शनिबार, २९ बैशाख २०८१

बाजुराको पाण्डुसैनमा घर भित्रै महिलाको शव भेटियो, हत्याको आशंका

बाजुरा : बुढीनन्दा नगरपालिका १० पाण्डुसैन बस्ने जयपुरा शाही आफ्नै मृत अवस्थामा भेटिएकी छन् । घाँटीमा डोरी बाँधिएको र अनुहार सहीत शरिरमा निगडाम भएको अवस्थामा शाही मृत भेटिएको आफन्तले बताएका छन् ।

लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी करिब ५५ वर्षकी शाहीको हत्या कि आत्महत्या भन्नेमा अनुसन्धान भइरहेको छ । आफन्तले श्रीकृष्ण जन्मअष्टमीको दिन पनि बाहिर नदेखिए पछि घर भित्र गएर खबर गर्न खोज्दा मृत अवस्थामा भेटिएको छिमेकी केशर कुमार बोहराले बताएका छन् ।

घर भित्र २ वटा गीलास, सुप सहीतको चाउचाउ सँगै राखिएको छेउमै धाँटीमा डोरी बाँधेर सुताएको अवस्थामा शाही फेला परेकी हुन् । घरमै सानो पसल गरि बस्ने शाहीको हत्या गरिएको आफन्तको दाबी छ । सुताएकै अवस्थामा धाँटीमा पासो लगाएर मर्ने अवस्था नहुने र मर्नुको कुनै कारण समेत नरहेकोले हत्या गरिएको उनीहरुको दाबी छ ।

मुगु जिल्लाको नखर्ची पोइली घर भएकी शाही करिब डेढ दशक यता माइती घरमै बस्ने गरेकी छन् । श्रीमानले अर्को विहे गरेपछि शाहीलाई माइती बस्ने घर दिएर आफूहरु शहर बसाइ थालेका थालेका थिए । घरमा पसल नियमित चलाउने र पुरानो गरगहना सहीतको सम्पती देखेर डाँका लागेको र थाह पाएपछि हत्या गरिएको आरोप आफन्तको छ ।

आफन्तले दाबी गरे अनुसार ५० लाख बढीको चल अचल सम्पत्ती लुटपाट गरेको बताएका छन् । संसदमै राप्रपा नेपालका महामन्त्री धवलसमशेर राणाले ५० लाख लुटपाट गरि हत्या गरेको कुरा उल्लेख गरेका छन् । मृतक शाही राप्रपा नेता हर्कबहादुर मल्लकी आफ्नै बहिनी हुन् ।

शाहीको शवलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । आफन्तले अनुसन्धान सहीत हत्यारा पत्ता लगाउन जाहेरी समेत दिएका छन् । छिमेकी भन्दा केही पर एक्लो घर भएकोले रातीको समयमा गाउँका कसैले पनि थाह नपाएको बुझीएको छ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताएको छ । 

May be an image of 1 person

प्रतिक्रिया दिनुहोस