शनिबार, २९ बैशाख २०८१

सुन तस्करीको शिरदेखि पुच्छर अनि टुप्पीदेखि पैतालासम्म छानबिन गर्नुपर्ने एमाले नेता गिरीको माग

क्लिन्टलका क्विन्टल सुन तस्करी भइरहँदा तस्करहरुको जालो तोड्ने उपाय र विकल्प सरकारले नसोचेको र जसोतसो केही भरियालाई लगेर थुन्ने, बाँकीलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेकाले उच्चस्तरीय छानबिन समितिको माग उठाएको उहाँले स्पष्ट पारे ।उच्चस्तरीय छानबिन समिति बन्दा मन्त्री, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरु तानिने भएकाले सत्तापक्ष डराइरहेको समेतक गिरीको आरोप रहेको छ ।

मङ्गलबार २३, साउन २०८० ०९:५२

बाजुरामा ४ महिनाको अवधिमा ३ जनामा डेंगू संक्रमण

चिकित्सकहरुका अनुसार डेंगूको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महशुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन्।यि लक्षणहरु देखा परेमा समयमै चेकजाँचका लागी स्वास्थ्य सस्था जान चिकित्सकको सुझाव छ ।

मङ्गलबार २३, साउन २०८० १०:३७

बाढीका कारण ४६३ घरमा क्षति

मङ्गलबार २३, साउन २०८० ०१:१२

नेविसंघको केन्द्रीय समितिमा बाजुराका ६ जना मनोनीत, छनोटमा अन्याय गरेकोमा विरोध

संगठनका सच्चा र इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएर चाकडी गर्ने, नेताहरुको नजिक घुमिरहने र घरालतको राजनीतिसँग नजोडिएकाहरुलाई नै स्थान दिएर गठन गरिएको कमिटी विवादीत बनेको छ । धेरै जनाले सामाजिक सञ्जाल मार्फत एक गुट चलाउन खोजिएको र पकेटका मान्छेहरुलाई भर्ना गरेर नेविसंघको गरिमा नै घटाएको आरोप लगाएका छन् ।

मङ्गलबार २३, साउन २०८० ०१:३८

कांग्रेस बाजुराले थाल्यो पार्टी सुदृढीकरण अभियान

पार्टीलाई बलियो बनाउन,जनताका जनगुनासा सुन्न, विगतमा भएका कमि कमजोरीका बिषयमा समिक्षा गर्नका लागि पार्टी सुदृढीकरण अभियान थालिएको हो । आजबाट सुरु भएको पार्टी सुदृढीकरण अभियान बडीमालिका नगरपालिका वडा न . ८ स्थित अपी होटेलमा एक औपचारिक कार्यक्रम गरि सुरुवात गरिएको छ ।

मङ्गलबार २३, साउन २०८० ०२:५४

बाजुरामा पनि फैलियो आँखा पाक्ने रोगको संक्रमण

गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत विरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । आँखा पाक्ने समस्या भएका बिरामीहरूमा अकस्मात् आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरू देखिन्छन् ।

मङ्गलबार २३, साउन २०८० ०४:१३

बस्तीमा पस्दा सय बढी घर डुबान

बुधबार २४, साउन २०८० ०७:५३

बाजुराको विकासका लागि सक्दो प्रयास गरिरहेको छु ; सहमहामन्त्री पाण्डे

नेता पाण्डेके यस्तो बताएपनी यता जिल्लामा भने उनको कार्यकालको एक वर्ष नबित्दै चर्को आलोचना हुने गरेको छ । संसदमा बाजुराको समस्याका बारेमा आवाज नउठाएको आरोप समेत पाण्डेलाई लगाइएको छ ।  पार्टी राजनीतिको मात्रै बढी चाँसो र चिन्ता देखिएको जिल्लाको विकास,जिल्ला बासिका जनजिविकाका सवालमा पाण्डेको ध्यान केन्द्रित नभएको भन्दै उनको पटकपटक आलोचना हुने गरेको छ । जनताले आफ्ना जनगुनासा सुनाउन खोज्दा समेत फोन नउठाउने गरेको आरोप समेत पाण्डे माथि युवा विद्यार्थीहरुले लगाउदै आएका छन् ।

बुधबार २४, साउन २०८० ११:१६

बाजुरामा सवारी दुर्घटना बढ्दै तीन वर्षको अवधिमा १३ जनाको मृत्यु,

बाजुरामा तीन वर्षको अवधिमा ५६४९ वटा सवारी साधन कारवाहीमा परेका छन् भने ४२७३५०० राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १७१९ सवारी साधन कारबाहिमा परेका छन् भने २०५००० राजश्व संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा २२३८ सवारी साधन कारबाहिमा परेका छन् भने १२८७५०० राजश्व संकलन भएको छ ।यस्तै आर्थिक वर्ष २०७९/८० मा जम्मा १६९२ सवारी साधन कारबहीमा परेका छन् भने ९८१०००. राजश्व संकलन भएको छ ।

बुधबार २४, साउन २०८० ०१:०५

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, २ दिनका लागी बैठक स्थगित

एमालेको अवरोधपछी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाउनु भएको छ । आजको बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए।समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

बुधबार २४, साउन २०८० ०३:२७

व्यापारीले मनोमानी मुल्य वृद्धि गरेकोमा अनेरास्ववियुको विरोध, नियन्त्रण गर्न प्रशासनसँग माग

व्यापारीहरुले बढाएको बस्तुको मुल्य प्रत्यक्ष असर सर्वसाधारण जनता माथी परेको भन्दै तत्काल रोक्न आग्रह ज्ञापन पत्र मार्फत गरिएको छ । बजारको मुल्य वृद्धि दर भाउ कायम गर्नुपर्ने, बजारामा बिक्री भैरहेका दैनिक उपभोग्य बस्तुहरुको दर भाउ सुचना पार्टी तास गर्नुपर्ने, समय समयमा सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने माग पनि गरेको छ ।

बुधबार २४, साउन २०८० १०:५४

देशका धेरै स्थानमा आज पनि पानी पर्ने सम्भावना

आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहिबार २५, साउन २०८० ०७:५७

युवा संघ र अनेरास्ववियुले सांसद बद्री पाण्डेको अभिव्यक्ति विरुद्ध देशव्यापी प्रतिकार गर्ने

युवा संघ र अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गरि निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्ने अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । पाण्डेले प्रेस युनियन नेपाल बाजुराले साउन २४ गते मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा चेतनदीप अयडीको मृत्युका सन्र्दभमा निर्दोष व्यक्तिलाई फसाउन खोजेको अभिव्यक्ति दिएका थिए ।

बिहिबार २५, साउन २०८० ११:१३

बाजुरामा १० जनामा डेंगु रोगको संक्रमण, बुढीगंगाका टोलटोलमा सचेतना अभियान

यता टाँटे स्वास्थ्य चौकी, बाह्विस स्वास्थ्य चौकीको ल्यावमा जाँचका लागि आएका विरामी मध्ये ७ जनामा संक्रमण पुष्टी भएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद जैशीेले बताएका छन् । डेंगु देखिएका १० मध्ये ४ जना बालबालिका रहेका छन् । बुधबार मात्रै बुढीगंगा नगरपालिकामा थप २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

बिहिबार २५, साउन २०८० १२:३१

बझाङमा कर्मचारीको शव ६ दिनपछि फेला

बिहिबार २५, साउन २०८० ०६:१६

बुढीगंगामा जेष्ट नागरिक मिलन केन्द्र सञ्चालन

घरमै थन्कीएर बस्नु भन्दा मिलन केन्द्र आउने, तातो चिसो पानीले नुहाउने, आराम गर्ने टेभि हेर्ने, संगीसाथीहरुसँग विगतको समीक्षा गर्ने र जेष्ठ नागरिकसँग भएको ज्ञानलाई नयाँ पुस्ताका लागि उपयोगी बनाउने लक्ष्य सहीत सञ्चालन सूरुवाद गरिएको कामलाई वडा कार्यालयले प्रभावकारी रुपमा सञ्चालन गर्न सके राम्रो हुने जिल्ला समन्वय समिति सदस्य हिक्मत थापाले बताएका छन् ।

बिहिबार २५, साउन २०८० ०८:१४

कालोबजारी बढेको जनगुनासो पछि बडीमालिका नगरपालिकाद्धारा बजार अनुगमन

नगरपालिका भित्रका विभिन्न खाद्यान्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, चाउमिन अजिना, सोयामिन, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यान्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको छ ।

बिहिबार २५, साउन २०८० ०८:१९

सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

प्रदेश सरकारको तथ्याँक अनुसार बिहिवारसम्म प्रदेशका तीन हजार चार सय एक परिवार प्रभावित भएका छन्। एक सय पाँच सय ३७ परिवार विस्थापित भएका  हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ। 
सुदूरपश्चिमका चार सय ९७ घरमा क्षति भएको छ। प्रदेशका १६ वटा घरमा पूर्ण क्षति भएको छ। चार सय ८१ घरहरुमा आंशिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। जम्मा चार सय ९७ घरमा क्षति भएको हो। सुदूरपश्चिममा बाढी, पहिरो र डुबनका कारण नागरिक प्रभावित भएका हुन्।

शुक्रबार २६, साउन २०८० ०९:०७

बाजुरामा व्यापारीको बद्मासी : मनोमानी मूल्य वृद्धि, जबरजस्त कृत्रिम अभाव

बर्षाद लाग्यो की व्यापारीले बाटो समस्यालाई कारण बनाउने र मूल्य वृद्धि गर्ने गरेका छन् । तर यो वर्ष हालसम्म पनि साँफे मार्तडी सडक अवरुद्ध भएको छैन् । नियमित ढुवानीका साधान र अन्य यात्रुबाहक सवारी सधानहरु निर्वाध रुपमा मार्तडी पुग्ने गरेका छन् । कोल्टी क्षेत्र बाहेक जिल्लाको तल्लो क्षेत्रमा अझै सबै जसो ठाउँमा बाटो नियमित जस्तै छन् ।

शुक्रबार २६, साउन २०८० १२:३७

जगन्नाथमा युवा संघले गर्यो युवा प्रशिक्षण भेला, सबै वडामा कमिटी विस्तार

पालिका कमिटीको पूर्णता दिन बैठक सहीत प्रशिक्षण दिइएको छ । युवा संघको विधी विधान र युवा नेतृत्व, विकास र विपदमा युवाको भूमिका र उत्पादनमा युवा सहभागि बारे प्रशिक्षण गरिएको हो ।

शुक्रबार २६, साउन २०८० ०१:४५

युवा संघको बुढीनन्दा नगर कमिटी गठन, अध्यक्षमा नरेन्द्र शाही

अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी रहनु भएको थियो । रेग्मीले युवा संघ सिर्जनशिल, अनुशासीत र गरि खाने हुने पर्ने धारणा राखेका छन् । युवा संघ अरु पार्टीका युवाभन्दा फरक र योग्यतम क्षमताले चिनिनु पर्ने सुझाव दिएका छन् ।

शुक्रबार २६, साउन २०८० ०६:२५