शनिबार, २९ बैशाख २०८१

युवा संघ र अनेरास्ववियुले सांसद बद्री पाण्डेको अभिव्यक्ति विरुद्ध देशव्यापी प्रतिकार गर्ने

न्यायधिस नबन्न आग्रह गर्दै दोषी र निर्दोषी प्रमाणित गर्न चुनौति

बाजुरा : अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेका विरुद्ध देश व्यापी प्रतिकार गर्ने चेतावनी दिएको छ । अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य स्वर्गिय चेतनदीप ऐडीको हत्या घटनालाई लिएर दिएको अभिव्यक्ति गैर जिम्मेवार र गैर कानुनी भएकोले नसच्याएसम्म प्रतिकार गर्ने प्रेस सम्मेलन मार्फत जानकारी गराएका छन् । 

युवा संघ र अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गरि निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्ने अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । पाण्डेले प्रेस युनियन नेपाल बाजुराले साउन २४ गते मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा चेतनदीप अयडीको मृत्युका सन्र्दभमा निर्दोष व्यक्तिलाई फसाउन खोजेको अभिव्यक्ति दिएका थिए ।

अदालती प्रक्रियामा रहेको विषयलाई लिएर सांसद जस्तो जिम्मेवार व्यक्तिबाट कानुनी राज्य र न्यायको सिद्धान्त विपरित दिएको अभिव्यक्तिको भत्र्सना गर्दै दोषी र निर्दोषी छुट्याउने काम अदालतको भएकोले न्यायधिस नबन्न आग्रह गरिएको छ ।

सांसद जस्तो जिम्मेवार व्यक्तिले अदालतलाई बाहिर राखेर कानुनी राज्यको नै उपहास हुने र कानुनको बर्खिलापमा बोल्ने कुराले पदको गरिमा घट्ने, जनमतको अपमान हुने र सिंगो जिल्लाको बेइज्जती हुने कार्य गरेकोले यस्ता गतिविधी नगर्न युवा विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

घाइते अवस्थामा ज्यानको सुरक्षाका लागि घर भित्र बसेको व्यक्तिलाई बाहिर निकालेर अमानवीय चरित्र भएका दानवरुपी व्यक्तिहरुले हातहतियार, ढुंगा, लाठी र भालाहरु प्रयोग गरि कुटीकुटी विभत्र्स हत्या गर्दा पनि मानवता नभएको माननीयले मजागको विषय बनाउनु दुखद र गैर कानुनी भएकोले पाण्डेको अभिव्यक्तिको छानवीन गर्न प्रहरी प्रशासन समक्ष माग गरिएको छ ।

एउटै घटना र समय, उही व्यवहार र योजना अनि षड्यन्त्र सहीतको हत्यामा संलग्न व्यक्तिहरु कोही दोषी कोही निर्दोषी हुन भनेर दिएको गैर जिम्मेवार अभिव्यक्तिले आफै घटनामा संलग्न भएको वा समर्थन रहेको भन्ने आफै प्रमाणित गरेकोले छानवीन बद्री पाण्डे माथि नै हुनु पर्ने युवा संघ बाजुराका अध्यक्ष मिलन जंग ऐडीले बताएका छन् ।

निष्पक्ष छानवीनको विषयलाई चुनौति दिदै न्यायधिसको शैलीमा दिएको अभिव्यक्तिले अपराधिक गतिविधीबाटै चुनाव जितेको प्रमाणित आफैले गरेको विज्ञप्तीमा उल्लेख छ । १० महिनाको अवधीसम्म सन्तान गुमाउन बाध्य परिवारलाई एक पटक भेट्ने र सहानुभूति समेत दिन नचाहेको जनप्रतिनिधीले पार्टीका कार्यकर्ताको बचाउ गर्दै घटनालाई कमजोर बनाउन खोजेकोमा युवा र विद्यार्थीले आपत्ती सहीत प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

राजनीतिक हतियार बनाएर निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भनेर दिएको अभिव्यक्तिलाई प्रमाणित गरि निर्दोष फसेका भए, दोषी को हुन् ? भन्दै युवा संघ र अनेरास्ववियुले प्रश्न गरेका छन् । सबै कुराको जानकारी भए अदालतलाई न्याय सम्पादनमा सजिलो पार्न स–प्रमाण पेश गर्न पनि चुनौति दिएका छन् ।

यदी यसो हुन नसके वा प्रमाणित नगरिए अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बद्रीप्रसाद पाण्डेको विरुद्ध प्रतिकार गर्ने तयारी गरेको छ । हत्यारालाई उन्मुक्ति दिने, हत्याराको बचाउ गर्ने, पार्टी कार्यकर्ता बचाउने बाहनामा न्याय मार्ने कुरा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सहन र स्वीकार्न नसक्ने र चेतनको न्यायका लागि जस्तो सुकै चुनौति सामना गर्न तयार हुने पाण्डेलाई चेतावनी दिएका छन् ।

युवा संघका अध्यक्ष मिलन जंग ऐडी र अनेरास्ववियुका अध्यक्ष दिलबहादुर थापाले सयुक्त जारी गरेको विज्ञप्ती पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । चेतनदीप ऐडीको गएको वर्ष मंसिर ४ गते निर्वाचनको दिन कुटपीट गरि विभत्र्स हत्या गरिएको थियो । सोही दिन प्रहरीको गोली लागि सन्जीव ऐडीको पनि ज्यान गएको थियो । 

चेतनको हत्या आरोप लागेका २२ जना मध्ये १२ जनालाई थुनामा राखिएको छ । अन्यको खोजी कार्य जारी रहेको छ । सांसद पाण्डे चुनाव लडेदेखि नै एक पछि अर्को विवादमा मुछिदै आएका छन् ।

May be an illustration of text


 

प्रतिक्रिया दिनुहोस