शुक्रबार, २८ बैशाख २०८१

गेटामा विश्वविद्यालय सञ्चालन गर्न संघ र प्रदेशस सरकारबीच सहकार्यको प्रस्ताव

धनगढी : कैलाली स्थित गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको नेतृत्व प्रदेश सरकारले लिने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालय सञ्चालनको नेतृत्व प्रदेश सरकार लिन तयार रहेको दाबी गरेका छन् ।   

गेटा विश्वविद्यालय सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना हो । राज्यको ठूलो लगानीमा भव्य संरचना निर्माण भइसकेकोले अस्पताल र मेडिकल विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकारसँग साझेदारी गर्न चाहेको मुख्यमन्त्री शाहले बताएका छन् ।

‘गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको विषय प्रदेश र संघ सरकारको प्राथमिकतामा परेको छ,’ शाहले भने, ‘मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा संघीय सरकारको नीतिमा परेको र प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र प्रदेश सरकार विश्वविद्यालय चलाउन एकमत शाहले जानकारी गराएक छन् ।

वर्तमान सरकार र काँग्रेस नेतृ आर्जु देउवालाई लिएर विरोध भइरहेको थियो । बनेको संरचनामा विश्वविद्यालय सञ्चालन नगर्ने र डडेल्धुरामा सञ्चालनका लागि बजेट विनियोजन गर्ने सरकारको निर्णयको विरोध भइरहेको छ । सुदूरपश्चिम बन्द देखि विरोधका अन्य गतिविधी अझै जारी छन् ।

बिशेष गरि वर्तमान सरकार साझेदार दलका शिर्ष नेताहरुले नीति तथा कार्यक्रममा समेटिएको दशरथ चन्द्र विश्वविद्यालयको नामलाई बजेटमा समावेश नै नगरि हटाएकोमा आपत्ती जनाएका छन् । गेटा मेडिकल विश्वविद्यालय सञ्चालनको सवाल नेकपा एमाले र केही स्वतन्त्र व्यक्तिहरुको मुद्दाका रुपमा स्थापित बनेको छ ।

चौतर्फी विरोध र आलोचना भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले गेटामा निर्मित मेडिकल पूर्वाधारको निरीक्षणको क्रममा प्रदेश सरकार पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न साझेदारीका लागि तयार रहेको धारणा राखेका हुन् ।
गेटामा साउनभित्रै न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन गर्ने तयारी थालिएको छ । सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको र जनशक्ति पुग्ने बित्तिकै ओपिडी सेवा चलाउने तयारी थालिएको छ ।

अहिले अस्पतालका लागि तीन जना विषेशज्ञ डाक्टर मात्र रहेकाले कम्तिमा ८ जना विषेशज्ञ चिकित्सक आउना साथ अस्पताल सञ्चालनमा आउने दाबी गरिएको छ । पहिलो चरणमा एक सय शैयाको न्यूनतम उपचार सेवाको अस्पताल चलाउने तयारी गरिएको छ ।

गेटामा विश्वविद्यालय सञ्चालनका विषयमा कुनै द्विविधा र अन्यौल नरहेको मुख्यमन्त्री शाहले बताएका छन् । अस्पताल र विश्वविद्यालय चलाउन संघीय सरकारले सहयोग गर्न र  निर्णय गर्न विलम्ब गरे सुदूरपश्चिम सरकार  नेतृत्व लिन समेत  तयार रहेको मुख्यमन्त्री शाहले बताएका छन् ।

मुख्यमन्त्री शाह नेतृत्वको टोलीले विश्वविद्यालयका लागि बनेको संरचनाको अवलोकन समेत गरेका छन् । ‘संघीय सरकार विश्वविद्यालय चलाउन स्पष्ट छ। प्रदेश सरकार पनि विश्वविद्यालय र अस्पताल चलाउनुपर्ने कुरामा संघ सरकारसँग सहकार्य गर्न तयार छ भन्नेमा आशंका नगर्न मुख्य मन्त्री शाहले आग्रह समेत गरेका छन् ।

अस्पतालमा भएको प्रगति अवलोकन गर्न तथा प्रदेश सरकारबाट कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनेर मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपटबहादुर साउँद, उद्योग, पर्यटन वन था वातावरण राज्यमन्त्री गीतादेवी माल, प्रदेश सभा सदस्य, प्रकाशबहादुर बम, तुलसी देवकोटा र जानकी कुँवरको टोलीले गेटामा निर्माण भएका मेडिकल पूर्वाधारको अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस