सोमबार, ३१ बैशाख २०८१

ललिता निवास प्रकरणः थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतका वैतनिक वकिल शङ्कर पौडेलले शुक्रवार यस प्रकरणमा पक्राउ परेका १७ जना आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिए । यस प्रकरणमा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारको ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  ले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो ।

त्यसपछि अहिले पुनः सिआइबीले अनुसन्धान थालेको हो ।

प्रतिक्रिया दिनुहोस