सोमबार, ३१ बैशाख २०८१

युवा संघको बुढीनन्दा नगर कमिटी गठन, अध्यक्षमा नरेन्द्र शाही

अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी रहनु भएको थियो । रेग्मीले युवा संघ सिर्जनशिल, अनुशासीत र गरि खाने हुने पर्ने धारणा राखेका छन् । युवा संघ अरु पार्टीका युवाभन्दा फरक र योग्यतम क्षमताले चिनिनु पर्ने सुझाव दिएका छन् ।

शुक्रबार २६, साउन २०८० ०६:२५

जिल्ला प्रशासन कार्यालय बाजुराले भन्यो, तीनदिन सजक भएर बस्नुस् !

साना तथा ठुला नदिहरुको बहाफ बढ्न सक्ने, दैनिक जनजीवन सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने, केही ठाँउमा भारी वर्षा हुने,भएकोले  जिल्ला बासिलाई सतर्कता अपनाउन अनुरोध गर्दछौँ असतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का द्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

शुक्रबार २६, साउन २०८० ०७:४४

सुदृढीकरण अभियान लिएर काँग्रेस नेताहरु गाउँगाउँमा

नेपाली काँग्रेसले यतिबेला देशव्यापी रुपमा संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको छ । प्रत्येक पालिका पुग्ने, कार्यकर्ता भेट्ने, पार्टी संगठनको अवस्था बारे जानकारी लिने र पार्टी हितका पक्षमा छलफल गर्ने योजना सहीत अभियान लिएर गाउँ गएको नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले बताएका छन् ।

शुक्रबार २६, साउन २०८० ११:३५

देशका अधिकांश स्थानमा लगातार वर्षा

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन पनि महाशाखाको अनुरोध छ। यसैबिच बाजुरामा पनि गयराती देखी निरन्तर भारी वर्षा भइरहेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रवार नै एक सुचना जारी गर्दै सजक रहन जिल्ला बासिलाई आग्रह गरिसकेको छ ।

शनिबार २७, साउन २०८० ०८:०१

सांसद सुनील शर्मा थुनामुक्त

शनिबार २७, साउन २०८० ०८:१०

निर्माणको कामले स्थापित अंगबहादुर ओली

बाजुरा जिल्लाको हकमा ओली अहिलेका सबैभन्दा इमान्दार र जिम्मेवार निर्माण व्यवसायी हुन्, भन्न कुनै हिचकिचाड छैन् र अरु कसैलाई अन्याय पनि हुदैन् । सम्मानीत हुने, समयमै काम सक्ने र गुणस्तरीय काम गरेकोमा थप अनुदान रकम पाउने व्यवसायी पनि ओली नै हुन् ।

शनिबार २७, साउन २०८० १२:३७

बुढीनन्दा नगरपालिकामा युवा दिवसको अवसर पारी बक्तृत्वकला

युवा दिवसकै नारामा आधारित पालिकाको केन्द्र कोल्टीमा वक्तृत्वकला आयोजना गरिएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका भरिका माध्यमिक विद्यालय स्तरीय छात्र छात्रा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दयाराम जोशीले बताएका छन् ।

शनिबार २७, साउन २०८० ०८:५४

बजेडीमा पहिरोको वितण्डा : १३० परिवार विस्थापितको जोखिम, जमिन भासिएसँगै भत्कीन थाले घर

सिंगो बजेटी बस्तीको खेती योग्य जमिन चिरा चिसा परेको छ । बस्ने घर चर्किएका छन् । केहीका भत्किसकेका छन् । एकसाता यता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकामा रेकर्ड पुगेको छ । एउटा सिंगो बस्ती विस्थापित भएर गाउँ छोडेर गएको केही वर्ष थप क्षति बेहोर्नु परेन्, तर विगत केही वर्ष यता कुनै बर्खा बजेडी बासी शान्त मनले रात कटाउन पाएका छैनन् ।

आइतबार २८, साउन २०८० ०१:०२

विपन्न परिवारका विरामीको साहरा बन्यो स्वास्थ्य विमा

अधिकांशले विमा सुविधाकै रकम वापत जिल्ला बाहिरका अस्पतालबाट पनि लाख बराबरको उपचार सेवा लिएको अवस्था छ । आर्थिक भार नहुने, स्वास्थ्य चेकजाँचमा सहज हुने, पैसा तिर्न नपर्ने र तिरेपनि ३५ सय तिरेर वर्षभरि सानोतिनो सबै प्रकारको उपचारका लागि ढुक्क हुने हुँदा विमाप्रतिको आकर्षण बढेको महिला स्वास्थ्य स्वयम सेविका माया खड्काले बताएकी छन् ।

आइतबार २८, साउन २०८० ०४:३०

बुढीगंगामा बाख्रा चराउन गएकी वृद्धाको भीरबाट लडेर मृत्यु

वृद्धा रेग्मी दिनमा बाख्रा चराउन जंगल जाने गरेकी थिइन् । घरमा बुढा बुढी मात्रै भएकोले ती वृद्धालाई बाख्रा चराउन जानु पर्ने बाध्यता नै थियो । बाजुरामा भीरबाट लडेर मृत्युहुने क्रम बढीरहेको छ ।

आइतबार २८, साउन २०८० ०८:३१

‘उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अदालतको के काम’? माओवादी सांसद शाही

सञ्चारकर्मी सँग कुराकानी गर्दै शाहीले उनले भने,  ‘कुनै एउटा घटनाका लागि आयोग बनाउनु उचित होइन । एमालेले भने अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग, विशेष अदालतको के काम ?  ती सबैलाई विघटन गरी सांसदहरूको आयोग बनाएर छानबिन गरौं न त,।’

सोमबार २९, साउन २०८० ०९:०६

प्रतिनिधिसभाको बैठक बस्दै ,

सोमबार २९, साउन २०८० ०९:१९

अनेरास्ववियुको बाजुरा काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व चयन

अनेरास्ववियुका महासचिव नरेश रोकायाले नयाँ कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अध्ययनको शिलशिलामा बाजुराबाट काठमाडौं पुगेका विद्यार्थीहरुको शैक्षिक सहकार्यको संस्थाका रुपमा अनेरास्ववियुको भूमिका रहनु पर्ने सुझाव अनेरास्ववियुका महासचिव नरेश रोकायाले दिएका छन् ।

सोमबार २९, साउन २०८० ०५:०४

सिंचाइ कार्यालय बाजुरामा भेटिदैनन् कर्मचारी, सेवाग्राही मर्कामा

सिंचाइ कार्यालयका कर्मचारी सरकारी विदा सुविधा बाहेक विभिन्न काम र बाहना मिलाएर लामो समय कार्यालय बाहिर बस्ने गरेको आरोप छ । सिंचाइका कर्मचारीको त्यो रोग जस्तै हो । हाकीम साबहरु विदामा हुनुहुन्छ, अहिले काम पनि नहुने भएकोले आफूहरु मात्रै आउने गरेको कार्यालय सहयोगी सर्जन बुढाले बताएका छन् ।

सोमबार २९, साउन २०८० ०६:४९

बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता

प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो । प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ ।

सोमबार २९, साउन २०८० ०७:५९

मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्।गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

मङ्गलबार ३०, साउन २०८० ०८:४४

उमादेबी खनालको तिज गीत मेरीत पियारी सिम्पल बरीलै सार्बजनिक(भिडियो सहित)

स्मृति तिमल्सिना (गुरुआमा)को निर्देशनमा तयार पारिएको भिडिओमा तेजस रेग्मी र बबिता धिमालको दमदार नृत्य देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन रहेको उक्त भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् । उमादेबी खनालकै लय तथा शब्दमा रहेको उक्त गीतलाई उमादेबी खनालकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत सार्वजनीक गरिएको हो ।

मङ्गलबार ३०, साउन २०८० १०:३२

वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर बाजुरामा वृद्धाको मृत्यु

उनी पालिकाको केन्द्र सुइजीउला स्थित हिमालय बैंकबाट वृद्धभत्ता बुझेर आफन्तसँग घर फर्किदै थिइन् । लगातारको पानीले रुडी खोलामा पानीको बहाव बढेको थियो । अघिल्लो वर्ष लगाएको पुल समेत बगाएर खोला तर्नु बाहेक अर्को विकल्प थिएन् । खोला तर्नेक्रममा सँगैकाहरुले हात समातेकै अवस्थामा खोलाले बगाएको स्थानीय धनसिंह विकले जानकारी दिएका छन् ।

मङ्गलबार ३०, साउन २०८० ०१:२४