आइतबार, ३० बैशाख २०८१

३९ वर्षको उमेरमै अस्ताए खप्तड छेडेदह ६ का कांग्रेस नेता  बिष्ट,

मंलवार  ( आज ) बिहान हृदयघातका कारण उनको ३९ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि आफन्तले स्टेचरमा बोकेर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । उनी यो भन्दा अगाडि कुनै रोगबाट ग्रसित थिएनन् । उनको एक्कासिको हृदयघातका कारण मृत्यु भएको हो ।

मङ्गलबार ३०, साउन २०८० ०६:२६

प्रस्तावित शिक्षा ऐन विरुद्ध शिक्षक महासंघ बाजुराको विरोध, शिक्षा विकास समन्वय इकाइमा धर्ना

द्वन्द्वपीडित तथा शैक्षिक आन्दोलनमा लागेर आफ्नो जीवन खापेका शिक्षक नेताहरुको त्यो अवधिको सेवा नजोडिनाले तिनले नियमानुसार पाउनुपर्ने उपदान वा पेन्सन नपाएको, राजनैतिक आग्रह, पारिवारिक तथा समाजिब द्वन्द्व र विभेद लगायतका कारण स्थानीय तहका निर्वाचित पदाधिकारीको कोपभाजनमा प्रधानाध्यापक तथा शिक्षकस्थानीय तहले संविधानको अनुसूची ८ मा व्यवस्थित अधिकारको दुरुपयो गरी निर्वाचित पदाधिकारीले कठपुतली विद्यालय व्यवस्थापन समिति बनाएकोले विद्यालय तहको शिक्षालाई संविधानको अनुसुची ९ मा ल्याउनुपर्ने माग राखेका छन् ।

मङ्गलबार ३०, साउन २०८० ०७:५४

संसद अवरोध हुने कार्य जस्ले गरे पनि गलत : कांग्रेस नेता प्रदीप पौडेल

कुनै पनि भ्रष्टाचार र बेथितीविरुद्ध सत्यतथ्य छानविन हुनुपर्छ भन्ने आफूहरुको पनि दबाब भएको तर यी सबै बोल्ने थलो संसद नै अवरोध भने पार्न नहुने कुुरामा नेता पौडेलको जोड छ । बन्द र अवरोध गरेर खोजेको कुरा प्राप्त नहुने बताउँदै नेता पौडेलले कांग्रेस जस्ले जे भन्यो त्यतै जाने र लाग्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।

बुधबार ३१, साउन २०८० ०९:५६

राज्यले बाजुरालाई सौतेनी व्यवाहार गरिरहेको छ : नगर प्रमुख बोहरा

प्रमुख बोहरा यतिबेला पालिकाका समस्या सुनाउन राजधानी केन्द्रित छन् । मानव विकास सूचकांकको ७७ औँ स्थानमा रहेको बाजुरालाई राज्यले अपहेलना गर्न मिल्छ ? राज्यले बाजुराका नागरिकका लागि बजेट छुट्याउनु पर्छ कि पर्दैन ? बाजुराका धेरै ठाउँमा बेलीब्रीज छैनन् । जसका कारण नागरिकले ज्यान गुमाइरहेका छन् यसमा राज्यको ध्यान जानुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरेका छन् । बाजुरालाई राज्यले जहिले स्वार्थ अनुकुल प्रयोग गर्ने गरेको बताउदै प्रमुख बोहराले यसरी अपहेलना गर्न नपाइने तर्क गरेका छन् ।

बुधबार ३१, साउन २०८० ०२:५२

माओवादी केन्द्र बडीमालिका नगर कमिटी द्वारा नगरपालिकाको ध्यानाकर्षण

यता नगर उपप्रमुख नन्दा थापाले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरूलाई सम्बोधन गर्ने कुरामा नगरपालिका तयार रहेको बताएकी छन् । नगरपालिका जनता प्रती गैरजिम्मेवार बन्यो, अर्थात जनताका जनजिविकाका सवालहरुमा बेखबर बन्यो भन्ने कुरा यथार्त नभएको उपप्रमुख थापाको भनाई छ । आफुहरु नगर बासिका समस्याहरु जनजिविकाका सवाल संग केन्द्रित रहेर नै निरन्तर जनतामाझ रहेर जनउत्तरदायी काम गरिरहेको उपप्रमुख थापाको दावी छ ।  ध्यानाकर्षण पत्र मार्फत दिइएका सुझावहरुलाई नगरपालिकाले सहजै ग्रहण गर्ने र समाधानका लागि पहल गर्ने पनि थापाले बताइन् ।

बुधबार ३१, साउन २०८० ०५:२७

बुढीगंगाले आँखा पाक्ने रोगको उपचारका लागि घरमै पठायो स्वास्थ्य कर्मी

बुढीगंगा नगरपालिकामा डेंगु रोगको संक्रमण पनि फैलिएको छ । हालसम्म १० जनामा संक्रमण नै पुष्टी भइसकेको छ । लगत्तै आँखा पाक्ने रोगको संक्रमण देखिएको पालिका प्रवक्ता हेमराज जैशीले बताएका छन् । जैशीले आफ्नै वडाबाट सरसफाइ र आँखाको उपचार तथा सचेतना अभियान सुरु गरेको जानकारी दिएका छन् ।

बुधबार ३१, साउन २०८० ०८:२६

बडीमालिका  वडा न. ८ ले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

अघिल्लो आर्थिक वर्षमा समावेश हुन नसकेका कुराहरु यो आर्थिक वर्षमा समावेश गरेको बताउदै पुरा हुन नसकेका कामहरु आगामी आर्थिक वर्षमा पुरा गर्ने गरी काम गरिहेको पनि अध्यक्ष थापाको भनाई थियो । वडा बासिका समस्या समाधानका लागी जनप्रतिनिधिको हैसियतले लागिपर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाएका छन् । विगतका दिनहरुमा भएगरेका कमिकमजोरीहरुलाई सुधार गरेर वडाको विकास र वडा वासिको हितमा रहे काम गर्ने उनले बताए ।

बुधबार ३१, साउन २०८० ०८:५०

काँग्रेसको १० दिने अभियान : अपेक्षा बढी उपस्थिति र उत्साह कम

१० दिन जनतासँग जोडिएका नेता कार्यकर्तासँग भेट्ने, छलफल तथा समीक्षा गर्ने, संगठन सुधारको अवस्था बारे जानकारी लिने र शुद्धिकरणको औचित्य सुनाउने कार्यमा नेताहरु सक्रियपनि रहे । तर भनेजस्तो अभियानको उत्साह र नेता कार्यकर्ताको उपस्थिति कतै देखिएन् । बाजुरा होस्, कि अन्य जिल्ला वा कुनै निर्वाचन क्षेत्र, कतैबाट पनि नयाँ तरंगको संकेत देखिएन् ।

बिहिबार ३२, साउन २०८० ०५:५१

बडीमालिका नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाइ, कुल बजेटको ७५ . ४ प्रतिसत बजेट खर्च

नागरिकले उठाएका प्रश्नको जवाफ दिदै नगर उपप्रमुख नन्दा थापाले आएका सुझावहरुलाई ग्रहण गरेर सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काम गर्दै जाँदा कतिपय कमजोरी हुने बताउदै नगरबासिको जनअपेक्षा अनुसार नै काम गरिरहेको दावी गरेकी छन् । नगर सरकारले गरेका कामहरू माथि नागरिकले उठाएका प्रश्नहरु र आएका सुझावहरुले थप जिम्मेवार बनाएको पनि उनले बताइन् ।नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउदै उपप्रमुख थापाले आगामी दिनमा नगरपालिकाको विकासका लागि नगरबासिको हितमा रहेर काम गर्ने बताएकी छन् ।

बिहिबार ३२, साउन २०८० ०६:०६

सामाजिक सञ्जालमा अपबाह हल्ला फैलाएर नगरको बदनाम गर्न खोजियो : नगर उपप्रमुख थापा

बिना प्रमाण मिथ्या आरोप लगाएर नगरको बदनाम गर्न खोजेको उपप्रमुख थापाको भनाई छ । राजनीति प्रतिसोध राखेर जनप्रतिनिधिको चरित्र हत्या गरेको थापाले बताइन् । नगरपालिकाको बिषयमा भएका टिकाटिप्पणीहरु र आलोचनाका बिषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको पनि थापाले बताइन् । यदि आफुहरु माथि लगाइएका आरोपहरु सत्य पुष्टि भएमा कारबाहीको भागेदार हुन तयार रहेको बताउदै प्रमाण लिएर आउन चुनौती दिएकी छन् । बिना प्रमाण कसैको चरित्र हत्या गर्न नहुने बताउदै सामाजिक संजालमा लेख्नेहरुलाई प्रमाण सहित तथ्यमा रहेर कुरा गर्न चुनौती दिएकी छन् ।

बिहिबार ३२, साउन २०८० ०६:४०

बाजुरामा डेंगु, स्कटाइपस, आँखा पाक्ने र मलेरिया रोगको संक्रमण, विरामी बढे

साउनको महिनामा मात्रै अस्पतालमा ९ जना स्कटाइपस, १ जना मलेरिया र २ जना डेङ्गु संक्रमित र आँखा पाक्ने रोगका विरामी  विरामी उपचार गर्न आउने गरेका छन् । बाजुरामा डेंगुको उच्च संक्रमण बढेको छ । बुढीगंगा नगरपालिकामा मात्रै १० जना डेंगुका विरामी देखा परेका छन् ।
स्कटाइपस रोग जुम्राजस्तै एक प्रजातीले टोकेपछि उक्त रोग लाग्ने गर्छ । स्कटाइपस रोग एक सरुवा रोग हो । स्कटाइपस भएका विरामीलाई ज्वरो आउने,ढाड दुख्ने खान मन नलाग्ने वाकवाकी लाग्ने लगायतका लक्षण देखिने डाक्टर चेतबहादुर धामीले बताएका छन् ।

बिहिबार ३२, साउन २०८० ०६:५४

बुढीगंगा नगरपालिकाद्धारा बजेडीका पहिरोबाट विस्थापित १३ परिवारलाई राहत सहयोग

बजेडीमा पहिरो बग्न थालेको ४ दशक बितिसकेको छ । तर बस्ती व्यवस्थापनका लागि विकल्पको खोजी भने राज्यका तर्फबाट अहिलेसम्म पनि भएको छैन् । २०४० सालमा बुढीगंगा नगरपालिका २ बजेडीमा पहिलो पटक पहिरो बग्न थालेको हो ।जमिनको सतह पुरै बसिसकेको र कतै २ मिटर कतै १ मिटरसम्म जमिनको सहत भासिएपछि घर चर्किने र भत्किनेक्रम बढेको स्थानीय मनीराज जैशीले जानकारी दिएका छन् । बजेडीमा करिब १ सय ३० परिवारको बसोबास छ । २५ बढी जति परिवार पूर्ण रुपमा विस्थापित भएर यस अघि नै तराई सरिसकेका छन् । भने १३ घर पूर्ण रुपमा विस्थापित हुने अवस्थामा पुगेका छन् ।

बिहिबार ३२, साउन २०८० ०७:२०

बडीमालिकाको सार्वजनिक सुनुवाइ : सुशासनमा सुधार, सेवा प्रवाहलाई सहज बनाउन सुझाव

प्रश्न गर्ने, जिज्ञासा राख्ने र राम्रो कुराको जानकारी लिने दिने माध्यमका रुपमा गरिएको सार्वजनिक सुनुवाइ निकै प्रभावकारी र फलदायी हुने गरेको स्थानीय सन्तोष विकले बताएका छन् । राम्रो नराम्रो जे भएपनि जनताको सामु प्रस्तुत गर्ने र जनसरोकारको विषयमा समीक्षा तथा सवाल जवाफ गर्ने कुरा नै सूशासनको अवस्था सुधारको प्रमुख माध्यम हुने सुशासनका पक्षधर समेत रहेका विकको भनाई छ ।

बिहिबार ३२, साउन २०८० ०७:३३

सुदूरपश्चिममा आज ओल्के मनाइँदै,

शुक्रबार ०१, भदौ २०८० ०८:३०

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

सीप लोप भएकोमा दुखि देखिएका बिर्खबहादुरले स्थानीय सरकारले आफूहरुलाई सहयोग गर्नु पर्ने माग राखेका थिए । मुखिया बिर्खबहादुरको राउटे समुदायमा ४४ परिवारका २४६ जनाको बसोबास रहेको छ । बसोबास रहेको छिमेकी जिल्लामा दशैं, माघी लगायतका चाड पर्व खर्च माग्ने परम्परा अनुसार नै बाजुरा आएको मुखिया बिर्खबहादुर शाहीले बताएका छन् ।

शुक्रबार ०१, भदौ २०८० १२:४३