सोमबार, ३१ बैशाख २०८१

जिल्ला प्रशासन कार्यालय बाजुराका कर्मचारीको कार्यकक्ष  खाली, कर्मचारी कुर्दै सेवाग्राही

कुर्दाकुर्दै बेलुकाको पाँच  बज्छ, कार्यालय बन्द हुन्छ, एक दिने अर्को खर्चिनु पर्छ, यसले गर्दा सेवाग्राहीहरुमारमा परेका छन् । नागरिकता बनाउने कामका लागि टाढाबाट आएका सेवाग्राहीले  सास्ती खेप्नुपरेको छ भने बढी खर्चिलो पनि भएको छ । टाढाटा-ढाबाट आएका सेवाग्राहीहरु समय समयमा विद्युत अवरुद्ध हुने भएपछि काम ढिलो हुन्छ । बेलुका घर फर्किने भनेर आएकाहरु काम ढिलो भएपछि मार्तडीनै बस्न बाध्य हुन्छन् । जसका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

बुधबार १७, साउन २०८० ०२:२७

माइतीबाट घर पुग्ने वित्तीकै एक महिलाको मृत्यु, हत्या भएको आंशका

संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ। झुण्डिएको व्यक्तिको भूइँमा खुट्टा कसरी पुग्छ र मृत्यु हुन्छ, मृतक संजीताका मामा हरिनारायण चौधरीले भने। संजीताको मोबाइल समेत उनका श्रीमान सुवेत यादबसँग भेटिएको उनले बताए। माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्।

बुधबार १७, साउन २०८० ०३:३७

राष्ट्रिय युवा संघ नेपाल बाजुराको कार्यालय उद्घाटन र कमिटी सदस्यलाई प्रशिक्षण

पार्टी विधी, विधान र संगठनको काम कर्तव्य बारे ज्ञान दिनु पर्ने र पार्टी भित्रको अनुशासन समेत सिकाउनु पर्ने भएकोले प्रशिक्षण दिन लगाएको अध्यक्ष अयडीको भनाई छ । आजै युवा संघले नेकपा एमाले पार्टी कार्यालय भित्रै आफ्नो कार्यालय स्थापना गरेको छ ।

बुधबार १७, साउन २०८० ०७:१६

पेरिसडाँडाले लुकाएका सुन तस्कर खोज्न अनेरास्ववियुको टर्च जुलुस

जुलुसका सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका अध्यक्ष समिक बडालले गरेका थिए । सुन तस्करीमा माओवादीकै शिर्ष नेतृत्वको संलग्नता रहेको आशंका गरिएको छ ।

बुधबार १७, साउन २०८० ०८:१६

राज्यले नदेखेको बाजुराको गुईवनको पहिरो, जहाँ पहिरोबाट पीडित नभएकाहरु भेटिदैनन्

गुईवन गाँउमा पहिरो बग्न सुरु हुनु पहिला स्थानीय संग प्रशस्त जग्गा थियो । परिवार पाल्न अहिले जस्तो समस्या थिएन । जब गाँउमा पहिरो बग्न सुरु  भयो । भएको जग्गा जमिन सबै बगायो अनि गुईवन बासिका दुखःका दिनहरु सुरु भए । गाँउमै खेतिपाती गरेर दिन गुजारा गर्ने स्थानीयहरु खेतियोग्य जमिन बगाएपछि प्रदेशिने क्रम पनि सुरु भयो । पहिरोले खेतियोग्य जमिन मात्र बगाएन गाँउको माया परिवारको खुसी पनि बगायो । गाँउमै बसेर पनि परिवार पाल्न सक्ने स्थानीयको अहिले बिदेश नजाने हो भने भोक भोकै मर्नुको अर्को विकल्प छैन ।

बुधबार १७, साउन २०८० ०९:४७

देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहिबार १८, साउन २०८० ०७:१८

बर्षादका २ महिना बाजुरामा खाद्यन्न अभाव नहुने

कोल्टीमा १२ सय २९ र मार्तडीमा १२ सय क्वीन्टल चामल मौजाद छ । कोल्टीले केही दिन विक्री बन्द गर्ने सूचना जारी गरेपछि खाद्यन्न अभाव हुने सर्वसाधारणले आशंका गरेका थिए । तर कारणवश गलत सर्कुलरमा कोल्टी डिपो प्रमुख भीमबहादुर बुढाले खाद्यन्न विक्री बन्द गरिएको सूचना जारी गरेपनि अभाव हुने अवस्था नभएको रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ ।

बिहिबार १८, साउन २०८० ११:५९

अवैध सन्तान जन्माएको आरोपमा श्रीमानले छोडेपछि विस्नाका ५ सन्तानको विचल्ली

विस्नालाई गर्भ बोकेको मात्रै आरोप र पीडा छैन् । दलित भएकै कारण सहनु परेको अपमान र अन्यायले मन जलिरहेको देखिन्छ । ‘तँ सँग जातै मिल्दैन्, कसरी विहे गर्नु, कसरी श्रीमति स्वीकार भनेर अहिले यस्तो अवस्थामा अलपत्र पारे । सुरुमा शरिरको मोज लिन म न दलित भएँ, न तल्लो जातकी भएँ, समाजपनि कत्ति अन्यायी छ । मान्छे भएर पनि मान्छेको जस्तो जीवन बाँच्न नपाउनु रुदै विस्नाले पीडा पोखिन् ।’

बिहिबार १८, साउन २०८० ०१:२७

जनप्रतिनिध र स्थानीयको श्रमदानबाट खानेपानीको मुहान मर्मत

वडा न. ७ मा रहेको खम्म टोलमा यहिँ श्रावढा ७ गते बाढिले  बगाएको खानेपानी मुहान मर्मत गरिएको वडा अध्यक्ष धर्मराज पाध्याले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएका छन् । अध्यक्ष पाध्यायका अनुसार सो वडामा जनप्रतिनिधि समेत सहभागी भई प्रत्यक महिनाको महिना २ दिन सामाजिक कार्य गर्ने भन्ने निर्णय नै गरेर काम सुरु गरेको बताइएको छ । वडाका वडा सदस्यहरु, ढम्कने, विबेकशिल र रजातोलि टोल   टोलका संयोजक सचिवहरुको नेतृत्वमा काम सरु गरिएको हो ।

बिहिबार १८, साउन २०८० ०३:३२

डेंगुबाट सुदूरपश्चिममा चार जनाको मृत्यु, झण्डै १७ सयमा संक्रमण

निर्देशनालयका अनुसार सबैभन्दा दार्चुलामा पाँच सय ६५ जनामा संक्रमण फेला परेको छ। कैलालीमा चार सय २०, कञ्चनपुरमा २९६, बझाङमा ४०, बैतडीमा ४९, डोटीमा ९२, बाजुरामा १७ र डडेल्धुरामा ९४ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार सन २०१९ मा ५८ पुरुष र ३५ महिला गरेर ९३ जनामा डेंगुको संक्रमण फेला परेको थियो। सन २०२० मा ७६ पुरुष, ४५ महिला तथा २ अन्य गरेर १३२ जनामा संक्रमण पुष्टि भएको थियो। सन २०२१ मा ४५ पुरुष र ४१ महिला तथा दुई अन्य गरेर ८८ जनामा डेंगुको संक्रमण फेला परेको थियो।

बिहिबार १८, साउन २०८० ०५:१७

सुन प्रकरणमा सरकारले गरेको छानबिन निष्पक्ष हुँदैनः एमालेका नेता डा. भट्टराई

माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोरालाई उन्मुक्ति दिने सरकारबाट भ्रष्टाचार र तस्करी नियन्त्रण नहुने र अन्तराष्ट्रिय जगतले नेपालको सिमानामा हेर्ने नजर परिवर्तन ल्याउन नसकिने नेता भट्टराईले बताए ।क्विन्टल सुन तस्करले अन्तराष्ट्रिय जगतमा नेपालमा भ्रष्टचार र तस्कर सजिलै गर्न सकिन्छ भन्ने नकारात्मक सन्देश दिएको पनि नेता भट्टराईको भनाइ छ ।

शुक्रबार १९, साउन २०८० ०८:३२

लागु औषधसहित तीन जना पक्राउ

शुक्रबार १९, साउन २०८० ११:२८

अध्यक्ष र उपाध्यक्षको अन्तरद्धन्द्धमा अल्झियो खप्तड छेडेदह

अध्यक्षले काम सुरु गर्न खोज्दा उपाध्यक्षले असहयोग गर्ने र बहुमतको दम्भ सहीत विकास निर्माणका काममा पनि बाधा अड्चन सिर्जना गर्ने कामको श्रृखला चलिनै रहेको छ । पालिका अध्यक्ष दिलबहादुर रावतले चुनाव जितेर पद बहाली गरेको दिन निशुल्क एम्बुलेन्स सेवा सञ्चालनका लागि एम्बुलेन्स खरिद गर्ने निर्णय गरे । तर त्यो कार्यान्वयन हुन दिइएन् ।

शुक्रबार १९, साउन २०८० १२:२६

मालिका माविका स्काउट विद्यार्थीले गरे मार्तडी बजारको सरसफाइ

पालिकाले समेत फोहर संकलनमा चासो दिएको देखिदैन् । घरबाट संकलन गरिएको फोहर स्थानीय आफैले टिप्परमा हाल्ने भएपछि व्यवस्थापन भएपनि सार्वजनिक स्थलको अवस्थामा दुर्गन्धीत देखिएको छ ।

शुक्रबार १९, साउन २०८० ०५:२७

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर १७ जना नेपाली बेपत्ता

केदारनाथ जाने मार्गमा गएको पहिरोमा परी हालसम्म १७ जना नेपाली नागरिक बेपत्ता भएका विवरण प्राप्त भएको छ। तर नेपाल सरकारले भने त्यसबारे आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। पहिरोमा पुरिएर हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। बेपत्ता १९ जनाको खोजी कार्य जारी रहेको बताइएको छ।भारी वर्षासँगै केदारनाथ जाने बाटोको धेरै ठाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारी वर्षाका कारण उद्धार कार्यमा पनि कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।

शुक्रबार १९, साउन २०८० ०८:११

बुढीगंगाले दियो महिला कृषक समुहलाई बिउ भण्डारण झोला

समुहका २४ जना महिलालाई बिउ भण्डारणका लागि उक्त व्याग वितरण गरेको नगर उपप्रमुख माया कुवँरले जानकारी दिएकी छन् । गहु, मकै तथा धानको बिउ भण्डारण गर्न सहयोग पुर्याउन समूहका सदस्यहरुलाई अनुदानमा व्याग सहयोग गरिएको हो ।

शुक्रबार १९, साउन २०८० ०८:१५

खप्तड छेडेदह गाउँपालिकाका समस्या सुनाउन उपाध्यक्ष नाथको मन्त्रालयमा दौडधुप

उपाध्यक्ष नाथले पालिकाको बर्षौदेखिको प्रमुख समस्याका रुपमा रहेको गुइवन, हातेलेख  र खातीगाउँको पहिरोलाई पहिलो प्राथमिकतामा राखेर दौडधुप गरिरहेकी छन् । गूइवन बासीले २०५० साल देखि नै पहिरोको जोखिम मोल्दै आएका छन् । पालिकाको ४ र ७ नम्बर वडाका करिब डेढ सय बढी परिवार पहिरोबाट प्रत्यक्ष पीडित छन् ।

शुक्रबार १९, साउन २०८० ०८:१७