आइतबार, ३० बैशाख २०८१

अवैध सन्तान जन्माएको आरोपमा श्रीमानले छोडेपछि विस्नाका ५ सन्तानको विचल्ली

बाउलीमा गिट्टी कुटेरै बालबच्चा पाल्नु पर्ने बाध्यता

मिनबहादुर खड्का 
बाजुरा : बुढीगंगा नगरपालिका ३ देउवावाडाकी विस्ना विकका ५ सन्तान अलपत्र अवस्थामा छन् । अवैध सन्तान जन्माएको आरोपमा श्रीमानले छोडेपछि विस्नाका ५ सन्तानको विचल्ली नै छ । श्रीमान विदेश भएको बेला विस्नाको पेटमा अवैध गर्भ बसेको थियो ।  

श्रीमान विदेश गएको बेला गाउँमा पसल साहूहरुको समान बोक्ने, मजदुरी गर्ने र कसैको घरमा काम गर्ने बेला भएको करणीबाट विस्नाले गर्भ बोकेकी थिइन् । गर्भ बोकेदेखि हालसम्म विस्नाले कुनै दिन तनाब र पीडामुक्त भएर बस्नु पाएकी छैनन् । ७ वर्षसम्म हुर्काउँदा छोराले संरक्षणको साँटो श्रीमानले उल्टै छोडेर सम्पर्क विहिन बनेका छन् ।

सँगैका साथीहरु विद्यालय भर्ना छन् । नियमित विद्यालय जान्छन् । परपुरुषसँगको संगतले जन्मेको कान्छो छोरासँगैका कोही त २ कक्षामा पुगिसकेका छन् । तर समिर नेपाली सनाम परिर्वतन) आमासँगै बाउली खोलाको किनारमा भेटिन्छन् । विस्नासँग अवैध सम्बन्धबाट जन्मिएको समिर सहीत ५ सन्तानको पालन पोषण गर्नु पर्ने बाध्यता छ । 

गाउँबाट उनी निकालिए जस्तै छन् । घरमा जाँदा हरेक प्रकारको पीडा र तनाब दिन्छन् । बस्ने वातावरण नै छ्रन् । ज्यान मार्ने धम्की देखि अन्य आरोप लाञ्छनाका ओइरो नै सहनु पर्ने बाध्यता विस्नासँग छ । पाँच वर्षदेखि उनी बडीमालिका नगरपालिकाको मार्तडीमा बस्दै आएकी छन् । कहिल्यै कुनै घर कहिल्यै कसैको गोठ त कहिल्यै बाउली खोलाको किनार आमा सहीत ५ सन्तानको घर जस्तै बनेको छ । 

६ जना पाल्नु पर्ने, त्यो पनि गिट्टी कुटेरै विस्नालाई कम्ता तनाब छैन् । अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि श्रीमानले पनि छोडेका छन् । हालसम्म श्रीमान सम्पर्कमा नभएको र छोराछोरीका लागि कुनै सहयोग नगरेको विस्नाको गुनासो छ । गल्ती मेरो भयो, मलाई छोडेपनि आफ्ना सन्तानलाई जिम्मा लिनु पर्नेमा उल्टै अर्कीसँग घरजम गरेको खबर विस्नाले सुनाइन् ।

अदालत पुगिन् । पाँच वर्षदेखि मुद्दा लडिरहेकी छन् । विस्नाले आरोप लगाएका गोकुल देउवाले अस्वीकार गर्दै आएका छन् । जिल्ला अदालत बाजुराले पनि डिएनए परिक्षणबाट देउवा र बालक समिरको रगत समूह नै नमिलेको भन्दै आरोप झुटो सावित गरिदिएको छ । आमा स्वयम साक्षी हुँदा हुदैपनि डिएन ए नमिल्नु, जालझेल र षड्यन्त्र भएको भन्दै विस्नाले उच्च अदालत जाने निर्णय गरिएकी छन् । 

उनले नाता प्रमाणित गराइदिन अदालतमा उजुरी दिएकी थिइन् । लामो समय अदालतको दौडधुपछि उनले मुद्दा हार्नु पर्यो । विस्नाले देउवासँगै शारिरीक सम्बन्ध भएको र गर्भ बसेको निर्धक्क भन्ने गरेकी छन् । बीचमा गरिएका सहयोग, गर्भपतन गराउन गरिएको दौडधुप, जिम्मा लिने र उजुर नगर्न भनिएको धम्की अदालतको आदेशबाट सबै अप्रमाणित भएकोमा उनी आफै अचम्मीत छन् ।

    जन्मदर्ता पाउनु हरेक बालबालिकाको अधिकार हो । जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराउनु पर्ने प्रावधान छ । विद्यालय भर्ना र राज्यका अन्य सुविधा जन्मदर्ता विना दिनै मिल्दैन् । समिरले स्वास्थ्य संस्थामा गराएको जन्म दर्तामा आमा विस्ना विक र बुबा प्रकाश विकको नाममा स्वास्थ्य कार्डमा नाम उल्लेख गरिएपनि बाबु प्रकाशले त्यो स्वीकार्ने अवस्था नै छैन् । 

शिक्षा पाउनु, समयमै विद्यालय भर्ना हुन पाउनु नैसर्गिक अधिकार हो । तर समिरका लागि त्यो नारामै सीमित बनेको छ । विस्नाका अन्य चार सन्तान पनि आर्थिक अभावको चरम संकटमा छन् । संविधानले दिएको हक समेत समिरले उपयोग गर्न नपाएको र बाबु विनाको बालकको उपमा पाउन बाध्य छ । आमाले आरोपीतकै बच्चा भएको दाबी गर्ने गरेकी छन् ।  

काम गर्दै जाँदा हाँस बोल भयो, जे पर्छ म बेहोर्छु पनि भन्यो, दुबैको सहमतिमा शारिरीक सम्बन्ध पनि भयो । त्यो बेला सम्म सब ठिक थियो, सहयोग लिने दिने, घर आउने जाने हुन्थ्यो जब गर्भ बसेको थाह पाएपछि ती व्यक्ति टाढिन थाले गर्भपतनको दबाब दिन थाले । मैले पनि भनेको कुरा स्वीकार गर्दै भारत पुँगे, धनगढी पुगेँ तर केही गरेपनि गर्भपतन गराउन सकिएन्, अन्ततः बच्च जन्मियो । 

त्यो बेला पनि ३० हजार बढी रकम दियो, अहिले आएर अदालतले पनि उसकै नाममा फैसला गरिदियो, म स्वयम प्रमाणित गर्ने हुँदा हुदै होइन भनेर दाबी गरिरहेको विषयलाई विस्नाले स्वीकार्न र सहन सकेकी छैनन् । आर्थिक अवस्था कमजोर छ । गिट्टी कुटेकै रकम जम्मा गरेरपनि उच्च अदालत पुग्ने आक्रोश विस्नासँग छ । 

एकातिर पढाइको वञ्चित अर्कोतिर राज्यको सुविधा नपाउनु र सिंगो जीवन बर्बाद पार्ने कुरा सहेर बस्न नसकिने र छोरो ठुलो भएर आफै हक खोज्ने साहस विस्नाले पालिबसेकी छन् । बाउली खोलामा गिट्टी कुट्ने कामदारसँगै भेटिनु पर्ने, बुबा विनाको छोराको परिचय पाउनु पर्ने यो भन्दा अन्याय अर्को के हो ? विस्नाको प्रश्न छ । ४ वर्षमा बाल विकास केन्द्र भर्ना हुनु पर्ने बालक गिट्टी कुटिरहेको अवस्थामा भेटिनु पर्ने दृश्य राज्यले पनि देखेर नदेखे जस्तै गरेको छ । 

समिर सहीत अन्य चार सन्तान पनि कहिल्यै भोकै, कहिल्यै आधी पेट खाएर बस्न बाध्य छन् । विद्यालय जान्छन्, तर नियमित जान पाउदैनन् । कहिल्यै खाना समयमा बन्दैन, कहिलै कापी किताबको अभाव हुन्छ, पीडा सहनकै लागि बाँचे जस्तो भएको दुख विस्नाले सुनाउने गरेकी छन् ।

जब विस्नाले करणीबाट गर्भ बोकीन, त्यही २०७२ सालबाट पीडा सहदै आएकी छन् । पुरुषहरु मोज लिन्छन्, महिलाले बोध बोक्नु पर्ने बाध्यता कहिलेसम्म होला, मैले २०७२ पुस २२ गते शनिबारको दिन देखि नै पीडा सहनु परेको दुख विस्नाले सुनाउने गरेकी छन् । शनिबारको दिन सेरा बजारबाट भारी बोकेर बाटोमा पर्ने पीपलको रूखमा भारी विसाई धारामा पानी खान जानेबेला रक्सी सेवन गरेर आएका देउवाले करणी गरेको आरोप विस्नाको छ । 

विस्नालाई गर्भ बोकेको मात्रै आरोप र पीडा छैन् । दलित भएकै कारण सहनु परेको अपमान र अन्यायले मन जलिरहेको देखिन्छ । ‘तँ सँग जातै मिल्दैन्, कसरी विहे गर्नु, कसरी श्रीमति स्वीकार भनेर अहिले यस्तो अवस्थामा अलपत्र पारे । सुरुमा शरिरको मोज लिन म न दलित भएँ, न तल्लो जातकी भएँ, समाजपनि कत्ति अन्यायी छ । मान्छे भएर पनि मान्छेको जस्तो जीवन बाँच्न नपाउनु रुदै विस्नाले पीडा पोखिन् ।’

वडा कार्यालयमा देउवाको नाममा जन्मदर्ता गनाउन संभव छैन् । अदालतले पनि डिएनए परिक्षण नमिलेको प्रमाणित सहीत मुद्दा पीडक भनिएका देउवाको पक्षमा फैसला गरेको छ । अब विस्नाले उच्च अदालत जानु र न्यायका लागि थप आधार पेश गर्नु बाहेक कुनै उपाय नभएको अधिवक्ता तुलाराम जैशीले बताएका छन् ।

जैशीका अनुसार अदालतले फैसला गरेको, डिएनए परिक्षण नमिलेको अवस्थामा कसैव्यक्तिको नाम दाबी गर्नु र आरोप लगाउनु पनि अन्याय हुने बताएका छन् । आरोपित देउवा बुढीगंगा नगरपालिका ३ को कार्यालयमा कार्यरत कर्मचारी हुन् । देउवालाई कानुनको भाषामा अब ओरोपित पनि भन्न नमिल्ने र पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद नभएसम्म दोस्रो श्रीमान हुनै नसक्ने अधिवक्ता जैशीको तर्क छ ।

स्वास्थ्य संस्थाको जन्म रजिष्टरमा २०७३ असोज २६ गते जन्मिएको बच्चा विस्ना विक र प्रकाश विकको भएको उल्लेख गरिएको छ । एक्लै न्यायका लागि लड्दा हार्नु परेको, आर्थिक कमजोरी, जातीय दमन र पहुँच प्रभावमा आफ्नो मान्छे नहुँदा भएको कुरा पनि अप्रमाणित भएको स्वीकार्नु परेको विस्नाको बुझाइ छ ।

२०७३ सालको घटना कानुनी हदम्याद सकिएपछि दर्ता गरिएको पाइएको छ । दर्ता गर्नु पर्ने हदम्याद भन्दा निकै ढिलो गरि मुद्दा दर्ता भएको र डिएनएले झुटो सावित गरेपछि विस्नाले न्यायका लागि गरिएको अन्तिम पिल पनि असफल भएको छ । 

स्वयम मेरो शरिरमा व्यक्ति तोकेरै मोज गरेको र गर्भ बसेको साक्षी बयान दिँदा पनि अदालतबाट हार्नु पर्दा विस्नाले मुद्दा मात्रै हारेकी छैनन्, श्रीमान, सामाजिक सम्मान र इज्जत सबै गुमाएकी छन् । 

विचल्ली अवस्थामा रहेका सन्तानको भविष्य राम्रो बनाउने सपना बोकेकी विस्नालाई गिट्टी कुटेर बालबच्चा पालन पोषण गर्नु बाहेक अर्को विकल्प छैन् । त्योपनि काम पाएसम्म र शक्ति सामथ्र्यले साथ दिएसम्म मात्रै हो । उनले आफू र आफ्ना सन्तानको भविष्य बारे सोचिदिन पनि सबैसामु अपिल गर्ने गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस