आइतबार, ३० बैशाख २०८१

सुदूरपश्चिममा एक वर्षमा १९१ महिला जबरजस्ती करणीको सिकार

बाजुरा : सुदूरपश्चिममा एक वर्षको अवधिमा एक सय ९१ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीमा परेको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७९÷८० मा एक सय ९१ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकले देखाएको हो ।

यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा घटेको देखाइपनि समाजमा अझै पनि चेलीबेटी सुरक्षित नभएको उल्लेखित तथ्यांकबाट प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७७÷७८ मा दुई सय ३१ तथा आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ३६ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

पछिल्लो तीन वर्षमा ६ सय ५८ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीमा परेको पाइएको हो । साथै प्रदेशभित्र जबरजस्ती करणी उद्योग अन्तर्गतका घटनामा पनि वृद्धि हुँदै गएको छ । 

गत आर्थिक वर्ष २०७९÷८० मा ६३ यस्ता घटना सार्वजनिक भए पनि आर्थिक वर्ष २०७७÷७८ मा ८७ तथा आर्थिक वर्ष २०७८÷७९ मा बढेर ९२ गरी कुल दुई सय ४२ जबरजस्ती करणी उद्योगका घटना दर्ता भएका छन् ।

पछिल्लो तीन वर्षको अवधिमा प्रदेशभित्र बाल यौन दुराचारका १८, अप्राकृतिक मैथुन चार, यौन दुव्र्यवहारका ३१ घटना घटेको प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकले देखाएको छ । प्रदेशभित्र बालविवाह र बहुविवाहका घटनामा पनि अझै कमि आउन सकेको छैन् । सो अवधिसम्म दुई सय ७१ बहुविवाह र २१ घटना बालविवाहका प्रहरीमा दर्ता भएका छन् । 

साथै मानव बेचबिखन तथा ओसारपसारका पछिल्लो तीन वर्षको अवधिमा ४४ घटना प्रहरीसम्म आइपुगेको अभिलेख छ । महिला तथा बालबालिका सम्वन्धि अपराधमा प्रदेशभित्र आर्थिक वर्ष २०७७÷७८ मा चार सय ८९, आर्थिक वर्ष २०७८÷७९ मा चार सय ३८ र गत आर्थिक वर्ष २०७९÷८० मा यस्तो संख्या घटेर तीन सय ६८ मा सिमित बन्न पुगेको प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । साभार दिनेश खबर

प्रतिक्रिया दिनुहोस