आइतबार, ३० बैशाख २०८१

बाजुरामा बेवारिसे झाडीमा फालिएको अवस्थामा भेटिएका तीन दिनका शिशुको मृत्यु

उनको पहिचान हुन बाँकी, अनुसन्धान जारी रहेको प्रहरीको भनाई

बाजुरा :  जिल्लाको त्रिवेणी नगरपालिका वडा न . ४ टोलीमा  बेवारिसे झाडीमा फालिएको अवस्थामा भेटिएका तीन दिनका शिशुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिचान नै  नखुलेका उनको जन्मिएको तीन दिनमै  बुधबार मृत्यु भएको हो । उनि बालक हुन् । उनि सोमवार दिउँसो भेटिएका थिए । प्रहरीका अनुसार भरखरै जन्मिएको बच्चालाई झाडीमा फालिएको थियो । शिशुको टाउकोमा चोट लागेको थियो  । उनि भेटिएकै दिन स्थानीय जनप्रतिनिधि र प्रहरीको पहलमा उद्धार गरी स्थानीय करिष्मा अयडीको जिम्मा लगाएर उपचारका लागि अछाम् स्थित बयालपाटा अस्पताल लगिएको थियो । त्यहिँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनको शव पोष्टमातमका लागि जिल्ला अस्पताल लगिएको थियो । शवको पोष्टमातम पनि भइसकेको प्रहरीको भनाई छ ।   उनले आमाले जस्तै माया दिएर राखेको भएपनि बचाउन नसकेको निज करिष्मा अयडीले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेकी छन् । आफ्नो कान्छो सन्तानका रुपमा माया दिएर हुर्काउने धोको अधुरै रहेको उनले लेखेकी छन् ।

 उनको मृत्यु प्रति अयडीले दुस्ख व्यक्त गरेकी छन् ।यो बिषय थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । प्रहरीको टाली अहिले पनि शिशु भेटिएको ठाँउमा रहेको उनले बताए । अनुसन्धान जारी रहेकाले आफुहरु पनि जाने तयारीमा रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस