शनिबार, २९ बैशाख २०८१

धार्मिक तीर्थस्थल बुढीनन्दामा जिल्लाबाट पहिलोपटक पुजा सामाग्री सहितको सरकारी टोली जाने

बडीमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोलि जाने भएपनि अहिलेदेखि बुढीनन्दामा पनि पुजा सामाग्री सहितको सरकारी टोलि जाने सर्बपक्षिय बैठकबाट निर्णय भएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।   नगर प्रमुख बोहराको प्रस्थावमा पहिलो पटक पुजा समाग्री सहितका सरीकारी टोलि जानेमा सबै पक्ष सहमत भएका हुन् ।जिल्लाकै एतिहासिक मह्त्व बोकेको प्रशिद्ध धार्मिक स्थल बुढिनन्दालाई आझेलमा राखी बडीमालिकालई मात्रै बढी महत्व दिने गरेको हुँदा आफुले यस्तो प्रस्ताव गरेको नगरप्रमुख बोहराले बताएका छन् ।

सोमबार ०४, भदौ २०८० ०१:२५

प्यारालाइसिसले घरमै थला परेका तुल ल्वारका ६ छोराछोरीको बिचल्ली

त्यसकारण पनि उनी अहिले घरमै उपचार अभावc थला परेर बसिरहेका छन् । उसोत यो उनको रहर होइन, बाध्यता हो । थला परेर बस्नुको अर्को विकल्प छैन । एक दिन ज्याला मजदुरी नगरे चुलोमा आगो नबल्ने उनको परिवारमा उनी आफै बिरामी भएपछि के खाने भन्ने कुराको हाहाकार छ । श्रीमती बरु ल्वार भन्छिन्,“छोराछोरी भोकै राख्नु पनि भएन, बरु आफु त भोकै पनि बस्न सक्थे होला, तर नाबालकहरु भोकै बस्दा कसरी चित्त बुझाउनु ? भएको जग्गा जमीन पनि उपचार गर्नकै लागि बिक्री गरे, अहिले कमाई खाने जग्गा छैन, कमाउने कोही छैनन् , ६ छोराछोरी कसरी पाल्ने कसरी पढाई लेखाई गर्ने, भरुले आफ्नो दुखेसो सुनाइन् ।”

सोमबार ०४, भदौ २०८० ०१:५२

बाजुरामा भरखरै जन्मिएका बेवारिसे एक शिशु झाडीमा फालेको अवस्थामा भेटिए

उनको पहिचान खुलेको छैन । भरखरै जन्मिएको बच्चालाई झाडीमा फालिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको छ । उनि बालक हुन् । अहिले स्थानीय ४२ करिष्मा भडारीको को जिम्मा लगाए उपचारका लागि अछाम् स्थित बयालपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार ०४, भदौ २०८० ०४:१२

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

हिजो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो ।बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताउनुभयो ।

मङ्गलबार ०५, भदौ २०८० ०७:४७

बडीमालिकामा समन्वय नै नगरी निर्माण कार्य थालिएको प्रती सिङ्गो जिल्ला बासिको घोर आपत्ति छ : नगर प्रमुख थापा

“अहिले धर्मशाला निर्माण गरिएको भनिएको  क्षेत्र वडा नम्बर ५ मा पर्छ भने हेलिप्याड निर्माण गरिएको क्षेत्र वडा नम्बर ६ मा पर्छ, यो हाम्रो गौरव हो, हाम्रो पहिचान हो, बाजुरालाई बिश्वभर चिनाउने हाम्रो सम्पदा हो, त्यसकारण यसको संरक्षण सम्र्बद्धन र बिकासमा हामी सबैको दायित्व हो नगर प्रमुख थापाले भने ,”यसमा जिल्ला बासि सबैले सहयोग गर्नुपर्ने पनि नगरप्रमुख थापाले बताएका छन् । सर्वप्रथम उक्त क्षत्रमा निर्माण कार्य थाल्नुको औचित्य बारे  कर्णाली प्रदेशमै पुगेर सम्बन्धित व्यक्ति र निकायबाट जानकारी लिने र छलफल गर्ने उनको भनाई छ ।  आफ्नो कब्जामा लिने उदेश्यले कर्णाली प्रदेश सरकारले उक्त क्षेत्रमा निर्माण कार्य थालेको हो भने कानुनी प्रक्रियामा अगाडि बढ्ने पनि उनले बताए  ।

मङ्गलबार ०५, भदौ २०८० ०७:४१

प्रतिनिधिसभाको बैठक आज बस्दै

बुधबार ०६, भदौ २०८० ०८:०९

बाजुरामा बेवारिसे झाडीमा फालिएको अवस्थामा भेटिएका तीन दिनका शिशुको मृत्यु

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिचान नै  नखुलेका उनको जन्मिएको तिन दिनमै  बुधबार मृत्यु भएको हो । उनि बालक हुन् । उनि सोमवार दिउँसो भेटिएका थिए । भरखरै जन्मिएको बच्चालाई झाडीमा फालिएको थियो । प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको थियो  । त्यहिँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बुधबार ०६, भदौ २०८० ०२:२९

बाजुरामा निरन्तर भारी वर्षा, सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

यो वर्षातमा मात्रै जिल्लाका अधिकाँश ठाँउम बस्तिहरु पहिरोले भासिनुका साथै कयौँ परिवारहरु विस्थापित भएका छन् । बिस्थाजित परिवारहरु अहिले कोही छिमेकीको घरमा त कोही खुला आकाशमुनी पाल टाँगेर बसिरहेका छन् । उनिहरु संग न खाने आहार छ नत सुरक्षित बस्ने स्थान नं छ । तर यसमा राज्का धन भने केन्द्रित हुन सकेको छैन ।  बाजुराका ११६ गाँउ पहिरोकोे उच्च जोखिममा छन् । उक्त ठाँउहरुमा बस्ति बस्न उपयुक्त नहुने भन्दै  बस्ति स्थानान्तरण गर्नुपर्ने समते भनिएको छ । तर बस्ति स्थानान्तरणका लागि हाल सम्म कुनै सुरसार छैन । तीन वटै तहका सरकार बेखबर बनेको गुनासो उच्च जोखिममा रहेका नागरिकको छ ।

बिहिबार ०७, भदौ २०८० ०८:११

बाजुरामा  बेवारिसे  झाडीमा फालिएका शिशुकी आमा प्रहरीको नियन्त्रणमा

सोही नगरपालिका वडा न . ४ की एक अबिवाहित युवती पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिचान नै  नखुली शिशुको भने जन्मिएको तिन दिनमै  बुधबार मृत्यु   भैसकेको छ ।  भरखरै जन्मिएको बच्चालाई झाडीमा फालिएको अवीथामा फेला परेका थिए ।  प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको थियो  ।

बिहिबार ०७, भदौ २०८० ०७:११

धनगढीका एक युवक आफ्नै घरभित्र मृत फेला

शुक्रबार ०८, भदौ २०८० ०९:५२

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

शनिबार ०९, भदौ २०८० १२:५७

बाजुराबाट बडीमालिका दर्शनका लागि पुजा सामाग्री सहितको सरकारी टोली प्रस्थान

जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवम प्रतिनिधि, जन्रतिनिधि सुरक्षा निकायका प्रमुख सहित पुजा सामाग्री सहितको टोलि बिहान करिव साढे सात बजे त्यसतर्फ प्रश्थान भइसकेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् । यस अघि बडीमालिकामा मात्रै पुजा सामाग्री सहितको सरकारी टोली जाने गरेको भएपनि यो वर्ष बुढीनन्दामा पनि पुजा सामाग्री सहितको सरकारी टोलि प्रश्थान  भएको जिल्ला प्रशासन कार्याल बाजुराले जनाएको छ ।

आइतबार १०, भदौ २०८० ०९:३८