शुक्रबार, २८ बैशाख २०८१

बाजुरामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गर्न सरोकारवाला सहमत

पीसविनले गर्यो परियोजनाको अर्धवार्षिक समीक्षा

बाजुरा : हिंसामा परेकाहरुलाईका उद्दार र राहतका लागि जिल्ला स्तरीय लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गर्न सहमत भएका छन् । पीसविन, भिएसओ र युएनएफपीएको सयुक्त सहकार्यमा सञ्चालित लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको समीक्षा कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रतिनिधीहरुले कोष सञ्चालन आवश्यक रहेको बताएका छन् ।

बजेट पालिका स्तरबाट विनियोजन गरिसकिएको र त्यसको कार्यान्वनका लागि थप प्रक्रिया अघि बढाएर सञ्चालन गरिने बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । उपप्रमुख थापाकै अध्यक्षतामा सञ्चालन भएको अन्र्तक्रियामा सहभागिले हिंसा महिला पुरुष, बालबालिका अन्य लिङ्ग भएका सबैलाई हुन सक्ने भएकोले उनीहरुको राहत तथा उद्दार र पुर्नस्थापनाका लागि कोष आवश्यक हुने बताएका छन् ।

हालसम्म बुढीगंगा नगरपालिकाले ५ लाख र बडीमालिका नगरपालिकाले २ लाख विनियोजन गरि सकेको छ । हिंसाजन्य घटनाबाट हुने क्षतिबाट बचाउन र बच्का लागि जीउने आधार सिर्जना हुने गरी कोष निर्माण गरि कार्यान्वयन गर्ने पक्षमा बडीमालिका नगरपालिकाले लागि परेको नगर उपप्रमुख नन्दा थापाले बताएकी छन् । 

बडीमालिका नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष सञ्चालन निर्देशिका समेत तयार पारि सकेको छ । परियोजनाका तर्फबाट परियोजना संयोजक त्रिभुवन शाहले अर्धवार्षिक रुपमा गरिएका कामको जानकारी गराएका थिए । यो परियोजना देशका कोशी र सुदूरपश्मिच प्रदेश गरि २ वटामा सञ्चालित छ । भने सुदूरपश्चिम प्रदेशका ५ वटा जिल्लामा सञ्चालनमा रहेको छ ।

महिला तथा किशोरी विरुद्ध हुने लैङ्गिक विभेदमा आधारित सबै प्रकारका हिंसा न्यूनिकरण गर्ने लक्ष्य सहीत सञ्चालिन परियोजना बाजुराका बडीमालिका र बुढीगंगाका ९ वटा वडामा सञ्चालित छ । पालिकासँगकै सहकार्यमा सञ्चालित परियोजनाले साथी शिक्षक रुपान्तरण कक्षा र जोडी छलफल कार्यक्रमलाई निरन्तरता दिएको छ ।

जोडी छलफल मार्फत पारिवारीक समस्या हल गर्ने, साथी शिक्षकले रुपान्तरणमा आधारिक विद्यालयमा कक्षा सञ्चालन गर्ने र सचेतना दिने कार्य गरिरहेका छन् । ४० जना बढी साथी शिक्षकहरु कार्यरत रहेका छन् । उनीहरुले हप्तामा महिनामा १६ वटा कक्षा सञ्चालन गर्ने गरेका छन् ।

परियोजनाले ६ महिनाको अवधीमा ८ वटा जोडी छलफल, ८ वटा पारिवारीक संवाद १ सय २० जना सहभागि अन्तरपुस्ता संवाद सञ्चालन गरेको परियोजना प्रमुख त्रिभुवन शाहले बताएका छन् । जोडी संवाद कार्यक्रम मार्फत १८ जोडीको विवाह दर्ता समेत गराउन सफल भएको परियोजनाले बताएको छ ।

सामाजिक रुपमा जागरण ल्याउन आवश्यक भएका र समेट्नु पर्ने क्षेत्र समुदायलाई परियोजनासँगै लिएर स्थानीय पालिकासँगको सहकार्यमा थप प्रभावकारी र शसक्त बनाएर लैजाने तयारी रहेको यूएनएफपीएका आत्मराम न्यौपानेले बताएका छन् । न्यौपानेले पनि नेपालमा लैङ्गिक समानताको अवस्था बारे जानकारी गराएका थिए ।

अन्र्तक्रियामा बडीमालिका नगरपालिकाले निर्माण गरेको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन निर्देशिका २०८० बारे महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले जानकारी गराएकी थिइन् । सोही अवसरमा जिल्ला अस्पताल बडीमालिका नगरपालिका सहीतको सहकार्यमा सञ्चालनमा रहेको ओसीएमसीले बार्षिक रुपमा सेवा प्रवाह गरेका अवस्था बारे सन्तोषी थापाले जानकारी गराएकी थिइन् ।

ओसीएमसी सेवा मार्फत १ सय १८ जनाले सेवा लिएको र परामर्श लिन आउनेको संख्यामा वृद्धि हुदै गएको थापाले प्रस्तुत गरेको रिपोटमा उल्लेख गरिएको छ । अन्र्तक्रियामा बडीमालिका नगरपालिका ६ का कार्यबहाक वडाअध्यक्ष परे बडुवालले हिंसा महिलालाई मात्रै नभई पुरुषलाई पनि हुने भएकोले महिला पुरुष दुबैका लागि निवारण कोषको प्रयोग हुनु पर्ने सुझाव दिएका छन् ।

बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा प्रहरी प्रशासन, सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधी, बडीमालिका नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी, पत्रकार सहीत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस