शनिबार, २९ बैशाख २०८१

कञ्चनपुरबाट तीन थान भरुवा बन्दुक बरामद

कञ्चनपुरः कञ्चनपुरबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ। आइतबार अस्थायी प्रहरी पोष्ट पहरीया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले तीन थान भरुवा बन्दुक फेला पारेको हो।

जिल्लाको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित राष्ट्रिय वनमा तीन जना व्यक्तिहरु तीन नाल भरुवा बन्दुकसहित फेला परेका थिए। प्रहरी गस्ती टोलीलाई देखेपछि बन्दुक फालेर ती अपरिचित व्यक्ति जंगलतिर भागेको प्रहरीले जनाएको छ।
 
प्रहरीले बन्दुक नियन्त्रणमा लिएर फरार तीनै जनाको खोजीकार्य भइरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस