शनिबार, २९ बैशाख २०८१

बाजुराका सांसद बद्री पाण्डे र दयाल शाही खोज्दै स्वतन्त्र युवाहरुको माइतीघरमा प्रर्दशन

काठमाडौं : बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डला काठमाडौंमा सांसद र सरकार खोज्दै प्रर्दशन गरेका छन् । जिल्लाको समस्या र सवालमा सांसदहरुको चासो र सरोकार नदेखिएपछि बाजुरालाई माया गर्ने स्वतन्त्र युवाहरुले विरोध सहीतको प्रर्दशन गरेका हुन् ।

जहाज नआइ मर्नु पर्ने, आजको युगमा पनि विजुली बत्ती देख्न नपाउनु पर्ने, सडक बाटो अस्तव्यस्त हुनु पर्ने, संभावना भएको जिल्लाले अरुलाई समस्या मात्रै सुनाउनु पर्ने अवस्थाको अन्त्यको माग सहीत प्रर्दशन गरिएको हो । काठमाडौंमा अध्ययन गरिरहेका युवाहरुले हातमा प्लेकार्ड सहीत विरोध प्रर्दशन गरेका छन् ।  

युवा नेता हेमराज थापाको अगुवाईमा विरोध प्रर्दशन गरिएको हो । सरकार र सांसदको ध्यानाकर्षण गराउन बाध्य भएर आफ्नै जिल्लाका सांसद र वर्तमान सरकारका विरुद्धमा सडकमा आउनु परेको हेमराज थापाले बताएका छन् । 

उनीहरुले बाजुराका समस्या र सवाल लेखिएका प्यलेकार्ड हातमा राखेर विरोध गरेका हुन् । बाजुराबाट प्रतिनिधी सभामा प्रत्यक्ष तर्फ बद्री पाण्डे र समानुपातिक तर्फ दयाल शाहीले प्रतिनिधित्व गर्ने गरेका छन् ।

बाजुरा र बाजुरीली समाजका समस्या सुन्ने अवस्थामा वर्तमान सरकार र सांसद नदेखिएपछि खोजी गर्न देशको राजधानीमा विरोध प्रर्दशन गर्नु परेको युवाहरुको भनाई छ । २ जना सांसद भएर पनि सदनमा बाजुराका समस्या बारे उठ्दैनन्, सरकार आफ्नो तरिकाबाट बाजुराका समस्या प्रति जिम्मेवार देखिदैन्, दुबैको खबरदारीका लागि प्रर्दशन गरिएको दाबी युवाहरुको छ । 

प्रतिनिधी सभाको प्रत्यक्षमा जितेका सांसद बद्री पाण्डेका गृह पालिकाका ५ सय बढी परिवारले अझै विजुली देख्न नपाएको अवस्था छ । पाण्डे र शाहीको गृह पालिकासँग जोडिएको कोल्टी विमान स्थलमा नियमित जहाजको उडान गराउने वातावरण नगर्दा विरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा सांसद नबोलेको देख्दा खोजी गर्न विरोध प्रदर्शन गरिएको युवा नेता हेमराज थापाको भनाई छ ।

बहिरो सरकार, बोल्न नसक्ने सांसदलाई सचेत र जिम्मेवार बनाउनु पर्ने जिम्मेवारी नै युवाको काँधमा आएपछि बाध्य भएर सडक आन्दोलन र प्रर्दशन गरिएको युवाहरुको भनाई छ । लामो समय सामाजिक र राजनीतिक विषयमा विरोधमा उत्रिने हेमराज थापाको टिमले यो पटक आफ्नै गृह जिल्लाको समस्या सुनाउनु विरोध प्रर्दशन थालेका हुन् ।

No description available.No description available.

प्रतिक्रिया दिनुहोस