शनिबार, २९ बैशाख २०८१

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर १७ जना नेपाली बेपत्ता

केदारनाथ जाने मार्गमा गएको पहिरोमा परी हालसम्म १७ जना नेपाली नागरिक बेपत्ता भएका विवरण प्राप्त भएको छ। तर नेपाल सरकारले भने त्यसबारे आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। पहिरोमा पुरिएर हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। बेपत्ता १९ जनाको खोजी कार्य जारी रहेको बताइएको छ।भारी वर्षासँगै केदारनाथ जाने बाटोको धेरै ठाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारी वर्षाका कारण उद्धार कार्यमा पनि कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।

शुक्रबार १९, साउन २०८० ०८:११

बुढीगंगाले दियो महिला कृषक समुहलाई बिउ भण्डारण झोला

समुहका २४ जना महिलालाई बिउ भण्डारणका लागि उक्त व्याग वितरण गरेको नगर उपप्रमुख माया कुवँरले जानकारी दिएकी छन् । गहु, मकै तथा धानको बिउ भण्डारण गर्न सहयोग पुर्याउन समूहका सदस्यहरुलाई अनुदानमा व्याग सहयोग गरिएको हो ।

शुक्रबार १९, साउन २०८० ०८:१५

खप्तड छेडेदह गाउँपालिकाका समस्या सुनाउन उपाध्यक्ष नाथको मन्त्रालयमा दौडधुप

उपाध्यक्ष नाथले पालिकाको बर्षौदेखिको प्रमुख समस्याका रुपमा रहेको गुइवन, हातेलेख  र खातीगाउँको पहिरोलाई पहिलो प्राथमिकतामा राखेर दौडधुप गरिरहेकी छन् । गूइवन बासीले २०५० साल देखि नै पहिरोको जोखिम मोल्दै आएका छन् । पालिकाको ४ र ७ नम्बर वडाका करिब डेढ सय बढी परिवार पहिरोबाट प्रत्यक्ष पीडित छन् ।

शुक्रबार १९, साउन २०८० ०८:१७

करेन्ट लागेर एक महिलाको मृत्यु

शनिबार २०, साउन २०८० ०९:२९

शल्यक्रिया सेवा सञ्चालन पछि विरामीको रोजाइमा बाजुरा जिल्ला अस्पताल

डाक्टर नबस्ने, उपचार सेवामा विश्वस्त हुन नसकिने र सामान्य चेकजाँच बाहेक अर्को सुविधा नपाइने आरोप सहन बाध्य बाजुरा जिल्ला अस्पताल केही वर्षयता धेरै फेरिएको छ । अति जोखिम र जटिल प्रकृतिको विरामीलाई बाहेक अन्य उपचार सेवा बाजुरा जिल्ला अस्पतालमै उपलब्ध भइरहेको कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् ।

शनिबार २०, साउन २०८० १२:४५

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएका १६ जना नेपालीको खोजी जारी

रोजगारीको सिलसिलामा भारतस्थित उत्तराखण्डको गौरीकुण्डनजिक पुगेका १६ नेपाली बेपत्ता भएको घटनास्थलका स्थानीयवासीलाई उदृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ ।राति बास बसेको होटल नै पहिरोले बगाएपछि जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी २ र ३ का ४ र कालीकोटका ५ सहित १६ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । बेपत्ता भएकामध्ये ११ नेपालीको पहिचान खुलेको छ ।

शनिबार २०, साउन २०८० ०२:२६

पहिरोले छेडेदह गाँउपालिकाका बिभिन्न ठाँउमा क्षती, स्थानीयलाई विस्थापितको जोखिम

वडा न. २  पिपल गाउँका स्थानीय बिरे कुँवर प्रदेशी कुमाल, प्रेम कुमाल, अर्जुन लुवार, लगायतको घर माथिबाट आएको पहिरोका कारण उच्च जोखिममा रहेको स्थानीय बिर्जन थापाले जानकारी दिएका छन् । बेतालमाण्डौ देखी खप्तड छेडेदह गाउँपालिको केन्द्र जोड्ने सडकखण्ड अवरुद्ध भएको छ ।सडक अवरुद्ध हुदा खप्तड छेडेदह गाउपालिकाका स्थानियलाई आवतजावतमा समस्या भएको छ ।वडा न। ३ र ४ का करिव ४५० बडी घर परिवारले उपभोग गर्दै आएको बार्जुगाड जलविद्युतको नहर पनि ठाँउ ठाँउमा भत्किएको बताइएको छ । केही समय अगाडी मात्रै सञ्चानमा आएको बिद्युत पुनः अवरुद्ध भएको छ । स्थानीय अध्यारोमा बस्न बाध्य छन् ।

शनिबार २०, साउन २०८० ०३:२३

सुदूरपश्चिममा आँखा पाक्ने रोगको प्रकोप फैलियोे,

आँखा पाक्ने समस्या समान्यतया ५ देखि ७ दिनमा निको हुने भए पनि ब्याक्टेरियाको समेत संक्रमण भए आँखामा गम्भीर समस्या आउन सक्ने चिकित्सकको चेतावनी छ। आँखा पाक्ने समस्या आए सावधानी अपनाउन गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले आग्रह गरेका छन्। साथै चिकित्सकको सल्लाहबिना जथाभावी औषधको प्रयोग नगर्न समेत चिकित्सकले सुझाएका छन्।

शनिबार २०, साउन २०८० ०७:०३

कैलालीमा श्रीमती छोड्न चार सय पुरुषले दिए अदालतमा निवेदन

कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अधिकारीहरु बताउँछन् ।

शनिबार २०, साउन २०८० ०७:३८

पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु,

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

आइतबार २१, साउन २०८० ०९:०४

आर्थिक अभावका कारण उपचार नपाएर अस्पतालको शैयामै अस्ताए बाजुराका २४ वर्षिया जैशी

मृतक जैशीका आफन्त मदन जैशी तुफानका अनुसार मृतक राम प्रशाद जैशीले १५ बर्ष पहिले बुवा गुमाएका थिए । बुवाको मृत्यसपछि उनको परिवारको बिचल्लि भएको थियो ।  जैशी १० बर्ष देखि मृगौलाको बिरामि थिए । उनलाई ८ वर्ष पहिला उपचारका लागी सुरुमा धनगढी लगिएको थियो । धनगढीमा उपचार सम्भव नभएपछी उनलाई उपचारकै लागी काठमान्डौँ लगिएको आपन्तले बताएका छन् । उपचारका क्रममा ज्यान गुमाएका मृतक जैशीको हिन्दु परमपरा अनुसार आजै अन्तिम अन्तेष्टी गरिएको पनि पारिवारिक श्रोतले बताएको छ ।

आइतबार २१, साउन २०८० ०२:१५

२३ वर्षदेखि बस्ती नसारिदाँ पहिरोले परदेशी बन्न बाध्य गुइवन बासी

आमाले कुरी बसेको त्यही घर पनि पहिरोमा भासिने दिन पर्खिराखेको छ । न बस्न सुरक्षा, न बाँच्न अन्नपातको ग्यारेन्टी । गाउँ नफर्किएकोमा आमा मतुलाई कुनै गुनासो छैन् । मतुले छोराहरु सानै छदाँ श्रीमान गुमाइन् । पहिरोले भए भरको सबै जमिन बगायो । दुख र कष्टमै उनले आफ्ना ५५ बर्षाद कटाइसकेकी छन् ।

आइतबार २१, साउन २०८० ०२:२३

बाजुराको स्वास्थ्य उपचार सेवा सुधारको माग सहीत हेमराजले बुझाए मन्त्रीलाई ज्ञापन पत्र

दुर्गम जिल्लाका अस्पतलामा आवश्यकता अनुसार स्वास्थ्य कर्मीको दरबन्दी र सुविधायुक्त औजार उपकरण उपलब्ध गराउन माग गरिएको हेमराज थापाले बताएका छन् । बाजुरामा एक राम्रो एम्बुलेन्स समेत छैन्, एक्सरे मेसिनको समेत अभाव हुने अवस्था छ, ती समस्या समाधानको माग सहीत मन्त्रीलाई भेटेर छलफल तथा ज्ञापन पत्र बुझाएको थापाले जानकारी दिएका छन् ।

आइतबार २१, साउन २०८० ०६:१३

बाजुरामा विद्युत नियमित गर्न अनेरास्ववियुको माग, सुधार नगरे आन्दोलन गर्ने चेतावनी

बाजुरामा दुईमहिना यता विद्युत अनियमित छ । एसइइको मौका तथा तथा ग्रेडवृद्धि परीक्षा आउन लागेको र क्याम्पस तहका परीक्षा समेत भइरहेको बेला अनियमित विद्युतले विद्यार्थीको पठन पाठनमा अवरोध गरेकोले तत्काल सुधार गर्न माग गरेको छ । केन्द्रीय प्रसारण लाइन जडान पछि पनि विद्युत नियमित नहुने कुरा कार्यालयको कमजोरी हुनसक्ने भएकोले सुधार्न अनेरास्ववियुले कार्यालय प्रमुख ललित मण्डललाई भटेर आग्रह गरेका छन् ।

आइतबार २१, साउन २०८० ०६:३१

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको नामसमेत यही मुद्दामा जोडिने गरेको छ ।मुद्दा नम्बर २६ ९छुट जग्गा दर्ता० मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ ।

सोमबार २२, साउन २०८० ०९:५१

जिल्ली पहिरोले विद्यार्थीको पढाइ प्रभावित, पहिरोमै रोकिन्छन् विद्यार्थी

पानी परिरहेको दिन अभिभावकले पहिरो आउने डरमा छोरी छोरी विद्यालय नै पठाउदैनन् । उनीहरुलाई पढाइमा प्रत्यक्ष असर परेको छ । कुन बेला ठुलो पहिरो खस्ने हो, र पुरिने हो, भन्ने जोखिम सबैमा हुने गरेको छ । विद्यालय भवन नजिकै बग्ने जिल्ली पहिरोले विद्यालय परिसरलाई समेत क्षति पुर्याउने अवस्था देखिएको छ ।

सोमबार २२, साउन २०८० १०:०४

बाजुरा जिल्ला अदालतमा दर्ता भएका ९६ मध्ये ३२ सम्बन्ध बिच्छेदका मात्रै

एक वर्षको अवधीमा दर्ता भएका ९६ वटा मुद्दा मध्ये ३२ वटा सम्बन्ध बिच्छेदका मात्रै रहेको जिल्ला अदालतको तथ्याकंले देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सरि आएका ४२ बाहेक यो वर्षमात्रै ९६ वटा नयाँ मुद्दा दर्ता भएका छन् । पुराना र नयाँ गरि जम्मा १३८ मुद्दा मध्ये यो वर्षको असार मसान्तसम्म ९२ वटा मुद्दा फछ्यौट गगरिएको छ । ४६ वटा मुद्दा बाँकी छन् ।

सोमबार २२, साउन २०८० ०४:३०

बाजुरामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गर्न सरोकारवाला सहमत

बजेट पालिका स्तरबाट विनियोजन गरिसकिएको र त्यसको कार्यान्वनका लागि थप प्रक्रिया अघि बढाएर सञ्चालन गरिने बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । उपप्रमुख थापाकै अध्यक्षतामा सञ्चालन भएको अन्र्तक्रियामा सहभागिले हिंसा महिला पुरुष, बालबालिका अन्य लिङ्ग भएका सबैलाई हुन सक्ने भएकोले उनीहरुको राहत तथा उद्दार र पुर्नस्थापनाका लागि कोष आवश्यक हुने बताएका छन् ।

सोमबार २२, साउन २०८० ०६:३९

युवाहरुको श्रमदानबाट धुपागाड खोलामा काठेपुल निर्माण

निरन्तरको अबिरल बर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आवतजावतमा समस्या भएको थियो ।काठेपुल निर्माणपछि आवत जावत गर्नका लागि सहज होु भन्ने उदेश्यले काठे पुल निर्माण गरिएको बताइएको छ । निरन्तरको वर्षाका कारण उक्त खोलामा अहिले पानीको बहाव बढ्दै गएको छ । खोलामा पक्की पुल नहुँदा वर्षेनी यो खोला हुँदै आवतजावत गर्ने स्थानीयहरु जोखिम मोलेर खोलामा वारपार गर्दै आएका छन् । वर्षेनी स्थानीयहरु खोलामा पुल नहुँदा त्रासै त्रासमा वारपार गर्न बाध्य छन् । तर स्थानीयको यो बाध्यतामा सरोकारवाला निकायले चाँसो देखाएका छैनन् ।

सोमबार २२, साउन २०८० १०:१०