शनिबार, २९ बैशाख २०८१

टीकापुर जग्गा घोटाला प्रकरण : आरजु र रेशममाथि मुद्दा चलाउन डरायो अख्तियार

२०८० माघ २६ गते १८: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पहुँच प्रयोग गरेर कैलालीको टीकापुर बजार क्षेत्रको सरकारी जग्गा हडप्नेहरू माथि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै १२५ कट्ठा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीमा नियुक्त भएका राजनीतिक कार्यकर्ताले विभिन्न मितिमा वितरण गरेका थिए ।

शुक्रबार २६, माघ २०८० ०८:०१

बाजुरामा ७ महिनामा ११ सय ६९ सवारी साधनलाई कारवाही,७ लाख बढी राजश्व संकलन

जिल्लामा सबै भन्दा जीप र मोटर साइकल दुर्घटना हुने गरेका छन् । साँफे मार्तडी सडकमा पर्ने थुवाकाध, दवारी बल्दे र मार्तडी गौमुल सडकको खडिगाड, गलपाटा, मार्तडी कोल्टी सडक खण्डको खडुका र बानेपानी क्षेत्रमा बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ ।

मङ्गलबार ०८, फागुन २०८० ०७:४७

हुम्लाको अदानचुलीका तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव९इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बुधबार १६, फागुन २०८० ०५:५२

बुढीगंगामा मेलमिलाप सहजकर्तालाई पुर्नताजकीय तालिम

तालिममा न्यायीक समितिमा आउने उजुरी र न्यायीक सम्पादन गर्दा कानुनी रुपमा ख्याल गर्नुपर्ने कुराहरुलाई समेत तालिममा जानकारी गराइने भएको छ ।  अधिवक्ता हर्कबहादुर खडायत र तुलाराम जैशीले सहजिकरण गर्ने तालिममा ३० जना सहभागि छन् । ती सबै सहभागिलाई यस अघि पालिकाकै अगुवाईमा कानुनी परामर्श तथा सचेतना बारे ४८ घण्टे तालिम पनि दिएको थियो ।

शुक्रबार १८, फागुन २०८० ०८:१४

बाजुरामा ट्याक्टर दुर्घटना चालक घाइते

कोल्टीबाट मार्तडी आउदै गरेका सु पप्र ०१ ००२ त ५०५५नम्बरको ट्याक्टर अनियन्त्रित भई खडुका भीरबाट खसेर करिव ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिं भण्डारीले जानकारी दिएका छन् ।

शनिबार १९, फागुन २०८० ०७:००

स्वामिकार्तिकले आयोजना गरेको पालिका कप भलिबलको उपाधी केपी ‘बा’ को पोल्टोमा

फाइनल खेलमा पाहुना टोली कालिकोटलाई सोझो सेटमा पाखा लगाउँदै उपाधी हाप पारेको भलिबट टिमका व्यवस्थापक भाष्कर शाहीले जानकारी दिएका छन् । कालिकोटलाई केपी बा स्पोर्टस क्लबले २५–२२, २५–२१ र २५–२३ को सोझो सेटमा पाखा लगाएको हो ।

शनिबार २६, फागुन २०८० ०७:२५

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा बाजुरा ४ सहीत ६ जना पक्राउ

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक–पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्। जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ ।

शनिबार २६, फागुन २०८० ०८:०८

सरकारसँग हिंसा न्युनिकरणको माग गर्दै अनेमसंघ बाजुराले बुझायो ज्ञापनपत्र

ज्ञापनपत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार,बेचबिखन ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा आदिबाट पिडित र कतिपय सन्दर्भमा समाजका संवेदनहिन क्रियाकलापबाट महिला बालिकाहरुले बाँच्न पाउने अधिकारबाट समेत बञ्चित हुनुपरेको उल्लेख गरिएको छ ।

आइतबार २७, फागुन २०८० ०८:१३

अछाममा बाबुले गरे १२ वर्षीया छोरीमाथि बलात्कार

नावालिक छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन् ।

आइतबार २७, फागुन २०८० ०८:२०

चेतन अयडी हत्या आरोपी थप ९ जनालाई पूर्वक्षका लागि थुनामा राख्न आदेश

हत्याको आरोप सहीत २४ जना विरुद्ध उजुरी गरिएको छ । कृरु र विभत्स तरिकाबाट हत्या गरिएको आरोप सहीतको उजुरीमा ६ जनाको यस अघि नै थुनछेक आदेशबाट पूर्वक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेको छ । केहीलाई भने सर्वोच्च अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ ।

बुधबार २१, चैत २०८० ०१:२६

नयाँ वर्षको पहिलै दिन बाजुराको काँडामा जिप दुर्घटना

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिप कुमार गिरीका अनुसार कमल धामीले चलाएको खप्तड छेडेदहको साफेबगरबाट काडातर्फ गैरहेको सुपप्र ००१ ज ००११ नम्बरको जिप दुर्घटनामा परेको हो ।

शनिबार ०१, बैशाख २०८१ ०७:२६

विद्युतीय अपराध कसुरमा बझाङकी रस्मिला काठमाडौंमा पक्राउ

पीडित साइबर ब्युरो ४८ ९नाम परिवर्तन०को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार ०३, बैशाख २०८१ ०२:०३

अछाममा जलेर २ नाबालकको मृत्यु

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परि मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिए ।

सोमबार ०३, बैशाख २०८१ ०२:१७

खैरो हिरोइन सहीत बाजुराको बुढीगंगाका विनोद थापा पक्राउ

बुढीगंगाको फालासैन, बाम्का सहीतका बजार क्षेत्रमा युवाहरु लागुऔषध दुव्र्यशनीमा फसेको गोप्य सूचनाका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको थियो । धनगढी र महेन्द्रनगर भएर भारतबाट खैरो हिरोइन आउने र त्यसको कारोबारमा प्रयोग गर्ने युवाहरु नै देखिएको सूचना अनुसार नै पक्राउ गरिएको प्रहरीको दाबी छ ।

बिहिबार २०, बैशाख २०८१ १२:२४