आइतबार, ३० बैशाख २०८१

डाक्टर कुट्नेलाई कारवाहीको माग गर्दै बाजुरा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

हातमा कालोपट्टी बाँधेर विरोध

बाजुरा : हेटौंडा स्थित सञ्चो अस्पतालका दुई जना चिकित्सकमाथि भएको कुटपीटको बाजुरा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले विरोध गरेका छन् । अस्पतालका तर्फबाट विज्ञप्ती जारी गर्दै सम्पूर्ण कर्मचारीले घटनाको विरोध सहीत दोषी माथि कारवाही गर्न माग गरेका छन् । 

स्वास्थ्य कर्मीले हातमा कालो पट्टी बाँधेर घटनाको विरोध गरेका छन् । भोली जुनसुकै व्यक्ति र स्वास्थ्य संस्था माथि यस्ता घटना हुन सक्ने भन्दै कुटपीटमा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरिएको अस्पतालमा डाक्टर चेतबहादुर धामीले बताएका छन् । 

स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा गरिएको अमानवीय व्यवाहारको धोर भत्र्सना गर्दै कानुनी कारवाही गर्न माग गरेका छन् । स्वास्थ्य कर्मीको ज्यान सुरक्षा र काममा स्वतन्त्रताको माग गरिएको छ । सञ्चो अस्पतालमा कार्यरत अन्य कर्मचारी माथि पनि आक्रमण हुन सक्ने भएकोले सुरक्षाको प्रत्याभूति गरिनु पर्ने माग गरिएको छ ।

घटनामा संलग्न व्यक्तिहरु विरुद्ध नेपाल चिकित्सक संघले प्रहरीमा उजुरी समेत दिएको छ । घटना सार्वजनिक भए लगत्तै प्रधानमन्त्रीले गृह मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएपछि बिहीबार दिउँसो प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरिसकेको छ ।

कुटपिटबाट घाइते भएका डाक्टर विकास थापा उपचारका लागि काठमाडौंमा छन् । थापाको मुखको हड्डी भाँच्चिएको छ । भने अर्का डाक्टर प्रशान्त विडारीको अनुहार चोट लागेको छ ।

गत साउन २२ गते हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको हेटौंडास्थित सञ्चो अस्पतालमा उपचार गरिएको र पछि अस्पतालले भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरेको तीन दिनपछि बिरामीको मृत्यु भएको थियो ।

अस्पतालका अनुसार बिरामीलाई साउन २२ गते दिउँसो अस्पताल ल्याइएको थियो। डेंगीबाट ग्रसित उनमा निमोनियाको समस्या देखिएको थियो । एचडियूमा राखेको एक दिन पनि नभई बिरामीको अवस्था थप जटिल देखिएपछि आफूहरूले भोलिपल्टै चितवन मेडिकल कलेजमा रेफर गरेको र त्यहाँ तीन दिनपछि बिरामीको मृत्यु भएको थियो ।

बिरामीको मृत्यु भएको भोलिपल्ट पनि परिवार र आफन्त सदस्यहरू सञ्चो अस्पतालमा आएको र अस्पतालले बिरामीको मृत्यु हुनु अघिको अवस्थाबारे बताएका थिए । एक महिनापछि बुधबार बिहान परिवारका सदस्यसहित एक हुल मानिस उपचारमा संलग्न चिकित्सकमाथि आक्रमणमा उत्रिएका हुन् । डाक्टर माथि २०–२५ जनाको हुल आएर आक्रमण गरेको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस