरुले मार्चपास गरेका थिए । बुढीगंगाले चारदिन पालिका स्तरीय शिल्ड सक्ने तयारीका साथ खेल आयोजना गरेको बताएको छ । 

जिल्लाका अन्य आठ वटा पालिकाले भने यस अघि नै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापन गरिसकेका छन् । माघको पहिलोसाताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजनाको तयारी थालिएको छ । 

केही दिनमा बस्ने जिल्ला खेलकुद समितिको बैठकले बुढीनन्दा नगरपालिकामा आयोजना गर्ने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको मिति तय गर्ने अध्यक्ष राकेश थापाले बताएका छन् । बुढीगंगा नगरपालिका स्तरीय शिल्ड उद्घाटन समारोहमा थापाले खेल र खेलाडीमा मात्रै नभई बुढीगंगाले प्रशिक्षक उत्पादनमा समेत आफूलाई अब्बल सावित गरेको बताएका छन् ।

उद्घाट्न समारोहमा त्रिशक्ति माविका विव्यस अध्यक्ष रमेश नेपाली, जिल्ला समन्वय समितिका सदस्य हिक्मत थापाले शुभकामना मन्तव्य राखेका थिए । उहाँहरुले बुढीगंगा अय विधा जस्तै खेल क्षेत्रमा पनि संभावना बोकेको पालिका भएकोले थप स्तर सुधारका लागि रनिङ शिल्डले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

नेकपा एमालेका पार्टी सचिव भरत थापाले खेल क्षेत्रले नै देशको नाम र मानव जीवनको समृद्धि हुने विश्वास व्यक्त गरेका छन् । खेल क्षेत्रको विकासका लागि बुढीगंगा नगरपालिकाले खेलेको भूमिका र लगानी प्रति आफू सन्तुष्ट रहेको र खेलाडीले समेत लगानी अनुसारको प्रतिफल निकाल्नु पर्ने सुझाव दिएका छन् ।

नगर उपप्रमुख माया कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन टंकबहादुर सिंह गरेका हुन् । खेलाडी र प्रशिक्षकलाई प्रमुख अतिथिका हैसियतले नेकपा एमालेका सचिव भरत थापाले सपथ ग्रहण गराएका हुन् । खेलको सुरुवादी अतिथि ८ जना बीचको एक सय मिटर दौडबाट सुरु गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस