शनिबार, २९ बैशाख २०८१

मेरुदण्डको हड्डी फुटेका बाजुराका प्रकाशको वीरमा सफल उपचार

काठमाडौं  :  पैसाको अभाव र उपचारको बारेमा जानकारी नहुँदा ढिलो गरी उपचारमा पुगेका बाजुराका २१ वर्षीय प्रकाश कामीको मेरुदण्डको जटिल शल्यक्रियापछि नयाँ जीवन पाएका छन् ।

वीर अस्पतालको न्युरोलोजी विभागको सहयोगले उनको उपचार सफल बनेको हो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । न्युरोलोजी बिभागका प्रमुख डा. राजिव झाको समूहले उनको गत साता शल्यक्रिया गरेको हो ।

मेरुदण्डको साना–साना नसाहरु च्यापिएको र च्यापिएको भाग घाँटीको भित्री भागतिर रहेकोले शल्यक्रिया जटिल प्रकारकोे रहेको विभागका न्युरोेसर्जन डा. राजिव झाले बताए । डा. झाका अनुसार नसा घाँटीको भित्री भागमा फुटेको हड्डी जोड्न र च्यापिएको नशा निकाल्को लागि नाकवाट ल्यापरस्कोपीक  मेशिन नाकको भित्री भागवाट पठाउनु परेको थियो । 

नाकवाट शल्यक्रिया गर्दा जटिलता आएर बिरामीमा संधैको लागि पक्षघात भएर हातखुट्टा दुवै नचल्ने हुन सक्थ्यो । दुई महिना ढिला गरी  शल्यक्रिया गरेको भए नशा पुरै थिचिएर पक्षघात नै हुने सम्भावना थियो । ‘उनको उपचार ढिला भइसकेको थियो, दुइ महिनाभित्र अपे्रशन नभएको भए पुरै हातखुट्टा नचल्ने थियो’ उनले भने ।  

प्रकाश सानै उमेरमा साथीहरुसंग खेल्ने क्रममा लडेका थिए। लड्दा चोट लागेको थियो। तर  दुखेकोे कुरा विस्तारै निको हुँदै गयो । बाहिर देखिने गरी खास चोट देखिएन। तीन वर्षदेखि यता उनमा समस्याहरु बढ्दै गए । हातका औंलाहरु नचल्ने, घाँटीको पछिल्लो भागमा पोल्ने, झमझम गर्ने जस्ता समस्याहरु बढ्दै गयो। यो समस्याको कारण उनको नियमित पढाइ अघि बढ्न सकेन । प्रकाश ओभरसियरको पढाइ पढ्दै थिए ।

समस्या बढ्दै गएपछि प्रकाशका पिता दत्त कामीले स्थानीय स्वास्थ्य चौकी हुँदै आफन्तको सिफारिशमा भारत पु¥याए । उनी पुगेको ठाउँमा न्युरोलोजीकोे बिशिष्ट उपचार थिएन। सामान्य उपचारपछि उनी घर फर्किंए । तर समस्या झनै बढ्दै गयो। यो क्रममा उनी जिल्ला अस्पताल हुँदै क्षेत्रीय अस्पताल धनगढीमा पुगे ।

धनगढी अस्पतालले वीर अस्पताल जानको लागि रेफर गरेपछि गत असारको १७  गते वीर अस्पताल पुगेका थिए । वीरमा भर्ना भएपछि फुटेर बाँगिएको हड्डीलाई सिधा पार्न एक साता ट्रयाकशन स्केल राखियो । त्यसपछि सोमबार पहिलो चरणको शल्यक्रिया गरियो । बिहिबार टाउकोको ट्रयाकसन निकालेर वार्डमा सारियो । अहिले उनको स्वास्थ्यमा सुधार आइसकेको केही दिनमा अस्पतालवाट डिस्चार्ज गर्ने र थप एक साता फिजियोथेरापी पछि मात्र उनी सामान्य हुने डा. झाको भनाइ छ ।

पीता दत्ते कामीको अनुसार वीरमा उपचारमा पुग्दा उनीहरुसंग पैसा थिएन। पैसा नभएपछि क्रण खोज्नको लागि गाउँ फर्किने निधो गरेका थिए । पैसा नभएको कुरा दत्तेले प्रकाशलाई बताएका थिएनन् र अस्पतालका नर्सलाई पनि नभन्न आग्रह गरेका थिए । समयमै अपे्रशन नहुने थाहा पाएपछि प्रकाशले वार्डका नर्सहरुसंग आत्महत्या गर्ने बताए । यो कुरा नर्सले डा. झालाई  सुनाइन् ।

यो कुरा सुनेपछि डा. झाले सम्झाए र छिटो शल्यक्रियाको प्रवन्ध मिलाउने बताए। यो अवधिमा न्युरोलोजी विभागका चिकित्सकहरुले पीता दत्तेलाई विपन्न कार्ड बनाएर १ लाख बराबरको औषधीको मिलाइदिए भने निशुल्क ः शल्यक्रिया गरे। अस्पतालमै रहेको क्रिस्टिना डिस्पेनसरीवाट थप निशुल्क ः औषधी पाए । 

तर घाँटीको शल्यक्रियामा आवश्यक सामाग्री भने अस्पतालको फार्मेसी बाहिर किन्नु परेको थियो। यो सामान किन्नको लागि उनले राजधानीमै रहेका आफन्तसंग क्रण लिएका छन्। छोराको उपचारको लागि बिभिन्न ठाउँमा धाउँदा दत्तैलाई  दुइ÷तीन लाख क्रण लागेको छ।  सुकुम्वासी जग्गामा बस्दै आएका उनको मुख्य पेशा अरुको ज्याला मजदुरी हो । 

यो पेशाको भरमा उनले ८ जना परिवारको खर्च धान्दै आएका छन् । अस्पतालमा चिकित्सकको सहयोगको कारण छोराको उपचार सम्भव भएको उनले स्मरण गरे । ‘ डाक्टरसापले मेरो छोरा बचाइदिनु भयो, म खुशी छु ।’   साभार नागरिक न्यूज 

प्रतिक्रिया दिनुहोस