आइतबार, ३० बैशाख २०८१

कारागार भित्र झडपः २ जना कैदिबन्दीको मृत्य

काठमाडौंः कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा संखुवासभामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका संखुवासभाका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको आज मृत्यु भएको हो ।बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए। उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागार भित्र राखिएको थियो।

केही समयपछि कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस