शनिबार, २९ बैशाख २०८१

हिमालीको युनामा पहिरो, घर बगायो लाखौंको क्षति

बाजुरा : जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ युनामा शुक्रबार  आएको घर माथिबाट पहिराले एक घर पूर्ण रुपमा क्षती पुर्याएको छ । 
सोही गाउँपालिका–३ युनाका दिपलाल बुढाको घर  पहिरोले बगाएर लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्रसिं कठायतले जानकारी दिएका छन् । 

उनले दिएको जानकारी अनुसार शुक्रबार विहान ८ः३० बजे घर माथिबाट पहिरो आएर बुढाको घर सहित घर भित्र भएका अन्नपात,लुगा कपडा बगाएर लाखौंको क्षती पुगेको बताएका छन् । 

बुढाको दुई तले दुई कोठे कच्ची घर बगाएको हो । पहिरोले पुरै घर बगाएपछि तीन जनाको परिवार बास नै बस्ने ठाउँ नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

उनीहरुको सुरक्षित बासका लागि वडाध्यक्षसंग पहल भइरहेको प्रहरी निरिक्षक कठायतको भनाई रहेको छ । पहिरोले मानवीय र पशु चौपायामा कुनै क्षती नभएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस