आइतबार, ३० बैशाख २०८१

नवजीवनले भन्यो–ऋण नतिर्नेहरुले नै सहकारीको बद्नाम गराउन खोजे

स्वार्थी व्यक्तिहरुको गलत प्रचारको भ्रममा नपर्न शेयर सदस्यलाई अपिल

बाजुरा : नवजीवन बहुउदेश्यीय सहकारी संस्थाले लिएको ऋण नतिर्नेहरुले नै संस्थाको बद्नाम गराउन खोजेको बताएको छ । सहकारीले विज्ञप्ती जारी गर्दै ऋण लिने, व्याज र साँवा दुबै नतिर्ने केहि व्यक्तिहरुका कारण संस्थालाई गलत प्रचार गर्न खोजिएपनि भ्रममा नपर्ने अपिल गरेको छ ।

सहकारीका शेयर सदस्य सुरेन्द्र नाथ, सन्तोष नाथ लगायतका केही सेयर व्यक्तिहरुले संस्था खारेजीको माग सहीत संस्थाका अध्यक्ष महेश शाहीका विरुद्ध उजुरी दिएका थिए । राष्ट्रिय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा निवेदन परेपछि सञ्चार माध्यमले समाचार लेखेका थिए । 

विना प्रमाण, आवेश र रिसका आधारमा उजुरी हालिएको र सञ्चार माध्यमको प्रयोग गरेर सामाजिक सञ्जाल मार्फत संस्था र संस्थाका जिम्मेवार व्यक्तिको सार्वजनिक रुपमा बद्नाम गराउने षड्यन्त्र सहीत दिएको उजुरीको विज्ञप्ती मार्फत विरोध गरेको छ । सुदूरसंसार नामक अनलाइन मार्फत प्रकाशित समाचारले एकपक्षिय र तथ्यहिन समाचार लेखेको आरोप सहकारीले लगाएको छ । 

वास्तविकता नबुझेर ऋणी सन्तोष नाथ र सुरेन्द्र नाथले संस्थाका विरुद्ध गरेको षड्यन्त्र र गलत प्रचारलाई स्थान दिएर प्रकाशित समाचारको भ्रममा कोही नपर्न पनि विज्ञप्तीमा भनिएको छ । शेयर सदस्यहरुहरुले असार १३ गते उजुरी दिएको निवेदन छ । 

उजुरीमा स्थापना कालदेखि नै सस्थामा एकल नेतृत्व हाबी भएको मनोमानी रकम असुली गरेको, बचत रकम नदिएको, अध्यक्षले तलब सुविधा लिने गरेको, नजिकका आफन्तलाई किर्ते निर्णय सहीत ऋण लगानी गरेको जस्ता आरोप लगाएको छ । प्रदेश सरकारबाट आएको अनुदान समेत हिनामिना गरेको आरोप सहीत उजुरीमा उल्लेख छ । 

तर संस्थाले विज्ञप्ती जारी गर्दै त्यो सबै गलत र कपोकल्पीत र ऋण नतिरी, विना पैसाको चेक दिनेहरुले अनावश्यक हल्ला चलाएको प्रष्ट पारेको छ । १८ बुँदाको उजुरी पत्रमा हस्ताक्षर गर्नेहरु नै लिएको ऋण नतिर्नेहरु नै भएकोले संस्थाले गलत व्यक्तिको संरक्षण नगर्ने बताएको छ । 

सहकारीले २०७७ सालमा घर निर्माणका लागि १० लाख ऋण लिएका सन्तोष नाथले हालसम्म हालसम्म साँवा व्याज गरि १३ लाख ७४ हजार ८ सय २० रुपैया ६५ पैसा बुझाउन बाँकी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै व्यापारी सुरेन्द्र नाथले २०७८ कात्र्तिक ७ गते ६ लाख ऋण लिएको र २०७९ फागुन २९ गते ग्लोबल आईएमी बैंकको बल्याङ्क चेक दिएको बताइएको छ । ३ पटक चेक वाउन्स भएपछि सहकारीले २०८० असार १२ गते कालोसूचीमा हाल्ने निर्णय पछि आटीचौरका केही शेयर सदस्य लिएर प्रशासनमा चेक फिर्ताको माग सहीत उजुरी दिन गएको विषय विज्ञप्तीमा उल्लेख छ ।

त्यसैबेला राती कर्मचारीलाई ४ मिनेट ३ सेकेण्ड फोन गरि धम्की दिएको, पूर्व भूमि सुधार सहायक मन्त्री जनकराज गिरीलाई फोन गर्न लगाएर चेक कालो सूचीमा हालौला, १८ दिन समय दिनु पर्यो भन्न लगाएपनि ३० गतेपनि पैसा नतिरेको विषय विज्ञप्तीमा लेखिएको छ । 

मिडियालाई समाचार लेखाउने र सञ्चालक र कर्मचारीलाई थर्काउनेहरु नै खराब ऋण भएकोले उनीहरुले गरिएका गलत प्रचारका पक्षमा सहकारी नभएको र केही तथ्य र प्रमाण भए सार्वजनिक बहसको सहकारीले चुनौति दिएको छ । नवजीवन सहकारीमा हाल हजार बढीको संख्यामा शेयर सदस्य रहेका छन् ।

राम्रो आर्थिक कारोबार गरिरहेको सहकारीले पछिल्लो समयमा खराब ऋणीका कारण चुनौति सामना गर्नु परेको संस्थाले बताएको छ । आम्दानी भएका र केही प्रतिष्ठीत व्यक्तिहरुले नै लिएको ऋण नतिरेको र विरोधपनि तीनीहरुबाटै भएकोमा संस्थाको बुझाई छ ।

No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस